×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

एमाले उपमहासचिवसँग अन्तर्वार्ता

कांग्रेसले सरकार गिराउने कच्चा खेल खेल्यो भने देश मध्यावधिमा जान्छ– विष्णु रिमाल [अन्तर्वार्ता]

‘माओवादीसँगको सहकार्य सरकारमा मात्र हो, अहिले नै एकताबारे सोचेका छैनौं’

काठमाडाैं | पुस २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खेल नेपथ्यमा चलिरहेको समाचार बाहिर आएका छन् ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पुस १० गते बालकोटमा निर्णायक बैठक बस्दा एमाले उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र समेत रहेका रिमालसँग लोकान्तरका लागि सुशील पन्त र रमेश सापकोटाले नयाँ सरकार गठनको पृष्ठभूमि, एमाले–माओवादी सहकार्य र पार्टी एकताको सम्भावना तथा वर्तमान सरकारको भविष्यलगायत समसामयिक विषयमा  कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सार :

तिक्ततापूर्ण सम्बन्धमा रहेका केपी ओली र प्रचण्ड फेरि नाटकीय ढंगले एक ठाउँमा आउनुभयो । यसको सूत्रधार को हो ?


Advertisment
cg elex island
Saurya island

– राजनीतिमा फरक–फरक दल भएपछि विभिन्न विषयमा बहस र क्रिया प्रतिक्रिया भइरहन्छ । आ–आफ्नो दलको पक्षबाट बोल्दा कतिपय ठाउँमा तिखै पनि भन्नुपर्ने हुन्छ । कतिपय ठाउँमा नर्मल पनि हुन्छ । 

हामी र प्रचण्डबीचको सम्बन्धको कुरा गर्नुपर्दा उहाँ द्वन्द्वका बेलामा जुन बाटो हिँड्नुभयो, त्यसबाट हामी पीडित पनि भयौं । त्यसको हामी आलोचक पनि थियौं । यसकारण हामीबीच मित्रता थिएन । तर हामी जब २०७४ सालको चुनावमा गयौं, त्यतिबेला हामीले धेरै कुरा सुधार्‍यौं । त्यसपछि हामीले सम्बन्ध सुधार्‍यौं । त्यो मित्रता कहाँसम्म पुग्यो भने एउटै वाक्य पनि केपी ओली र प्रचण्डले आधा–आधा पढ्ने गरी हामीले भिडियो समेत बनाएका छौं । मित्रताको त्यो तहको निकटतामा पनि हामीले पुर्‍याएको हो ।

Vianet communication
IME BANK INNEWS

मित्रता त्यो तहमा पुगेको पार्टी झण्डैझण्डै दुईतिहाइ निकट पुग्ने, सरकार ढल्ने र सत्ता प्राप्तिको हिसाबले सिंगो मुलुक आफ्नो हातमा रहँदाखेरि केपी ओलीले नेतृत्व गरेको सरकार किनारामा पुग्नुपर्ने भएपछिको तिक्तता स्वाभाविक पनि थियो । तर हामीले फेरि पनि स्थिरताका लागि नयाँ ढंगले जानुपर्छ भन्ने सोच बनायौं । चुनावभन्दा अगाडिको गठबन्धन गलत हो । तर, चुनावपछि यति संख्या पुगेन भने गठबन्धन हुनसक्छ भन्यौं । 

नेपालमा राजनीतिक कन्टेन्टको आधारमा राजनीतिक धार निर्माण हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो– एउटा लेफ्टमा, अर्को ननलेफ्टमा । यो राइटिस्ट र लेफ्टिस्टको कुरा पनि होइन । सेन्टर लाइनबाट दायाँ र बायाँको कुरा हो । ननलेफ्ट धारको नेतृत्व अहिले मूलतः कांग्रेसले गरिरहेको छ । एउटा शक्ति त्यही नै बनोस् ।

अर्को धारको नेतृत्व एमालेले गरिरहेको छ । यो दुई धारबीच कन्टेन्टको आधारमा बहस होस् भन्ने हाम्रो चाहना हो । यसका लागि कांग्रेसलाई विषयमा आउनुस्, बहस गरौं पनि भनेका थियौं । तर मूल कुरा कांग्रेसले त्यसमा रुचि देखाएन । किनभने गठबन्धन नबनाई चुनावमा जाँदा हार्छौं भन्ने डर कांग्रेसलाई भयो । तर, हामीले कांग्रेसलाई पहिले नै पहिलो पार्टी तपाईंहरू बन्न सक्नुहुन्छ भन्दा उहाँहरूले पत्याउनुभएको थिएन ।

प्रचण्डजीसँग एउटा सर्कल पूरा नभएसम्म संवाद हुँदैन भन्ने नै थियो । कांग्रेसलाई प्रधानमन्त्री बनाउने गरी अघि बढ्दा एउटा चक्र पूरा हुनुपर्थ्यो । त्यो चक्र चुनाव सकिएपछि मात्रै पूरा हुन्थ्यो । कि उहाँहरूले जितेर चक्र पूरा हुन्थ्यो, कि उहाँहरूले हारेर चक्र पूरा हुन्थ्यो । त्योबाहेक अर्को बाटो थिएन । चुनावपछि उहाँहरूको चक्र पूरा भयो । विकल्प उहाँहरूसँगै भयो । 

हामीले बोलेका थियौं– चुनावपछि राष्ट्रिय पार्टीका रूपमा बाहिर आएका दलहरूमा स्वतन्त्र पार्टी कुन–कुन हुन् त भन्दा एमाले स्वतन्त्र हो, किनकी आफैं जित्न सक्थ्यो । स्वतन्त्र पार्टी स्वतन्त्र थियो, ऊ कतै थिएन । ऊ पनि स्वतन्त्र ढंगले जित्न सक्थ्यो । जसपा पनि स्वतन्त्र भयो किनकी ऊ गठबन्धनबाट बाहिर निस्किएको थियो । राप्रपा पनि स्वतन्त्र थियो । त्योबाहेक अरू पार्टी स्वतन्त्र थिएनन्, अर्थात् गठबन्धनको बन्धनमा थिए । त्यो बन्धनमा रहेसम्म कोहीसँग संवाद हुने स्थिति थिएन । 

कांग्रेसले स्वतन्त्र भएर राजनीतिलाई एउटा निकास दिनुपर्छ भन्ने थियो, तर उसले रूचि देखाएन । प्रचण्डमा पनि त्यो रुचि थिएन । गठबन्धनलाई उहाँहरूले धर्म भनिरहनुभएको थियो । त्यो धर्म प्रधानमन्त्री बन्ने भन्दा अघिल्लो दिन पुस ९ मा निभाउने प्रत्यत्न गर्नुभयो । आइतबार मध्याह्न १२ बजेसम्म पनि त्यही धर्म निर्वाह गर्नेतिर प्रचण्ड लाग्नुभयो । यद्यपि हामी गठबन्धन नटुटेसम्म कोहीसँग कुरा हुँदैन भनेर बसिरहेका थियौं । 

प्रचण्डजी र शेरबहादुरजी दुवैसँग एमालेको कुराकानी भइरहेको थियो । शेरबहादुरजीहरू ११० सीट (एमाले र माओवादी)लाई सत्ताभन्दा बाहिर राखेर जान सके सबैभन्दा राम्रो हुन्छ भन्नेमा रहनुभयो ।

७८ सीटमा रहेको एमाले र ३२ सीट रहेको माओवादी बाहिर रहिदियो भने अलि हेर्न हुने सरकार बन्छ भन्ने हिसाब उहाँहरूको थियो । त्यो मेहनतमा हुनुहुन्थ्यो । प्रचण्ड पनि कांग्रेससँग नजिक रहेर सरकार बनाउँदा धर्म निभाउन सकिन्छ कि भन्नेमा हुनुहुन्थ्यो । यही दाउपेचमा कांग्रेस र माओवादीको कुरा नमिलेपछि उहाँहरू स्वतन्त्र हुनुभयो । 

स्वतन्त्र हुनसाथ हामीले दुवैलाई एप्रोच गर्‍यौं । शेरबहादुजीको योजना ५ बजाउने अनि संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बनाउने भन्ने थियो । तर, प्रचण्डजी आएर नयाँ ढंगले जाऊँ भनेपछि यस्तो परिस्थिति बन्यो । त्यसपछि हामी पनि नयाँ ढंगले जाने निर्णयमा पुगेका हौं । यसैले सूत्रधार को भयो, कसरी भयो, कसले योजना बनायो भन्ने प्रश्न नै रहेन । राजनीतिक घटनाक्रमले विकास गरेको परिस्थिति हो । 

कांग्रेस नेताहरूले पुस १० गते ३ बजे एमाले बालुवाटार आउने कुरा थियो । हामीलाई समर्थन गर्ने समझदारी भए पनि अन्तिममा धोका दिए भनिरहनुभएको छ नि ? 

– त्यो त शेरबहादुर देउवाजीका तर्फबाट फैलाइएको हल्ला मात्र हो । हामीलाई शेरबहादुरजी वा प्रचण्डजीकोमा धाउनुपर्ने बाध्यता थिएन । हामी यसपटक सबैभन्दा सेफ जोनमा थियौं । हामीसँग ७८ सीट थियो । जनादेश पनि अरूले साथ नदिँदा विपक्षमा बस्ने थियो । प्रमुख प्रतिपक्षमा बस्ने थियो । यसलाई कसैले खोस्न सक्ने अवस्था थिएन । तर, शेरबहादुर देउवाजी सेफ जोनमा हुनुहुन्थेन, किनकी उहाँको गठबन्धनमा प्रतिबद्ध भनेको लोसपा र नेकपा एस मात्रै थियो, अरू थिएनन् । अरू आ–आफ्नो तरिकाले बुझिरहेका थिए ।

प्रचण्डजी १२/०१ बजे बालकोट आउँदा कसरी १३४ सीट पहिले नै ग्यारेन्टी हुन्थ्यो त ? त्यसैले देउवाजीको पनि ग्यारेन्टी थिएन । यदि राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग हामीले संगत गर्‍यौं । यिनीहरूसँग कांग्रेस संवादमा थियो भने त प्रचण्डजी हामीसँग संवादमा हुँदा पनि सरकार बन्ने अवस्था त हुने थिएन नि, किनकी यता ११० मात्रै हुने थियो । एमालेसहित १३४ जना बालकोटमै विद्यमान थिए । तर प्रचण्डको आउने वा नआउने केही टुंगो थिएन, किनकी उहाँ त्यतिबेलासम्म पनि बालुवाटारमा हुनुहुन्थ्यो । हामी चुपचाप बसेका थियौं । हामीले ती साथीहरूलाई तपाईंहरू स्वतन्त्र हुनुहुन्छ भनेका थियौं ।

जुन कारणले अहिलेको गठबन्धन टुट्छ, त्यही कारणले अर्को गठबन्धन बन्दैन । गठबन्धन नबन्दा संसद् विघटनको बाटोमा जान्छ ।

उपेन्द्रजीले एकपटक भन्नुभएको पनि छ, हाम्रो तालमेल चुनावसम्म मात्रै हो भनेर । हामी कहीँ पनि प्रतिबद्ध छैनौं भन्नुभयो । हामीले पनि चुनावभरी त्यही बुझाउन खोज्यौं । हामीले गरेको तालमेल लोकल थियो, जहाँ शुरू भयो, त्यहीँ सकियो । केपी ओली चुनाव लडेको ठाउँमा उपेन्द्रजीले उहाँको विरुद्ध उम्मेदवार उठाउनुभएको थियो । हाम्रो त्यस्तो तालमेल भए पनि हामीले चित्त दुखाएका थिएनौं । स्वतन्त्र रहेकाहरू सबै हामीसँग संवादमा थिए । कांग्रेसमा एरोगेन्सी बढेको छ । सत्तामा नरहे पनि सत्ताधारी जस्तै भइदिन्छ । त्यो कुरा अरू दललाई मन परेको थिएन । त्यसैले हामीलाई साथ दिनुभयो । 

यसपटक हाम्रो अध्यक्षले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारमा अघि सार्नुभएन । हाम्रो पार्टीले उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर गएको थियो, तर अहिले प्रधानमन्त्रीमा हतारिनुको काम छैन, राजनीतिलाई स्थिरता दिनुपर्छ भनेर लाग्नुभयो । हाम्रो अध्यक्षले तीनवटा विषय उठाउनुभएको छ, हामीले त्यसैका लागि मेहनत गरेका हौं ।

पहिलो कुरा राजनीतिक स्थिरताको हो । स्थिरताको ग्यारेन्टी भइसकेको छैन । सातदलीय गठबन्धनलाई एक ढंगले व्यवस्थापन गर्न सकियो भने मात्र स्थिरता हुन्छ, नत्र अप्ठ्यारो पर्न सक्छ । तर, म केमा विश्वस्त छु भने सातदलीय गठबन्धन तलमाथि नहोला । 

दोस्रो भनेको भयावह बनेको अर्थतन्त्रबारे हो । शेयर बजारमा अर्कै उछाल आएको छ । यो एमाले सरकारमा आयो भन्ने विश्वासका कारणले गर्दा हो । यसले आर्थिक अनि वित्तीय अनुशासन उल्लंघन गर्दैन भन्ने विश्वास हो । तर, स्थिति अप्ठ्यारो छ । अनावश्यक ठाउँमा स्रोत सुनिश्चित गरिएको छ । झण्डै एक खर्ब रुपैयाँ सुनिश्चित गरिएको छ ।

यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता नै छ । राजस्वले केही पनि थेगिरहेको छैन । राजस्वभन्दा खर्च बढी छ । यो सबै मिलाउनुपर्ने स्थिति छ । तेस्रो विषय सांस्कृतिक र सामाजिक मूल्य मान्यतामाथि भएको क्षयीकरणको कुरा उठाउनुभएको छ । यसलाई सुधार्ने कसरी ? विकल्प चाहिन्छ । कांग्रेसले रियलाइजेसन गर्छ भने एमाले सरकारमा आउने वा नआउने मुख्य कुरा होइन । सरकार सञ्चालन र सत्तामा जाने कुरा फरक हुन् । 

सत्ता सञ्चालनमा साझेदारी खोज्छौं, तर सत्ता सञ्चालन एक्लै गरे पनि हुन्छ भनेर कांग्रेससँग भनेका थियौं । यसमा कांग्रेसले रुचि देखाएन । एमालेबाहेकका ६ दलले चासो देखाएपछि सहज ढंगले अगाडि जाने स्थिति बनेको हो ।

साढे २ बजेसम्म सबै जम्मा भइसक्नुभएको थियो । साढे ४ बजे साथीहरू शीतलनिवास पुगिसक्नुभएको थियो । के गर्ने कसरी बाँडफाँट गर्ने भन्ने नै बाँकी रहेन । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने, राष्ट्रपति र सभामुख एमालेले लिन्छ, अरू मिलाएर गरौं भनेर एक ठाउँमा उभिएका हौं ।

तर, प्रचण्ड र ओलीबीच केही भित्री सहमति भएको छ कि भनेर पनि आशंका गरिएका छन् नि ? 

– कुनै कुरा गोप्य भएको छैन । सात दलका अध्यक्षहरूसित मात्रै होइन, दलबाट ज–जसलाई लिएर जानुभयो उहाँहरू सबैका बीच कुराकानी भएको हो । भनिएका र कागजमा सही गरिएका कुरा नै यत्ति नै हुन् । 

हाम्रो अध्यक्षलाई शेरबहादुरजीको फोन आएको थियो । उहाँ (देउवा)ले आउनुस्, मिलेर सरकार बनाऔं, दुईजनाले सही गरेर जाऔं भन्नुभएको थियो । अध्यक्षज्यूले प्रचण्डजी आउनुभएको छ । उहाँको कुरा सुनौं, अनि मात्रै भन्छु भनेर जवाफ दिनुभयो ।

त्यसपछि उहाँले ‘शेरबहादुरजीले प्रधानमन्त्री बनाउन मलाई समर्थन गर भन्नुभएको छ । अहिले तपाईं (प्रचण्ड) यहाँ आउनुभयो । तपाईंको भनाई के छ ? भनेर सोध्नुभयो ।

त्यसपछि प्रचण्ड कमरेड अलि अप्ठ्यारोमा पर्नुभएको देखियो । के भन्न खोजेको हो भनेर द्विविधामा परेजस्तो गर्नुभयो । हाम्रो अध्यक्षले म बालुवाटार जान्छु भन्न खोज्या हो कि जस्तो पर्‍यो होला सम्भवतः उहाँलाई । अनि प्रचण्डजीले म बालुवाटार छाडेर आएँ । विपक्षमा नै बस्ने मानसिकता लिएर आएको छु भन्ने भाषा प्रयोग गर्नुभयो । त्यसपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीमा समर्थन गर भन्न खोज्नुभएको हो ? भनेर सोध्नुभयो । प्रचण्डले ‘हो’ भन्नुभयो ।

स्वतन्त्र पार्टीका रवि लामिछाने त्यहीँ हुनुहुन्थ्यो । जसपाका अशोक राई, जनमत पार्टीका सीके राउत त्यहीँ हुनुहुन्थ्यो । नागरिक उन्मुक्तिकी रञ्जिता (श्रेष्ठ)जी बाटोमै हुनुहुन्थ्यो । उहाँहरूसँग तपाईंहरूको राय के छ त प्रचण्डबारे भनेर सोध्नुभयो । रवि लामिछानेले हामी त सल्लाह गरेर नै बसेका छौं भन्नुभयो । ठीक छ तपाईं (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउन सकिन्छ, ओलीजीसँग सल्लाहमा नै थिएँ, मलाई आपत्ति छैन भन्नुभयो । 

उहाँ (रवि)को अर्को एउटा कुरा पनि थियो– हामी २० सीटवाला पार्टी हौं । शेरबहादुरजीकोमा पनि गएको थिएँ, तर उहाँले १० सीट भएको माधव नेपालको पार्टीलाई एक वर्ष प्रधानमन्त्री दिने कुरा गर्नुभयो । म त यहाँ प्रधानमन्त्री मागिरहेको छैन । म त तपाईंहरूको आलोचक पनि हुँ, किनकी तपाईंहरूको आलोचना गरेरै हामीले पार्टी बनाएका छौं । फेरि तपाईंहरूको योगदानको प्रशंसक पनि हौं, किनकी इतिहासमा तपाईंहरूले लडेर ल्याइदिएकै व्यवस्थामा हामीले पार्टी बनाउन पाएका छौं । त्यसकारण तपाईंहरूसँग सहकार्य पनि गर्ने र भित्र बसेर आलोचना पनि गर्ने भन्ने मोडमा हामी यहाँ आएका छौं । मचाहिँ राष्ट्रपति वा प्रधानमन्त्रीमा दाबी गर्ने मान्छे होइन । तर १० सीट भएको पार्टीले एक वर्ष प्रधानमन्त्री पाउँछ भनेर उतातिर कुरा भएपछि २० सीट भएको पार्टीले के पाउँछ भनेर जिज्ञासा राखेको थिएँ । मिलेर काम गर्नुपर्छ भन्ने मात्रै मेरो माग हो । अरू केही दाबी छैन भन्नुभयो । 

जसपाले दलको नेता छानिसकेको थिएन । उपेन्द्रजी सिधै शीतलनिवास जानुभयो । जनमतका अध्यक्षले बालकोटमा नै हाम्रो समर्थन छ भन्नुभयो । रञ्जिताजीले बालकोट आऊँ कि सिधै शीतल निवास जाऊँ भनेपछि उतै आउनुस् भन्यौं । यी सबै काम सहजै भए ।  ५ दल, ६ दल ७ दलका नाममा खरी खसाइ गर्नुपरेन ।

एमाले आफैं यसपटक रिल्याक्स मूडमा थियो । हामी सेफ जोनमा थियौं । हाम्रो ठाउँ सुनिश्चित थियो । पपुलर भोटमा जनताले सबैभन्दा बढी पत्याएको पार्टी हो । त्यस हिसाबले पहिलो र अंकगणितले दोस्रोमा थियौं । कसैले साथ दिए मात्रै सरकार बनाउन सक्ने अवस्था हाम्रो हो । अन्यथा प्रमुख प्रतिपक्षी नै हाम्रो ठाउँ थियो । यो स्थिति भइसकेपछि जनादेश फलो गर्नेमा ढुक्क थियौं । 

हामीलाई सन्तोष किन पनि थियो भने गठबन्धन बनाएर हामीलाई भित्तामा पुर्‍याउँछौं, इतिहासको कालखण्डमा एमाले भन्ने थियो, अहिले छैन भन्ने बनाउँछौं भन्ने हिसाबको दुराशयपूर्ण प्रचारबाट एमाले बाँच्यो । बरू शक्तिशाली पार्टी भएर आएकोमा खुशी छौं । त्यसैले हामीलाई कुनै अप्ठ्यारो भएन । 

दुई घण्टामा गठबन्धन बन्नु कुनै चमत्कार भन्दा कम थिएन । तर, बाहिर त कुनै शक्ति केन्द्रले यसरी छोटो समयमा गठबन्धन बनाइदियो भन्ने परेको छ नि ?

– यो आरोप तथ्यसँग नजिक छैन । प्रचण्ड र हाम्रो पार्टीसँग कम्युनिस्ट नाम जोडिएको छ । तर, दुई घण्टा अगाडिसम्म प्रचण्डजी अर्कै गठबन्धनमा हुनुहुन्थ्यो नि । चिया खाएर खाना खाने निहुँ पारी प्रचण्डजी बालुवाटारबाट बालकोट आउनुभएको हो । त्यसअघि त गठबन्धनले प्रचण्डजीलाई इन्गेज बनाएर राखिरहेको थियो नि । शक्तिकेन्द्र थिए भने त बालुवाटारतिरै थिए होला नि त । हाम्रोतिर तर अर्ग्यानिक कुरा हो । सात दलमा त सातथरी मत भएका पार्टी छौं ।

स्वतन्त्र पार्टीले भर्खरै आफ्नो परिचय बनाउँदै छ । समकालीन पार्टीका विरुद्ध उत्रिएर, उनीहरूका कार्यसम्पादनमा प्रश्न उठाएर बनेको पार्टी हो । आफ्नो विचार के हो भनेर भनिरहनुभएको छैन । लेफ्ट विङ होइनौं भनिरहनुभएको छ । मुकुल ढकाल (रास्वपा महामन्त्री)लाई मैंले जिस्क्याएँ पनि तपाईं महासचिव हो कि महामन्त्री हो भनेर । उहाँले हामी महामन्त्री भन्छौं भन्नुभयो । किन महामन्त्री भनेको त ? तपाईं कम्युनिस्ट पार्टीमा महासचिव भन्नुहुन्छ, हामी त कम्युनिस्ट पार्टी होइनौं, राइट विङ हौं, त्यसकारण महामन्त्री भन्छौं भन्नुभयो । उहाँले आफ्नो कुरालाई गर्वका साथ भन्नुभयो ।

कम्युनिस्ट पाटीसँग राइट विङ भन्नेलाई कुन शक्ति केन्द्रले मिलाइदेला ? त्यसलाई मिलाउन कुनै राइट विङ नै आउनुपर्ला । तर त्यहाँ त्यस्तो कोही थिएन । लेफ्ट विङलाई कुनै अत्तोपत्तो नै थिएन । 

आन्तरिक राजनीतिमा उत्तर-दक्षिण, पूर्वपश्चिम, सुदूरपश्चिम कसैको पनि हात हामी रुचाउँदैनौं । यो नेपाल र नेपालीले बनाउने सरकार हो । राप्रपाको आफ्नै पोजिसन छ । जसपाको पोजिसन आफ्नै ढंगको छ । जनमतको छुट्टै मत छ । उन्मुक्ति पार्टीको सीमित एजेन्डा छन् । जातीय एजेन्डा छन् । आफ्नो नेता रिहाइको एजेन्डा पनि छन् । विभिन्न मत बोकेका पार्टीलाई मिलाएर सरकार बनाएका छौं भने कुन शक्ति केन्द्रले बनाइदियो भनेर भन्ने त ? यसमा शक्ति केन्द्रको कुनै अर्थ नै छैन । 

स्थिरताको कुरा गर्नुभयो । सातदलीय गठबन्धन नै रहने बताउनुभयो । तर कतिपयले त प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा नै आशंका व्यक्त गरेका छन् नि ? 

– नेपाली कांग्रेसको मेहनत यसमा छ, किनकी कांग्रेसको अभिव्यक्ति देख्दा सबैभन्दा बढी पीडा उसलाई देखिन्छ । लोकतन्त्रमा हारजीतलाई स्वाभाविक मानिएन भने त्यसले कुण्ठा जन्माउँछ । हामीले खुला रूपमा दुईवटा शक्ति बनाऔं भनेर कांग्रेसलाई भनेकै हो । दुवै पक्षले एजेन्डामा बहस गरौं भनेका हौं । उहाँहरूले मान्नुभएन । सत्ता गुम्यो भनेपछि उहाँहरूलाई पीडा भएको छ । 

उहाँहरूका आन्तरिक समस्या पनि होलान्, त्यसैले उहाँहरू यो सरकार टिक्दैन भनिराख्नुभएको छ । इतिहासमा झण्डै दुईतिहाइ मत भएको सरकार गिरेर त अस्थिरता आयो भने सातवटा पार्टी मिलेर पाँच वर्ष मज्जाले चल्छ भन्दा जनताले तत्काल नपत्याउलान् । यस्तोमा प्रश्न गर्नु स्वाभाविक नै हो । तर अहिले प्रचण्डले विश्वासको मत पनि पाउँदैनन्, यो सरकार पनि गिर्छ भन्नु गैर गठबन्धनबाट फिँजाइएको हल्ला मात्र हो । यसमा विभिन्न कथा बुनेर बाहिर ल्याउने प्रयत्न गरिएको छ । 

यही गठबन्धनलाई समर्थन गरेका दललाई प्रधानमन्त्रीको अफर गरिएका छन् भन्नेसम्मको चर्चा सुनिन्छन् नि ? 

– हो, हामीले पनि यस्ता चर्चा सुनेका छौं । विभिन्न व्यक्तिलाई प्रधानमन्त्रीको ‘अफर’ आएको भन्ने छ । यो गैरराजनीतिक कुरा हो । गैर राजनीतिक काम भयो र भद्रगोल नै भयो भने कसको के लाग्छ र ? तर जहाँसम्म मेरो आफ्नो विश्वास छ, अहिले गठबन्धन बनेको तरिका, न्यूनतम् साझा कार्यक्रमको अन्तिम तयारीले गर्दा यस्तोमा प्रधानमन्त्री उधारोमा पाउनासाथ गठबन्धन टुटाएर अस्थिरता सिर्जना गर्नेतिर कोही लाग्छ भन्ने लाग्दैन । त्यस्तो हो भने जाने चुनावमा नै हो, किनकी त्यसपछि कोही पनि प्रधानमन्त्री बन्न सक्दैन । अर्को भाँडभैलो शुरू हुन्छ । अर्थतन्त्रले पनि थेग्दैन । त्यसैले यस्तो भाँडभैलो नहोस् भन्नेतिर हामी छौं । यस्तो खेल भयो भने यसविरुद्ध प्रतिक्रिया त आइहाल्छ नै । यसको नकारात्मक प्रभाव आफ्नो ढंगले पर्छ ।  

एमालेले राष्ट्रपति र सभामुख पाउने भन्ने समझदारी भइरहँदा पार्टीभित्र कसलाई अगाडि सार्ने भन्ने छलफल भएको छ ?

– पार्टी कमिटीमा यो विषयमा छलफल भएको छैन । अहिले सरकारलाई आकार दिने भन्नेमै केन्द्रित छौं । सभामुखको चुनावका लागि सांसदबीच नै छलफल हुने हो । यसमा सहज सीमा छन् । प्रतिनिधिसभाको कोही सदस्य नै सभामुख बन्छ । त्यसपछि मात्रै हामी राष्ट्रपतिको विषयमा प्रवेश गर्छौं । 

सरकारमा माओवादीसँग सहकार्य भयो । २०७४ सालमा मिले पनि बीचमा दुर्घटनामा पर्‍यो । यसपटक फेरि पार्टी एकतासम्मै पुग्नेगरी मिलनका केही आधारहरू छन् कि सत्तामा मात्रै हो तपाईंहरूको गठबन्धन ? 

– सरकार टुट्छ भन्ने जुन आकलन छ, यही बेला एमाले र माओवादीबीच एकीकरण भइहाल्छ भन्नु अर्को अति परिकल्पना हो, किनभने जुन खालको एकता र विभाजनको दौडबाट हाम्रो पार्टी गुज्रियो, यस्तोमा एमालेले कुनै पनि एकताको पक्षमा हतारो गर्दैन । पहिला त विश्वास नै जित्नुपर्ने हुन्छ । त्यतिखेर उत्साहमा गरिएको एकताले परिणाम राम्रो दिएन । दुर्घटना नै भयो । त्यसको क्षति राष्ट्रले भोग्यो । हाम्रो पार्टीले भोग्यो । माओवादीले पनि भोग्यो होला । माधव नेपालजी त एउटा ढंगले अहिले पनि भोगिरहनुभएको छ । यसैले अहिले पहिलेको जस्तो एकीकरण वा एकता भन्ने हुँदैन । अहिले सरकारमा मिलेर काम गर्ने भन्ने मात्रै हो । 

सैद्धान्तिक रुपमा नमिल्नुपर्ने कारण के छन् ? 

– यहाँ सिद्धान्तको कुरा कहाँबाट आयो ? सिद्धान्तको कुरा हुन्थ्यो भने त नेकपा फुटाएर त्यहीँभित्रका दुई समूह मिलेर २३ सीट जितेको कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाएर दौडनुपर्थ्यो र ?  

प्रचण्डमा एउटा ‘रियलाइजेसन’ त आयो होला नि ? 

– प्रचण्ड कमरेडबारे मैले बोल्न मिलेन । उहाँमा ‘रियलाइजेसन’ आयो कि आएन भन्ने प्रश्न प्रचण्डजीलाई नै सोध्नुपर्छ । 

भनेपछि पार्टी एकतासम्म पुग्ने गरी गृहकार्य भएको छैन ? 

– हो, छैन । अहिले पार्टी एकताका लागि कुनै गृहकार्य नै हुँदैन । पार्टी एकताको बाटोमा नै अहिले हामी हिँड्दैनौं, सम्भवतः नेकपा माओवादी केन्द्र पनि यो बाटोमा हिँड्दैन । अहिले त्यो वस्तुगत स्थिति नै होइन । जसले जे भने पनि अहिले जसको जे हैसियत छ, त्यसमै मिलेर अगाडि जाने हो । सकेसम्म मिल्ने, नत्र झगडा नगरी मिल्ने हो । यो नै अहिलेका लागि राम्रो हुन्छ । 

माधव नेपाल त तपाईंहरूबाटै छुटेका हुन् । सैद्धान्तिक रूपमा तपाईंहरूबीच खासै भिन्नता देखिन्न नि !

– माधव नेपालजीहरू पनि सैद्धान्तिक रहनुभएन । प्रचण्डजीले गठबन्धन छाडेर आउँदा पनि माधव नेपालजीले कांग्रेसलाई छाड्ने आँट आजका मितिसम्म गर्नुभएको छैन । जबसम्म उहाँहरूले पुरानो गठबन्धनसँग हाम्रो सम्बन्ध टुट्यो भन्नुहुन्न, तबसम्म उहाँसँग संगत गर्नुपर्ने जरुरी नै छैन ।

पुरानो गठबन्धन नयाँ सरकारमा बहुमतनजिक थियो । ६ सीट जनमत पार्टीले दिने पक्का गरेको थियो । त्यस्तो स्थितिमा जरकमरक गर्नुपर्ने आवश्यकता हामीलाई थिएन । ७८ सीट भएको हामीलाई १३८ सीट पुर्‍याउन धेरै नै मेहनत गर्नुपर्ने अवस्था थियो । उहाँहरूलाई ६ सीट भएको पार्टीसँग मिल्नासाथ पुग्थ्यो । अहिले त्यहाँबाट प्रचण्ड यता आउनुभयो । जसपा उता थिएन, राप्रपा यतै भयो । 

नयाँ परिस्थितिमा पनि माधव नेपालको पार्टीले त्यतातिरको संगत छाड्यौं भनेको छैन । त्यसैले उहाँहरूबारे हतारोमा बोल्नु जरुरी छैन । 

यो सरकार पाँच नै वर्ष चलाउने प्रयत्न गर्छौं । प्रधानमन्त्रीको सन्दर्भमा आधाआधी भनेका छौं । हेरौं, कहाँसम्म जान्छ । एमालेको तर्फबाट कुनै कसर बाँकी रहँदैन । हामी समझदारीपूर्वक नै जान चाहन्छौं ।

माधव नेपाललाई राष्ट्रपति बनाउनेसम्मको चर्चा सुनिन्छन् नि ?  

– उहाँलाई राष्ट्रपति बन्न मन होला, तर त्यो हामीले सुनेका छैनौं । पहिले राष्ट्रपति बनाउन खोज्दा उमेर भएको छैन भन्नुभएको थियो । अहिले फरक पार्टीमा परेको हुनाले उमेर पुग्यो कि पुगेन सोध्न पाएको छैन । 

केपी ओली प्रधानमन्त्री हुँदा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने कुराको विरोध भएको थियो । यसपटक ओली आफैं संयन्त्रको संयोजक बन्ने कुरा आउँदा किन विरोध नभएको ? 

–संयन्त्र बनाउनुपर्छ भन्ने दलको साथी प्रधानमन्त्री हुनुभयो । उहाँले यसको आवश्यकता महसूस गर्नुभयो । त्यसपछि हामीले त्यसमा विरोध गरेनौं । 

भनेपछि यो सरकार राम्ररी नै दुई वर्ष चल्छ ? 

– यो सरकार पाँच नै वर्ष चलाउने प्रयत्न गर्छौं । प्रधानमन्त्रीको सन्दर्भमा आधाआधी भनेका छौं । हेरौं, कहाँसम्म जान्छ । एमालेको तर्फबाट कुनै कसर बाँकी रहँदैन । हामी समझदारीपूर्वक नै जान चाहन्छौं । प्रचण्डजीलाई आधा अवधि प्रधानमन्त्री बनाउन रहर लागेर होइन, त्यसपछि केपी ओलीलाई प्रधानमन्त्री बनाउने हाम्रो योजना भएर पनि होइन, हामी स्थिरता, अर्थतन्त्र र सामाजिक सांस्कृतिक मूल्यमान्यताप्रति चिन्तित छौं । त्यो जोगाउन स्थिरता चाहिन्छ । यसका लागि के–के त्याग्नुपर्छ, एमाले तयार छ । 

चुनावपछि केपी ओलीले मुलुक मध्यावधिमा जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभएको थियो । त्यो शंका अहिले कायम छ कि छैन ?

– अहिले पनि हामीलाई चिन्ता छ, किनकी हामीले बनाएको गठबन्धन चलेन र टुट्यो भने ठूलो दलले सरकार बनाउने हो । त्यो भनेको अल्पमतको सरकार हो । त्यो भनेको नेपाली कांग्रेसले सरकार बनाउने हो । 

हामी अहिले ७९ सिटमा छौं, भरे भोलितिर ८० सिट हुन्छौं होला । कांग्रेसको ८९ सिट छ । ९ सिट बढी भएको कांग्रेसले सरकार बनाएर एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

अहिलेको अवस्थामा विश्वासको मत उसले पाउने स्थिति हुँदैन । जुन कारणले अहिलेको गठबन्धन टुट्छ, त्यही कारणले अर्को गठबन्धन बन्दैन । गठबन्धन नबन्दा संसद् विघटनको बाटोमा जान्छ । यस्तोमा कुनै एक सांसदमा हामीलाई विश्वास छ भनेर जाने हो । तर यसमा पनि बहुमत पुग्छ भन्ने छैन । यस्तो पनि नहुँदा मध्यावधिमा जाने हो । त्यो पनि मध्यवधि भएन भने ‘अर्ली इलेक्सन’मा जाने हो । तत्काल चुनावमा जाने हो ।

हामी तत्काल चुनावको बाटोमा छैनौं, किनभने अर्थतन्त्र साह्रै ओरालोमा छ । अर्थतन्त्र जोगाउन पनि अहिले आएको जनादेशलाई टिकाएर लानु नै उपयुक्त हुन्छ । तिक्तता बढाएर कसैलाई फाइदा छैन । कांग्रेस पनि दुःखी भइरहनु जरुरी छैन, किनकी उसले नसोचेको समयमा १७/१८ महिना सरकार चलाउन पाएको छ । गर्ने/नगर्ने सबै गरिहाल्यो । कांग्रेसले गर्ने भनेको अर्थतन्त्रलाई चौपट पार्ने हो त्योभन्दा बढी उसले के अभ्यास गर्ने र ? 

 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
पुस ४, २०७९

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी संसद्को चौथो ठूलो दल बनेको छ । झण्डै ४ महिनाअघि मात्र गठित उक्त पार्टीका सभापति रवि लामिछाने चितवन- २ बाट चुनाव जितेर हालै काठमाडौं फर्क...

मंसिर १४, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले दुवै गठबन्धनसँग संवाद भइरहेको बताएका छन् । जनमत पार्टीको एजेन्डा पूरा गराउन जुन गठबन्धनले तत्परता, प्रतिबद्धता जनाउँछ त्यसैसँग सहकार्य हुने उनले बताएका छन् । सरका...

मंसिर १५, २०७९

सुर्खेत– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का काठमाडौं फर्कनेक्रममा सुर्खेतबाट सिधै बालुवाटार गए । र, सभापति शेरबहादुर देउवासँग बधाई साटासाट गरे । बुध...

मंसिर २९, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अंक गणितीय जोड घटाउन गर्दै गम्भीर वार्ता र संवादमा ...

मंसिर २, २०७९

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्त्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व...

मंसिर १०, २०७९

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अब मधेशको मुद्दा तथा शोषित/पीडितको मुक्तिका लागि संघर्ष गर्ने बताएका छन्  । १५ वर्षअघिको 'क्रान्तिकारी' उपेन्द्र यादवलाई फेरि पनि जनताले सोही...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x