माघ १७, २०७९
सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेपछि सरकारको नियतप्रति शंका उब्जिएको छ। सरकारले मन्त्रिपरिषद्मा एक महिनाअघि पुगेको शिक्षा विधेयक थाँती...
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच एकेडेमिक एक्सचेन्ज प्रोग्राम गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो ।
समझदारी गर्ने निर्णयसँगै लिथुवानियाबाट आएका टोलीले बुधबार प्रतिष्ठानअन्तर्गतको अस्पताल निरीक्षण तथा अवलोकनसमेत गरेको छ । त्यसक्रममा टोलीका सदस्यहरुले प्रतिष्ठानअन्तर्गत दिइने सेवाका विषयमा जानकारी लिएका छन् । त्यसैगरी दुवै पक्ष एकअर्कालाई आ–आफ्नो अनुभव, विचार र दक्ष व्यक्तिको आदानप्रदानका विषयमा परामर्शसमेत गरेका छन् ।
यो समझदारीबाट प्रतिष्ठानको सेवामा स्तरीयताका लागि सहयोग पुग्ने प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले विश्वास गरे । प्रतिष्ठानबाट हुने विभिन्न अनुसन्धानको काममा समेत यो विश्वविद्यालय सहयोग गर्ने उनको भनाइ छ । समझदारी कसरी कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच गहन परामर्श भएकोसमेत प्रतिष्ठानले जनाएको छ । सो अवसरमा भिलनियस विश्वविद्यालयका प्रतिनिधिसहित प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादवसहितको उपस्थिति थियो । रासस
सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेपछि सरकारको नियतप्रति शंका उब्जिएको छ। सरकारले मन्त्रिपरिषद्मा एक महिनाअघि पुगेको शिक्षा विधेयक थाँती...
मोरङको बेलबारी नगरपालिका–९ स्थित काली माध्यमिक विद्यालयको कम्प्युटर ल्याब प्रयोग गर्न निजी क्षेत्रलाई दिइएको छ । कम्प्युटर कक्षा सञ्चालन गर्ने शिक्षक नभएको भन्दै ल्याब बेलबारीको क्रिमसन एकेडेमीलाई जिम्मा दिइए...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्। शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयो...
माघ १६ गते स्कूल स्थापनाको ४८औं वार्षिकोत्सव समारोहमा ७ कक्षामा पढ्ने छात्रा ग्रिष्मा गिरीले उपस्थित अतिथिका लागि अंग्रेजीमा स्वागत भाषण गरिन् । अहिलेका बालबालिकाले अंग्रेजीमा केही शब्द बोल्नु शहरका लागि सामान्य वि...
पोखरामा खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुन गइरहेको छ । “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” मूल नाराका साथ बुक्स बजार सप्लायर्सले ...
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । शहरी विकास कार्यालय धनगढीको लगानीमा २ वटा छात्रावास भवन,...
भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले ।...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...