पुस २८, २०७९
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १५ औं वार्षिक साधारणसभा आज बिहीबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्र...
नेपाल टेलिकमले आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा रहे–नरहेको निश्चित गर्न आग्रह गरेको छ । पछिल्लो समय अरुको नाममा सिम निकालेर दुरुपयोग गर्ने क्रम बढेको र आफ्नो विभिन्न डाटा असुरक्षितसमेत हुने भन्दै टेलिकमले अर्काको नाममा दर्ता रहेको सिमकार्ड प्रयोग नगर्न सबैलाई सचेत गराएको हो ।
टेलिकमले विज्ञप्ति जारी गर्दै मोबाइल सिमसँग धेरै संवेदनशील सूचनाहरू जोडिएको हुनाले सुरक्षित राख्न आग्रह गरेको हो । टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पु¥याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै समवेदनशील वस्तुका रुपमा पनि स्थापित हुन गएको छ ।’
टेलिकमले आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर अरु कसैको नाममा भएमा आफ्नो नाममा नामसारी गर्न पनि आग्रह गरेको छ । ‘नेपाल टेलिकम सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गर्दछ’, टेलिकमले भनेको छ ।
हेर्नुहोस् टेलिकमको विज्ञप्ति
हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ । यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पु¥याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै समवेदनशील वस्तुका रुपमा पनि स्थापित हुन गएको छ । आफूले प्रयोग गरिरहेको÷गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा उल्लेखित सम्पूर्ण कार्यहरु सुरक्षित ढंगले सम्पन्न गर्न सकिने अवस्था रहेको छ ।
प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिग कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैं रहने देखिन्छ । यस अवस्थामा प्रयोगकर्ताको मोबाइल बंैकिंगको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ । यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकम सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गर्दछ ।
मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबार लगायत समवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकोमा समय क्रमसँगै विकसित प्रविधिका कारण हाल यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ । यस्तो अवस्थामा मुख्यत मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिनुहुन पनि नेपाल टेलिकम अनुरोध गर्दछ ।
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १५ औं वार्षिक साधारणसभा आज बिहीबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्र...
हिजो फोनकलमा आएको खराबीप्रति नेपाल टेलिकमले क्षमा मागेको छ। हिजो करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटीएन टेलिफोन सेवा अवरुद्ध भएको...
मधेस–प्रदेशस्थित पर्साको वीरगञ्जका अधिकांश सामुदायिक र व्यावसायिक रेडियो यतिबेला आर्थिक सङ्कटमा परेका छन् । दक्ष जनशक्तिको अभाव, व्यावसायिक विज्ञापन नपाउने, सरकारको दोहोरो कर नीतिलगायत कारणले एफएम रेड...
सामसङले ग्यालेक्सी एस २३ सिरिजअन्तर्गत एस २३ अल्ट्रा, एस २३ प्लस र एस २३ को नेपालमा प्रिबुकिङ खोलेको छ । सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस २३ आफ्नो हातमा पार्न इच्छुकले आजैदेखि प्रिअ...
बागलुङको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्य...
शनिबार (आज) नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकारी वेबसाइटहरू एकै पटक डाउन भएका हुन्। ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरू घुम्ने र नखुल्ने भएका छन्। ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...