माघ १५, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकार...
काठमाडाैं | पुस २९, २०७९
अभिनेता पल शाह नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् ।
गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण परेका शाह शुरूमा केही समय प्रहरी हिरासतमा बसेपछि पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
पछि नवलपुर जिल्ला अदालतले साढे २ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला अदालत तनहुँमा भने मुद्दा विचाराधीन अवस्थामा छ ।
चलचित्र र म्युजिक भिडियोमा छाइरहेका ‘स्टार’ अभिनेता पल जेलमा सामान्य कैदीबन्दीसँगै बस्छन् । शुरू–शुरूमा उनलाई भेट्न दिनहुँ आफन्त, साथीभाइ र चलचित्रकर्मीको भीड लाग्ने गरेको थियो ।
पछिल्ला दिनमा भने उनलाई भेट्न जानेको संख्या केही घटेको छ । तर, केही व्यक्ति भने पलसँग नियमित भेटघाटमा छन् ।
पललाई भेट्न पुगिरहनेमध्येमा पर्छन्, छायाँकार अर्जुन तिवारी । उनले पलले अभिनय गरेका एक सयभन्दा बढी म्युजिक भिडियो खिचेका छन् ।
लामो समयदेखि पलसँग निकट रहेका उनले अहिलेसम्म २०/२२ पटक कारागार पुगेर पललाई भेटेका छन् । उनी यसै साता पनि पललाई भेट्न तनहुँ पुगेका थिए ।
भेटमा पलले प्रायः चलचित्र, म्युजिक भिडियो र साथीभाइहरूको विषयमा सोधीखोजी गर्ने गरेको अर्जुनले लोकान्तरलाई बताए ।
कस्ता भएका छन् पल ?
तिवारीका अनुसार पलले कपाल काटेर छोटो–छोटो बनाएका छन् । उनी न दुब्लाएका छन्, न मोटाएका । शरीर उस्तै देखिन्छ ।
‘मैले उसमा परिवर्तन त्यस्तो केही देखिनँ,’ छायाँकार अर्जुनले भने, ‘अलिकति निराशजस्तो देखिनुचाहिँ स्वाभाविक हो ।’
मोडल विजय पुन समेत पललाई भेट्न ८/९ पटक तनहुँ पुगेका छन् । उनले पनि पल पहिलेजस्तै रहेको र कपाल काटेका कारण 'लुक्स' फरक देखिएको बताए ।
‘शरीर पहिलेजस्तै हो । तर, कपाल काटनुभएका कारण डिफरेन्ट लुक्समा देखिनुहुन्छ’ विजयले भने ।
‘भेट्न पुग्नेसँग हाँसीखुशी प्रस्तुत हुन्छन्’
आफूलाई भेट्न पुग्नेहरूसँग पल हाँसीखुशी प्रस्तुत हुन्छन् । केही समयअघि गायक हेमन्त शर्मा पललाई भेट्न तेस्रोपटक तनहुँ कारागार पुगेका थिए ।
‘मसँग भेट्दा पहिले पनि हाँसेर कुरा गरेका थिए, पछिल्लोपटक हँसिलो नै पाएँ,’ हेमन्तले भने । उनका अनुसार पलको शारीरिक अवस्था ठीक देखिएको छ ।
हेमन्तले आफूहरूको भेटमा सामान्य कुराकानी भएको, तर उनको दैनिकीबारे भने कुराकानी नभएको बताए ।
साथीभाइ भेट्दा शुरूमा खुशी हुने पल छुट्ने बेलामा भने निराश हुने गरेका छन् ।
‘हामीहरू पुग्दा पीडा देखाउनुहुन्न । हाँसेरै प्रस्तुत हुने गर्नुभएको छ । तर, छुट्टिने बेला उहाँको आँखामा पिलपिल आँसु देखिन्छ,’ पलसँग नजिक रहेका मोडल विजय पुनले लोकान्तरसँग भने ।
दैनिकी कसरी बिताउँछन् ?
पललाई हिरो भनेर कारागारभित्र सबैले माया गर्ने गरेको उनलाई भेटेर फर्किएकाहरू बताउँछन् । कारागारभित्र पलले केही समय शारीरिक व्यायाम गर्दा रहेछन् ।
दिउँसोको समयमा साथीहरूसँग कुराकानी, ब्याटमिन्टन, कारमबोर्ड लगायतका खेलमा उनको समय बित्ने गरेको छ ।
कारागारभित्र केही समय टेलिभिजन समेत हेर्न पाइने रहेछ । टेलिभिजनमा पलले उपलब्ध भएसम्म फिल्म र म्युजिक भिडियो हेर्ने गरेका छन् ।
टेलिभिजन हेर्दै गर्दा कहिलेकाहीँ उनैले अभिनय गरेको म्युजिक भिडियो पनि आउँछ, त्यो भिडियो हेर्दा उनी भावुक हुने गरेको कारागार स्रोतले बतायो ।
उपलब्ध भएसम्मका पत्रपत्रिका समेत पढ्ने पलले जेलभित्रै केही फिल्मको स्क्रिप्ट समेत हेरिरहेको छायाँकार अर्जुनले खुलाए ।
‘चलचित्रको स्क्रिप्ट पढ्ने, खेल खेल्ने, टीभी हेर्ने रहेछन्,’ उनले भने, ‘धेरैवटा उपन्यास पढिसकेको मसँगको भेटमा बताए । पछिल्लो समय हरिवंश आचार्यद्वारा लिखित पुस्तक ‘चिना हराएको मान्छे’ पढेर सकाएका रहेछन् ।’
कारागारभित्र सबै ठिकै रहेको उनले आफूलाई भेट्न पुग्नेहरूसँग बताउने गरेका छन् । परिवारका सदस्यले उनलाई आवश्यक कुरा लगिदिन्छन् । साथीभाइ पनि उनलाई मन पर्ने खानेकुरा र पुस्तक बोकेर पुग्ने गरेका छन् ।
‘मैले आफू जाँदा कहिलेकाहीँ पुस्तक, कहिलेकाहीँ उसलाई मनपर्ने खानेकुरा लगिदिन्छु,’ अर्जुनले भने, ‘अन्य साथीभाइमार्फत पनि पठाइरहेको हुन्छु ।’
अर्जुनले फ्रुट्स्, मःम, सुकुटी ईत्यादि खानेकुरा लगिदिने गरेको बताए ।
‘पछिल्लोपटक चाहिँ काठमाडौंबाट गुँदपाक लगिदिएको थिएँ । त्यो भन्दा अगाडि पुष्टकारी लगिदिएको थिएँ,’ उनले भने ।
प्रत्येक भेटमा म्युजिक भिडियो र चलचित्रबारे सोधीखोजी
आफूलाई भेट्न पुग्ने संगीतकर्मी र कलाकारहरूसँग पलले गीतसंगीतबारे सोधीखोजी गर्ने गरेका छन् । चलचित्रकर्मीहरूबाट चलचित्र क्षेत्रको बारेमा बुझ्ने गरेका छन् ।
‘कुन गीत कत्तिको चलिरहेको छ, पछिल्लो समय हिट गीत कुन भयो भनेर उसले एकदमै चासो राख्छ । कुन चलचित्र फ्लोरमा गएको छ, कुन–कुन चलचित्र राम्रो चल्यो भनेर पनि उसले सोधीखोजी गर्छ,’ छायाँकार अर्जुन भन्छन्, ‘प्रत्येक भेटमा चलचित्र र गीतसंगीतबारे चासो राखेको पाउँछु ।’
अर्जुनका अनुसार पलले आफ्ना फ्यानहरूबारे एकदमै चासो दिने गरेका छन् । साथै आफूसँगै काम गरेका प्राविधिकदेखि निर्देशकसम्मलाई सोध्छन् । आफूले काम गर्दाका प्राविधिक तथा सामान्य सहयोगीहरूका बारेमा उनले बढी सोधखोज गर्ने गरेका छन् ।
बाहिर हुँदाको व्यस्ततालाई उनले एकदमै मिस गरिरहेको अर्जुनले बताए ।
आशावादी छन्, पल
हेमन्त शर्मासँगको भेटमा पलले सोधेका रहेछन्, ‘पछिल्लो समय कलाकारहरूले, दर्शकहरूले मलाई कस्तो नजरले हेर्छन् ? उहाँहरूको माया घटेको होला हैन दाइ ?’
'त्यस्तो नहोला' भन्ने जवाफ दिँदै हेमन्तले सोधेका रहेछन्, ‘तिमी लाई के लाग्छ ? मनमा के छ ?’ जवाफमा पलले न्याय पाउने विश्वास देखाएको हेमन्तले बताए ।
‘न्याय पाउँछु भन्नेमा ऊ आशावादी रहेको पाएँ,’ हेमन्तले लोकान्तरसँग भने ।
पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् । सोही प्रकरणमा जिल्ला अदालत नवलपुर र तनहुँमा पलविरुद्ध मुद्दा चलेको थियो ।
नवलपुरबाट बलात्कारको अभियोग पुष्टि नभए पनि यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तथा १० लाख जरिवाना सुनाइएको छ ।
तनहुँबाट भने फैसला हुन बाँकी छ । उनको मुद्दाको अर्को पेसी माघ ३ गतेलाई तोकिएको छ ।
यस्तै मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने उच्च अदालतको आदेशमा २० लाख धरौटी तिरेर शुक्रवार रिहा भएका छन् ।
सन्दीप रिहा भएपछि पलका समर्थक पनि आशावादी भएको सामाजिक सञ्जालमा देखिन्छ । पलको मुद्दामा ३ गते नै फैसला आउन सक्ने सम्भावना छ ।
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकार...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएसँगै उनले सांसद, पार्टीको सभापति, गृह मन्त्री र पार्टी संसदीय दलको नेता पद एकैसाथ गुमाएका छन् । कामु प्रधानन्यायाधीश हरि...
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । तर, आज सर्व...
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहि...
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहेका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय ग...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...