जेठ १८, २०८०
उच्च अदालत पोखराले फेवा तालको सिमसार क्षेत्र पुर्ने काम रोक्न अन्तरिम आदेश दिएको छ। उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजालासले बिहीवार फेवातालको चार किल्ला (सिमाना) भित्र कुनै प्रकारको...
माघ ८, २०७९
जिल्ला अदालत तथा उच्च अदालतका न्यायाधीशहरूको तलबमान तथा मर्यादाक्रमका विषयमा नेपाल सरकारद्वारा गरिएको निर्णयप्रति न्यायाधीशहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल सरकारले स्वेच्छाचारी तथा हचुवाका भरमा अमर्यादित ढंगले न्यायाधीशहरूको तलब राजपत्रांकित कर्मचारीको तलबमान भन्दा कम कायम गरेको भन्दै न्यायाधीश समाजको प्रबन्ध समितिले विज्ञप्ति नै जारी गरेर असन्तुष्टि जनाएको हो ।
सर्वोच्च अदालतका बहालवाला न्यायाधीश ईश्वरप्रसाद खतिवडा न्यायिक समाज प्रबन्ध समितिका अध्यक्ष हुन् । २०७९ माघ ६ गते न्यायाधीश समाजको प्रबन्ध समितिका महासचिव टेकप्रसाद ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'न्यायाधीशहरूको तलबमानसम्बन्धी नेपाल सरकारको २०७९ माघ ५ गतेको राजपत्रमा प्रकाशित स्वेच्छाचारी र आपत्तिजनक निर्णय सच्चिएर नआएसम्मका लागि हाल अमर्यादितरूपमा कायम गरिएको तलबमानलाई अस्वीकार गरी २०७९ माघ ५ गतेभन्दा अघि कायम रहेको पारिश्रमिक र सुविधा मात्र ग्रहण गर्न न्यायाधीश समाज देशभरका उच्च अदालत तथा जिल्ला अदालतका माननीय न्यायाधीशहरूलाई हार्दिकतापूर्वक अपील गर्दछ ।'
आपत्तिजनकरूपमा तलबमान कायम गरेकाले उक्त तलबमान स्वीकार्य नहुने भन्दै न्यायाधीश समाजको प्रबन्ध समितिले विज्ञप्ति जारी गरेर तलबमान सच्याउन आग्रह गरेको छ ।
सर्वोच्च अदालतसँग परामर्श गरी प्रत्येक तीन वर्षमा सबै तहका न्यायाधीशहरूको पारिश्रमिक र सुविधा पुनरवलोकन गर्ने प्रयोजनका लागि तत्काल न्यायिक तलब सुधार आयोग गठन गर्न पनि न्यायाधीश समाजले सरकारसँग माग गरेको छ ।
माघ ५ गते नेपाल सरकारले जारी गरेको नेपाल राजपत्रमा उच्च अदालतका मुख्य न्यायाधीशको तलबमान ८० हजार ७०७ रुपैयाँ, उच्च अदालतका न्यायाधीशको तलबमान ७६ हजार ३८३ रुपैयाँ र जिल्ला अदालतका न्यायाधीशको तलबमान ६४ हजार ८९५ रुपैयाँ कायम गरेको छ ।
नेपाल सरकारका राजपत्रांकित प्रथम श्रेणी, विशिष्ट श्रेणी र मुख्य सचिवको तलबमानको तुलनामा न्यायाधीशहरूको तलबमान कम भएको भन्दै न्यायाधीश समाजले त्यसको विरोध गरेको हो ।
२०४८ सालदेखि २०७२ सालसम्म जिल्ला न्यायाधीशको तलबमान निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदका लागि निर्धारित अन्तिम तलबमान भन्दा बढी हुने गरी कायम गरिएको थियो । आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला न्यायाधीशको तलबमान ३६ हजार ८९० रुपैयाँ कायम गरिएको थियो भने राजपत्रांकित प्रथम श्रेणी पदको ग्रेडसहितको अन्तिम तलबमान ३६ हजार ७२० रुपैयाँ कायम गरिएको थियो । उक्त आर्थिक वर्षमा जिल्ला न्यायाधीशको तलबमान राजपत्रांकित प्रथम श्रेणी पदभन्दा १७० रुपैयाँले बढी कायम गरिएको थियो ।
त्यसैगरी २०४८ सालदेखि २०७२ सालसम्म तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशको तलबमान विशिष्ट श्रेणीको पदका लागि निर्धारित अन्तिम तलबमान भन्दा बढी हुने गरी कायम गरिएको थियो। आर्थिक वर्ष २०७२/०७३ मा उच्च अदालतका न्यायाधीशको तलबमान ४३ हजार ६७० रुपैयाँ थियो भने विशिष्ट श्रेणीको पदको अन्तिम तलबमान ४३ हजार १३० रुपैयाँ थियो । त्यस वर्ष विशिष्ट श्रेणीका पदका कर्मचारीको तलबभन्दा उच्च अदालतका न्यायाधीशको तलबमान ५४० रुपैयाँले बढी थियो ।
त्यसैगरी आर्थिक वार्ष २०७२/०७३ मा उच्च अदालतका मुख्य न्यायाधीशको तलबमान ४६ हजार २२० रुपैयाँ कायम गरिएको थियो भने नेपाल सरकारको मुख्य सचिवको तलबमान ४५ हजार ७२० रुपैयाँ कायम गरिएको थियो । त्यतिबेला पनि मुख्य सचिवभन्दा उच्च अदालतका मुख्य न्यायाधीशको तलब ९५० रुपैयाँले बढी थियो ।
तर, आर्थिक वर्ष २०७३/०७४ देखि जिल्ला तथा उच्च अदालतका न्यायाधीशहरूको तलबमान घटाउँदै लगिएको छ। झन् आर्थिक वर्ष २०७९/०८० मा सार्वजनिक गरिएको तलबमानमा जिल्ला न्यायाधीशको तलबमान ६४ हजार ९८५ रुपैयाँ कायम गरिएको छ भने राजपत्रांकित प्रथम श्रेणी पदका कर्मचारीको ग्रेड सहित अन्तिम तलबमान ७० हजार ३८ रुपैयाँ कायम गरिएको छ।
विगतमा जिल्ला न्यायाधीशको तलब नेपाल राजपत्रंकित श्रेणीभन्दा बढी रहँदै आए पनि अहिले सार्वजनिक गरिएको तलबमान अनुसार जिल्ला न्यायाधीशको तलब ५ हजार ४१३ रुपैयाँले कम भएको छ । त्यसैगरी उच्च अदालतका न्यायाधीशको तलबमान ७६ हजार ३८३ रुपैयाँ कायम गरिएको छ। विशिष्ट श्रेणीको तलबमान ७६ हजार ८८८ रुपैयाँ कायम गरिएको छ। उच्च अदालतका न्यायाधीशको तलब विशिष्ट श्रेणीका कर्मचारीभन्दा ५०५ रुपैयाँ कम निर्धारण गरिएको छ।
त्यसैगरी अहिले मुख्य न्यायाधीशको तलबमान ८० हजार ७०७ रुपैयाँ निर्धारण गरिएको छ भने मुख्य सचिवको तलबमान ८२ हजार ३५९ रुपैयाँ कायम गरिँदा उच्च अदालतका मुख्य न्यायाधीशको तलब १ हजार ६५२ रुपैयाँले कम हुन गएको छ । (राजपत्र हेर्न यहाँ क्लिकगर्नुहोस् ।)
गत साउन ६ गते न्यायाधीश समाजको प्रबन्ध समितिको बैठकबाट न्यायाधीशहरूको मर्यादाक्रम र तलबमानमा रहेको त्रुटि परिमार्जन गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सर्वोच्च अदालतमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लेखी पठाइएको थियो। त्यसबाहेक तत्कालीन कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र ज्ञानेन्द्रबहादुर कार्कीलाई न्यायाधीश समाजका पदाधिकारीहरूले भेटेर लिखित सुझाव नै हस्तान्तरण गरेका थिए ।
पर्सा जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेल न्यायाधीशले विगतमा खाईपाई पाएको तलब नै कटौती भएको बताउँछन्।
'सह-सचिवदेखि सचिवसम्मको तलब पनि बढ्दै जान्छ र ग्रेड पनि बढ्दै जाँदा कुल तलब धेरै नै हुन्छ,' उनले लोकान्तरसँग भने, 'तर, न्यायाधीशको तलब भने बढ्दैन। ग्रेड पनि हुँदैन । त्यसैले यसको विरोध भएको हो।'
उनले आफ्नै उदाहरण पनि दिए। 'म आफैं साढे ६ वर्ष सह-सचिव भएर जिल्ला न्यायाधीश भएको हो,' उनले थपे, 'सह-सचिव हुँदा मैले ६ ग्रेड खाएको थिएँ। तर, न्यायाधीश भएपछि तलब मात्र हुने हुँदा मभन्दा धेरै बढी तलब अहिले अन्य सह-सचिवले खाइरहेका छन्। सह-सचिवहरूको तलब नै पनि प्रत्येक वर्ष बढ्छ तर म न्यायाधीश भएको १३ वर्ष हुँदा पनि तलब बढेको छैन।'
त्यस कारण न्यायाधीशहरूले त्यसको विरोध गरेको उनले बताए।
'त्रुटि सच्याउन भनिएको हो। हामी कर्मचारी होइनौं, न्यायाधीश भएकाले आन्दोलन गर्ने कुरा हुँदैन,' उनले थपे, 'हामी आफ्नो अनुशासनमै बस्छौं।'
त्यसैगरी अर्का एक जिल्ला न्यायाधीश भने आफूहरूले तलब बढाउन माग गरेको भन्ने गलत सन्देश गएको बताउँछन् । 'हामीले हाम्रो तलब बढाऊ भनेका होइनौं,' ती न्यायाधीशले लोकान्तरसँग भने, 'हाम्रो तलब तथा सेवा सुविधालाई मर्यादित बनाऊ भनेको हो ।'
उच्च अदालतका एक न्यायाधीश सह-सचिवले ग्रेड पाउने भए पनि न्यायाधीशले ग्रेड नपाउने भएकाले त्यसलाई विचार गरिनुपर्ने बताउँछन् ।
'एउटा सह-सचिवको पाँच वर्षको ग्रेड मात्रै पनि धेरै पुगेको हुन्छ, न्यायाधीशको तलब स्केल मात्र हुन्छ,' ती न्यायाधीशले लोकान्तरसँग भने, 'एक त सहसचिवसँग जिल्ला न्यायाधीशको तलब नै तुलना गर्नु हुन्न। कम्तीमा पनि एउटा सह-सचिवले खाने अन्तिम ग्रेडभन्दा ५ रुपैयाँ भए पनि तलब बढी हुने गर्थ्यो। तर, अहिले एउटा सहसचिवको ग्रेड सहितको तलब जोड्दा जिल्ला न्यायाधीशको तलब ५ हजार रुपैयाँले कम हुन गएको छ ।'
'न्यायाधीश समाजले जिल्ला न्यायाधीश, उच्च अदालतका न्यायाधीश र मुख्य न्यायाधीशलाई तलबमान स्वीकार नगर्न अपिल गरेको छ,' ती न्यायाधीशले थपे, 'अलि कडै अपिल जारी भएको छ। न्यायाधीशहरूले तलब नलिन पनि सक्छन् ।'
उच्च अदालत पोखराले फेवा तालको सिमसार क्षेत्र पुर्ने काम रोक्न अन्तरिम आदेश दिएको छ। उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजालासले बिहीवार फेवातालको चार किल्ला (सिमाना) भित्र कुनै प्रकारको...
संसदीय सुनुवाइ समितिको पहिलो बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको नेतृत्वमा बसेको समितिको पहिलो बैठकले कार्कीविरुद्ध १० दिनभित्...
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनसँगै राखेर पेश गर्न आदेश गरेको छ। जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासले मुद्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशिभूषण कुमार यादवविरुद्ध झन्डै साढे ४ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यादवले ४ करोड ४७ लाख ३४ हजार २१२ रु...
जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रवार सकिएको छ । प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासम...
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ । राष्ट्रपति पौडेलबाट चौधरीलाई...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...