पुस २०, २०७९
बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...
उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा प्रथम भएका छन् । १४ औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरका स्रष्टाहरुलाई भाग लिन आह्वान गरिएको थियो ।
देशभरबाट प्राप्त ८७ वटा कवितामध्ये उत्कृष्ट १२ कवितालाई छनौट गरेर सोमबार स्रस्टाबाटै कविता वाचन गराएर प्रतिस्पर्धा गराइएको थियो । छनौटमा परेका ११ जना स्रष्टालाई पछि पार्दै धरानका विश्वकर्माले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । सो प्रतियोगितामा विश्वकर्माले ‘एक भेट भरियासँग’ शीर्षकको कविता वाचन गरेका थिए ।
प्रतियोगितामा बाराका स्रस्टा अभिषेक ओझा दोस्रो भएका छन् । ओझाले वाचन गरेको ‘वृद्धाश्रमबाट आएको चिठी’ शीर्षकको कविता दोस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार हात पारे । त्यसैगरी, प्रतियोगितामा कास्कीका स्रस्टा रोशन तिमिल्सिना तेस्रो भएका छन् । ‘लालामीको सूचना’ शीर्षकको कविताले तेस्रो स्थान हासिल गर्दै तिमिल्सिनाले १० हजार रुपैयाँ पुरसकार प्राप्त गरेका छन् ।
सो प्रतियोगितामा सप्तरीकी स्रस्टा रोमा लम्साल नुरा तथा चितवनका लालकाजी श्रेष्ठले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । लम्सालको ‘पसिनाको अक्षरमा देश’ तथा श्रेष्ठको ‘विश्वास’ शीर्षकको कविताले प्रोत्साहनस्वरुप नगद पाँच पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । प्रतियोगिताको निर्णयकमा समालोचक डा. धनेश्वर भट्टराई, डा. केशवराज चालिसे र साहित्यकार सुरेन्द्र अस्तफल रहेका थिए ।
बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...
राष्ट्रिय जनसांस्कृतिक सङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को ७५ औँ शृङ्खलामा कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिएका छन् । ...
पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का न...
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आएपछि संस्थानको व्यवस्थापन फेरियो । लमजुङतिरका ल्याङल्याङे कांग्रेसी सज्जनलाई विस्थापित गरी माओवादी निकटका क्रान्तिकारी सज्जन कार्यकारी प्रमुख भएर आए । ...
पतञ्जलि योग सूत्रको नेपाली अनुवादको पुस्तक प्रकाशनमा आएको छ । कमलप्रसाद ढुंगानाद्वारा अनुवादित पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । पुस्तकमा योग सूत्रको शाब्दिक अनुवाद र त्यसको व्याख्या गर्ने ...
कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पु¥याएको योगदान...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...