चैत ५, २०७९
नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले नेपालगञ्ज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ । यही मंसिर २२ गते बिहानको ७ बजेर ३१ मिनेटको शुभ साइतमा कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहबाट जग पूजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरिन् ।
जगपूजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरूका कर्मचारीहरूलगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरूसहित करिब १०० जनाको उपस्थिति रहेको थियो ।
नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको करिब साँढे चार कठ्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङसहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरूसमेत सञ्चालन गर्न सकिनेछ ।
आधुनिक प्रविधिसहित नेपालगञ्जकै नमूना भवनको रूपमा सम्पन्न हुन लागेको हुँदा सो भवन निर्माणपछि नेपालगञ्ज लुम्बिनी प्रदेशकै व्यापारिक हब बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ ।
रु. ५२ अर्बभन्दा बढी जीवन बीमा कोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग पूर्वस्वीकृत लिई भवन निर्माण आरम्भ गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...
तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेप...
विराटनगर भन्सार कार्यालयमा राजस्व संकलनको अवस्था दयनीय देखिएको छ । आर्थिक वर्ष सकिन अब ४ महिना मात्रै बाँकी छ । फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशत अर्थात् २२ अर्ब ३४ करोड ...
भोलि मंगलवार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन द...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२ दशमलव ०२ प्रतिशत हो । विमानस्थल भन्सार कार्यालयले चालू आवको फागुनसम्म...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ५९ ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...