चैत ८, २०७९
नयाँ वर्षको अवसर पारेर वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘नाईं नभन्नू ल ६’ । यसका अघिल्ला पाँचवटै श्रृङ्खलाले बक्स अफिसमा आक्रामक कमाइ गरेका कारण यस चलचित्र प्रतीक्षित मानिए...
डा. प्रदीप कुमार मैनाली र तिलक सिंह पेलाको गजल ‘के लत बस्यो...’ले युट्युबमा २ मिलियन प्लस भ्युज पाएको छ ।
सार्वजनिक भएको ९ दिनमा आइतवार दिउँसोसम्म भिडियोले २० लाख बढी भ्युज पाएको हो । गीतको भ्युजको गति सुरुवाती दिनमा निकै कम थियो । गजल गीत जब स्रोता दर्शकहरुको कान र आँखामा पर्दै गयो, आफ्नो सामाजिक सञ्जालमा सेयर गर्न थाले ।
थुप्रै चर्चित कलाकारहरूले समेत गजललाई शब्द, संगीत र स्वरको त्रिवेणी भन्दै आफ्नो फेसबुक वालमा सेयर गरे । हजारौं स्रोता एवं दर्शकले टिकटक भिडियो बनाए । अनि विस्तारै गजलको भिडियोले युट्युबमा निकै राम्रो भ्युज पाउँदै गयो ।
डा. प्रदीप कुमार मैनालीको रचना रहेको गजललाई तिलक सिंह पेलाले संगीत र स्वर दिएका हुन् । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् ।
कुनै तामझामबीना रेकर्डिङ स्टुडियोमा नै छायाँकन गरेर गजल सार्वजनिक गरिएको थियो ।
सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । यसअघि पनि उनका केही गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए । यद्यपि, उनी लामो समयपछि फेरि एकपटक गजल गीतमार्फत चर्चामा आएका हुन् । पछिल्लो समय भिडियोमा एकदमै तामझाम हुने तर अडियोमा हुनुपर्ने मेहनत घटेको गुनासो बढ्दै गएको छ ।
तामझामबीना तयार गरिएको ‘के लत बस्यो...’ गजलले चर्चा पाएसँगै भने गीतमा अडियो पक्ष नै बलियो हुनुपर्ने पुष्टि भएको कलाकारहरूले बताएका छन् । उक्त गजललाई युट्युबमा समेत निकै राम्रा प्रतिक्रियाहरू आएका छन् ।
नयाँ वर्षको अवसर पारेर वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘नाईं नभन्नू ल ६’ । यसका अघिल्ला पाँचवटै श्रृङ्खलाले बक्स अफिसमा आक्रामक कमाइ गरेका कारण यस चलचित्र प्रतीक्षित मानिए...
लोकप्रिय गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । सुदूरपश्चिमको सुगन्ध मिसाएर उनले ‘मायाले नै हो रैछ’बोलको गीत सार्वजनिक गरेका हुन् । यो प्रेमगीतमा हेमन्त र ‘धोकेबाज’ फ्रेम्...
नेपाली साङ्गीतिक क्षेत्रमा केही बाल गायक–गायिकाहरुको चर्चा पनि कम छैन । सानो उमेरमै आफ्नो गायकीको कारण लोभलाग्दो चर्चा कमाउनेहरू थुप्रै छन् । सुप्रिम मल्ल ठकुरी त्यसैमध्येका एक बाल गायक हुन्, जसले सा...
चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ले झन्डै दुई साता युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो । अबभने यो गीत ट्रेन्डिङ एकबाट पछाडि झरेको छ । यतिबेला...
‘बुद्ध थिएटर फेस्टिभल’को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ । जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ । गौतम बुद्धको दर्शन तथ...
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायाङ्कन सुरु गरिएको छ । व्यावसायिक तथा समीक्षात्मक दुवै रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन ला...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...