माघ २४, २०७९
युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबा...
कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका –१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदा पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएनिन् ।
“फोन सम्पर्क नहुँदा मन आत्तिन्छ” उनले भनिन्, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् ।
कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमानसँग सहजरुपमा कुरा गर्न नपाएको गुनासो गरिन् । “सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाट मोबाइलमा कुरा गर्न पाइएको छैन” उनले भनिन् ।
इच्छाकामना गाउँपालिका –१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए ।
“मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन, उनले भने, “भएको ठाउँमा पनि नेटर्वक समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।” वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको उनले बताए । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास छ ।
नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको मगरले गुनासो गरे । “यसै त भौगोलिक रुपमा पछि परेको ठाउँ हो हाम्रो” मगरले थपे, “विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।”
आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताए । उनले भने, “मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो, तर कार्यान्वयन गरिएन ।” गाउँबाट चार सय बढीको हस्ताक्षर सङ्कलन गरेर टेलिकममा बुझाइएको उनले बताए ।
दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाँउपालिका –१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताए । कार्यालयले पनि नेटवर्क नभएको ठाउँमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाउँलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिएको छ । अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने उनको भनाइ छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताए । वडा नम्बर २ को हुस्ती, माझखर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिए । यस्तै वडा नम्वर ७ को गर्दास, सुन्दरबस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको बताए । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान गरिने प्रतिवद्धता जनाए । रासस
युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबा...
कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन भएको छ । प्रोस्टेट क्यान्सरको समस्या रहेका घलेको मंगलबार शिक्षण अस्पतालमा उपचारकका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रोस्टेटको क्यान्सरपछि उनक...
काठमाडौंमा वर्डफ्लु पुष्टि भएपछि तीन वटा फर्मका कुखुरा र अण्डा नष्ट गरिएको छ । पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षण गर्द...
बुटवलका ६१ वर्षीय ऋषिकुमार गिरीले बुढेसकालमा काम लाग्ला भनेर सहकारीमा पैसा जम्मा गरे । तर, अहिले अप्ठ्यारो परिस्थितिमा पनि आफूले जम्मा गरेको रकम पाउन सकेका छैनन् । उनले ई–रिक्सा चलाएर कमाएको पैसा द...
सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ&...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस म...
भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले ।...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...