×

X
Nic Asia
Dabur
Prabhu Bank

आन्तरिक संघर्षको परिणाम

गगन–बालकृष्ण लडाइँले रूपन्देहीमा कांग्रेस शून्य, स्थानीय चुनावको खुशी ६ महिना टिकेन

बुटवल | मंसिर १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रूपन्देहीका १६ स्थानीय तहमध्ये १० पालिकामा नेपाली कांग्रेसले जीत निकाल्यो । २०७४ सालमा ८ पालिका जितेको नेकपा एमाले ३ वटा पालिकामा खुम्चिँदा कांग्रेसले आर्जन गरेको शक्तिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा फाइदा पुग्ने धेरैको आकलन थियो ।

yONNEX
LAxmi BAnk

एमालेको किल्ला मानिने बुटवल उपमहानगरपालिकामा समेत जीत निकाल्दै कांग्रेसले रूपन्देहीमा पहिलो शक्तिको परिचय बनाएको थियो तर आम निर्वाचनको नतिजा त्यसको ठीक विपरीत आयो । प्रतिनिधि सभातर्फ कांग्रेस रूपन्देही ‘क्लीन स्वीप’ भयो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

समानुपतिकतर्फ पहिलो दल बने पनि प्रत्यक्षतर्फ कांग्रेस ६ महिनामै तहसनहस कसरी भयो ? पार्टीका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँण सहितका उम्मेदवार पराजित हुँदा कांग्रेसले ठूलो धक्का महसूस गरेको छ ।

सत्तारूढ गठबन्धनसहित चुनावमा गएको कांग्रेसले प्रतिनिधि सभातर्फ ५ क्षेत्रमध्ये कुनैमा पनि जीत निकाल्न सकेन भने प्रदेश सभाका १० निर्वाचन क्षेत्रमध्ये २ वटामा मात्र सीमिति भएको छ ।


Advertisment
Saurya island

कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली नेता खाँण रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोरासँग पराजित भए । क्षेत्र नम्बर ४ मा युवा नेता प्रमोद यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सर्वेन्द्रनाथ शुक्लासँग पराजित हुन पुगे ।

क्षेत्र नम्बर ५ मा भरतकुमार शाह एमालेका वासुदेव घिमिरेसँग भारी मतान्तरले पराजित हुन पुगे । प्रदेश सभातर्फ क्षेत्र नम्बर १(२) मा अब्दुल रज्जाक र क्षेत्र नम्बर ४(२) मा वसीउद्दिन खाँ मात्र विजयी भएका छन् । खाँण र शाह प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाका विश्वापात्र हुन् ।

Vianet communication
IME BANK INNEWS

स्थानीय निर्वाचन अगाडिसम्म निर्वाचन क्षेत्र परिवर्तन गरेर सुरक्षित हुन खोजेका गृहमन्त्री खाँण पालिका चुनावको नतिजाले क्षेत्र परिवतर्न गर्ने सोचबाट पछाडि हटेका थिए । ६ महिनाअघि पार्टीमा आएको शक्तिलाई जोगाउन नसक्नुमा गुटबन्दी प्रमुख कारण ठानिएको छ । जिल्लामा पार्टीको संस्थापन समूहले गरेको अन्तर्घात चुनाव हार्नुको प्रमुख कारण भएको निचोडमा नेताहरू पुगेका छन् । 

कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीका उम्मेदवारमाथि अन्तर्घात गर्नेलाई कारवाही हुने बताए । ‘सबै नतिजा आएपछि पार्टीले वडा तहदेखि नै समीक्षा बैठक राख्ने र अन्तर्घात गरेको पुष्टि भए कारबाहीको लागि सिफारिस गरेर केन्द्रमा पठाउनेछ,’ उनले भने, ‘पार्टीको समीक्षा बैठक चाँडै हुन्छ । अन्तर्घात गरेको पुष्टि भए पार्टीको विधान अनुसार कारबाही हुन्छ ।’

कांग्रेसका ११ जना जिल्ला नेता तथा पूर्व सांसदले पार्टी हारेपछि जिल्ला नेतृत्वको राजीनामा मागेका छन् । कांग्रेस प्रदेश सदस्य रामबहादुर कार्की सहितका नेताहरूले नैतिकताका आधारमा पार्टी जिल्ला सभापति रामकृष्ण खाँणले राजीनामा दिनुपर्ने बताएका छन् । जिल्ला सभापति रामकृष्णको राजीनामा माग्ने सबै नेताहरू संस्थापनइतर पक्षका हुन् । 

जिल्लाका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादी र क्षेत्र नम्बर १ नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको थियो । क्षेत्र नम्बर १ मा नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई गठबन्धनले सघाएका थिए ।

गृहमन्त्री खाँण पार्टीमा गुटबन्दी र परिवारवादमा अल्झिँदा कांग्रेस नराम्रोसँग पराजित हुन पुगेको कांग्रेसका एक जिल्ला नेताले बताए । ‘आफ्नी श्रीमती मन्जुलाई समानुपातिक सूचीको अघिल्लो नम्बरमा राखे । भैरहवाका व्यवसायी कृष्ण शर्मालाई आउँदो पालिका निर्वाचनमा सिद्धार्थनगरको मेयरका टिकट दिने आश्वासन दिएको कुरा बाहिर आयो । आफ्ना भाइलाई तिलोत्तमा नगरपालिकाको मेयर बनाए, जुन कुरा कार्यकताले रुचाएनन् । त्यसको विस्फोट भएको हो,’ ती नेताले भने, ‘पार्टी गुटबन्दीको प्रभाव पर्‍यो । नेतृत्वले आन्तरिक नेतृत्व छनोटमा वडादेखि माथिसम्म सर्वसम्मत पद्धति अपनाएको देखिएन । त्यसको असर पनि निर्वाचनमा देखियो ।’

जिल्ला सभापति रामकृष्ण खाँण गृहमन्त्रीका सहोदर भाइ हुन् भने जिल्ला उपसभापति अनिता ढुंगाना भरत शाहकी श्रीमती हुन् । जिल्लाका अधिकांश उम्मेदवार संस्थापन समूहका थिए ।

प्राध्यापक नुरजंग केसीले कांग्रेसमा आफू अनूकूल टिकट बाँड्दै परिवारवाद हाबी हुँदा कांग्रेस रूपन्देहीको नतिजा शून्य भएको बताए । ‘टिकट आफू अनुकूल वितरण गरियो । समानुपातिकमा परिवारवाद हाबी भयो । अन्य जनतालाई भोटर मात्र बनाइयो । नेताहरू सामन्त जस्तो हुँदा जनताले रिसको पोको निर्वाचनमा पोखे,’ केसीले लोकान्तरसँग भने, ‘कांग्रेस उठ्नसक्छ तर जनताबाट उम्मेदवार हुनुपर्छ । जनताले स्वच्छ उम्मेदवार खोज्यो । अब पुनर्जागर गर्नलाई ठूलो मेहनत गर्नुपर्छ । जनतामा चेतना पलायो । आम जनताको भावना बुझ्ने उम्मेवार बने पार्टी ब्यूताउनलाई गाह्रो पनि छैन ।’

कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्याल पनि अन्तर्घात नै हारको प्रमुख कारण ठान्छन् । ‘पार्टीको महाधिवेशनमा देखिएको धु्रवीकृत आम चुनावमा एकअर्कालाई स्वीकार गर्न नसक्दा परिणाम आयो । सधैं यो परिस्थिति रहिरहन हुँदैन,’ अर्यालले लोकान्तरसँग भने ।

कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र मानिने रामकृष्ण ताम्राकारको २०७६ सालमा निधन भएपछि रूपन्देही कांग्रेसमा गृहमन्त्री खाँणले एकछत्र गर्न खोजेको देखिन्छ ।

कांग्रेसको केन्द्रीय राजनीतिमा खाँण प्रभावशाली र चर्चित मानिन्छ तर पछिल्लो समय जिल्लाको राजनीतिमा उनको प्रभाव खस्किन थालेको छ । यहाँ महामन्त्री गगनकुमार थापा समूह खाँणलाई टक्कर दिने गरी उठ्न थालेको छ । रूपन्देहीमा केन्द्रीय महामन्त्री गगनकुमार थापा र गृहमन्त्री बालकृष्ण खाँणको लडाइँले पार्टी तहसनहस भएको कांग्रेसका कार्यकर्ताहरू बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ २४, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारले दुई सचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बस...

माघ २३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन् । प्रधानमन्त्री पुष्पकमल...

माघ २३, २०७९

पोखरामा भएको यती एयरको विमान दुर्घटनाका सम्बन्धमा भएको जाँचबुझ बारेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले जहाज अवतरण गर्ने क्रममा बेस ल...

माघ २४, २०७९

नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट अन्तत: दर्ता भएको छ । शुरूमा अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दिएको ...

माघ २४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।  बालुवाटारमा भएको भेटवार्ता राष्ट्रपति चुनाव, रास्वपाका मन्त्री फिर्ता, सरकार सञ्चालनसहितका विषयमा छलफल भएको बालुवाटार स्रो...

माघ २४, २०७९

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले मंगलवार शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रपतिको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्र...

प्रकाश अधिकारी र रणबहादुर चन्दको अनुभव अनि कृषि क्षेत्रका खलनायकहरूको चर्चा

प्रकाश अधिकारी र रणबहादुर चन्दको अनुभव अनि कृषि क्षेत्रका खलनायकहरूको चर्चा

माघ २२, २०७९

भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्‍यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले ।...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

ad
x