माघ १८, २०७९
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले विगतका वर्षहरूझैं यस वर्ष पनि कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्र...
अष्ट्रेलिया जाने नेपालीलाई अब नेपालबाटै सूचना प्रविधि (आईटी) अन्तर्गत सफ्टवेयर तथा वेब डेभलपेन्टको तालिम शुरू भएको छ ।
यसका लागि अष्ट्रेलियामा रहेको डेन्टेड कोडले अब नेपालमा सफ्टवयर एवं वेब डेभलपमेन्ट ‘बुटक्याम्प’ सुरु गरेको छ । हाल अनलाइनमा आधारित भएर दिने यस्तो तालिमसँगै नेपालमै कार्यालयसमेत स्थापना गरेरै तालिम दिने भएको छ । यो तालिमपछि अष्ट्रेलिया जाने आईटीमा रुची भएका र आईटी क्षेत्रका विद्यार्थीका लागि आकर्षक कमाइको अवसर दिन सहयोग पुग्ने भएको छ ।
डेन्टेड कोड एकेडेमीमार्फत दिइने यस्तो तालिमबाट अष्टेलिया गएर छोटो समयमा नै आकर्षक कमाइ गर्न, छिट्टै आफूलाई स्थपित गर्न र वेरोजगार हुनुपर्ने चिन्ताबाट यस्तो तालिमले सहयोग गर्ने छ । यस्तो तालिम मासिक, वार्षिक तथा लाइफटाइम गरी तीनवटा प्याकेजमा दिइने डेन्टेड कोडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रेम आचार्यले बताए ।
आचार्यले भने ‘आईटीबाट ग्र्याजुएट भएका, अन्य संकायबाट ग्र्याजुएट भए पनि यही क्षेत्रमा भविष्य बनाउन चाहनेका लागि तालिम उपयुक्त हुने छ । सफ्टवयर डेभलपर वा वेब डेभलपर बन्न चाहने जोसुकै नेपालीलाई उपयुक्त हुने गरी तालिम दिइने छ ।’ डेन्टेड कोडले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेरै आफ्ना योजना र कार्यक्रमको जानकारीसमेत दिएको छ ।
डेन्टेड कोडले अष्ट्रेलिमा रहेका नेपालीलाई फुल स्किल्ड सफ्टवयर डेभलपर बनाउन सहयोग गरिरहेको छ । जसको सहयोगले तालिम लिएका नेपालीले न्यूनतम वार्षिक ७० हजार डलर कमाउने गरेको पनि डेन्टेड कोडका सफ्टवेयर इन्जिनियर मदनमणि अधिकारीले बताए ।
उनले भने ‘हामीले अष्ट्रेलियाको आप्रवासी समुदायमा सबैभन्दा अब्बल नेपाली समुदायलाई बनाउने प्रयास गरिरहेका छौ । यसले दिने तालिमपछि अष्ट्रेलिया नै जानुपर्छ भन्ने नभइ नेपालमै बसेर पनि विदेशी कम्पनीहरूमा आबद्ध भइ काम गर्न सकिन्छ ।’ यो तालिमले सक्षम जनशक्ति तयार हुने हुँदा अष्ट्रेलिया जानेका लागि उपयुक्त त भइहाल्यो नेपालमै बसेर दूर दराजबाट पनि विदेशी कम्पनीसँग काम गरेर आकर्षक कमाइ गर्न सकिने अधिकारीले बताए ।
विद्यार्थी भिसा लगाएर जाने नेपालीले भोग्नु परेको दुःख, स्थापित हुन गर्नुपरेको संघर्ष, आवश्यक सीप र दक्षता नहुदा स्थापित हुनै नसक्ने अवस्थाका नेपालीलाई दृष्टिगत गरेर यस्तो तालिम सुरु गरेको डेन्टेड कोषले जानकारी दिएको छ ।
डेन्टेड कोडले आईटीमा भविष्य बनाउन चाहनेहरूलाई दिने यस्तो तालिमबाट सक्षम सफ्टवेयर इन्जिनियर बनाउन सहयोग पुर्याउने पनि उल्लेख छ ।
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले विगतका वर्षहरूझैं यस वर्ष पनि कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्र...
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा क...
नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो ८ औं वर्ष माघ १३ देखि १५ गते काठमाडौंंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर...
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार पुगेको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो । बिहीबार प्रतितोला ७ सय रुपै...
काठमाडौंको पुरानो बानेश्वरस्थित पोज फेसन स्टोर एउटा नेपाली ब्रान्ड हो। लगभग ३ वर्ष पुरानो यस ब्रान्डले आफ्नो स्टोरको शाखा मैतीदेवी र पेप्सीकोलामा समेत विस्तार गरिसकेको छ। कपडा प्रोडक्सनको काम पुरानो बानेश्व...
नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले यही माघ १८ गतेदेखि हुने गरी स्विच टु प्रमियम कार कल्चर नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ। जसमा आफूसँग भएको पुरान...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...