पुस ३०, २०७९
कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पु¥याएको योगदान...
नेपाल प्रज्ञा प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशन गरेको छ । साहित्यकार तथा समालोचक प्रेमनारायण भुसालले तयार पारेको अनुसन्धानलाई प्रतिष्ठानले किताबका रूपमा प्रकाशन गरेको हो । यस किताबमा चिकित्सा क्षेत्रमा विकसित मनोविज्ञानका आधुनिक सिद्धान्तहरूलाई समेत प्रयोग गरी मनोवैज्ञानिक कथाको विश्लेषण गरिएको छ ।
चार परिच्छेदमा संरचित पुस्तकको पहिलो खण्डमा मनोविज्ञानको सैद्धान्तिक अवधारणा दिइएको छ । यसै खण्डमा मनोविज्ञानका क्षेत्रमा देखा परेका विभिन्न सम्प्रदायहरूको परिचयसमेत दिएको छ । कृतिमा मनोविज्ञानका सामान्य र असामान्य दुवै धारको विस्तृत वर्णन गरिएको छ । असामान्य मनोविज्ञानका हरेक पक्षको सटिक विश्लेषण गरिएकाले मनोविज्ञानमा रुचि राख्ने पाठकका लागि यो कृति राम्रो स्रोत सामग्री बनेको छ । मनोविज्ञानका आधुनिक सिद्धान्तका कसीमा नेपाली कथा विश्लेषणका आधारहरूसमेत निर्माण गरिएको छ ।
दोस्रो परिच्छेदमा नेपाली कथामा मनोविज्ञानको निरूपण गरिएको छ । यसै खण्डमा नेपाली कथाको समकालीनताअन्तर्गत समकालीन नेपाली कथाको समयावधि निर्धारण गरिएको छ । कृतिको तेस्रो परिच्छेद नमुनाको अध्ययन गरी प्रवृत्तिगत रूपमा प्रतिनिधित्व गर्ने कथाकारहरूका कथाका सामान्य र असामान्य मनोविज्ञानका पक्षहरूमाथि गहन अध्ययन गरिएको छ ।
चौथो परिच्छेद पुस्तकको निष्कर्ष र सारांशका रूपमा रहेको छ । कृतिहरूको अध्ययनपछि प्राप्त भएको निष्कर्ष र नेपाली साहित्यमा देखा परेको मनोवैज्ञानिक प्रवृत्तिको सूक्ष्म विश्लेषण यस खण्डमा गरिएको छ । परम्परागत रूपमा गरिँदै आएको अध्ययनभन्दा यस किताबमा फरक किसिमले कथाको विश्लेषण गरिएको कुरा उपकुलपति डा जगमान गुरुङले प्रकाशकीयमा व्यक्त गरेका छन् । भुसालका मनोवैज्ञानिक लेखरचना विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् । उनले गत वर्ष मात्रै बालबालिकासँग कस्तो व्यवहार गर्ने ? शीर्षकको पुस्तक पनि प्रकाशन गरेका थिए ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पु¥याएको योगदान...
महाभूकम्पले जति नेपालीहरूको मन हल्लाएको थियो, सायद त्योभन्दा बढी नेताहरूको मन र मुटु हल्लिएको हुनुपर्छ । अन्यथा पुनर्गठित संविधान सभाले पनि संविधान निर्माण गर्न नसक्ने निश्चित भइसकेको थियो । पहिलो संव...
पतञ्जलि योग सूत्रको नेपाली अनुवादको पुस्तक प्रकाशनमा आएको छ । कमलप्रसाद ढुंगानाद्वारा अनुवादित पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । पुस्तकमा योग सूत्रको शाब्दिक अनुवाद र त्यसको व्याख्या गर्ने ...
राष्ट्रिय जनसांस्कृतिक सङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को ७५ औँ शृङ्खलामा कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिएका छन् । ...
बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आएपछि संस्थानको व्यवस्थापन फेरियो । लमजुङतिरका ल्याङल्याङे कांग्रेसी सज्जनलाई विस्थापित गरी माओवादी निकटका क्रान्तिकारी सज्जन कार्यकारी प्रमुख भएर आए । ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...