×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

लोभ देखाएर कसैले नागरिकता, राहदानी माग्यो ? प्रहरीद्वारा बुँदे अनुरोध सार्वजनिक

काठमाडाैं | माघ ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ ।  

yONNEX
LAxmi BAnk
nabil BANK inside

पछिल्लो समयमा बैंकिङ कसुर मुद्दामा वृद्धि भएको तथा वैदेशिक रोजगार, अध्ययनमा जानुपूर्व बैंक ब्यालेन्स, नेपाली राहदानी, नागरिकता प्रमाणपत्रलगायतका कागजात आवश्यक पर्ने भनी ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यसतर्फ सचेत हुन काठमाडौँ प्रहरीले सबैमा सूचित गरेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सामाजिक सञ्जालकोे प्रयोग गरी विदेश पठाउनेलगायत उल्लेख गरी विज्ञापन प्रकाशित गर्ने पैसा माग्ने, नागरिकता र राहदानी लिने र ठगी गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले छ बुँदे अनुरोध सार्वजनिक गरेको छ । 

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की यस्ता गिरोहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाएर विदेश जाँदा खातामा रकम जम्मा गर्नुपर्ने भनी व्यक्तिको खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि प्रक्रिया अघि बढाउने भन्दै नागरिकता र राहदानीसमेत लिने गरेको बताए । 


Advertisment
cg elex island
Saurya island

उनका अनुसार त्यसरी सक्कल नागरिकताका आधारमा पीडितले प्रयोग गर्दै आएको मोबाइल नम्बर हराएको बहानामा अर्काे सिम निकाली बैंकिङ एप आफ्नो मोबाइलमा प्रयोग गरी ओटिपी कोडमा पहुँच बनाइ पीडितलाई थाहै नदिई मोबाइल बैंकिङमार्फत पैसा सार्ने गरेको पाइएको छ । 

त्यसैले यस्त गिरोहलाई निरुत्साहित गरी आफू जोगिन प्रहरीले छ बुँदे अनुरोध नै सार्वजनिक गरी नागरिकलाई सचेत गराएको छ । “घटना घट्नु अघि नै नागरिक सूचित भए भने त्यसबाट जोगिन सकिन्छ भन्ने उद्देश्यले उक्त सूचना जारी गरेका छौँ”, एसएसपी कार्कीले भने, “१० वर्षअघि यस्ता घटना नै थिएन, पछिल्ला समयमा सूचना र प्रविधिको प्रयोग गरी घटना हुन थाले प्रहरीमा पनि उजुरीहरु आइरहेका छन्, त्यसैले नागरिकलाई ध्यानाकर्षण गराएका छौँ ।”

Vianet communication
IME BANK INNEWS

प्रहरीले जारी गरेको सूचनामा आफ्नो मोबाइलमा आएका जुन पायो त्यही एप्स क्लिक नगर्न, वाट्स एप, भाइबर, म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत सम्पर्कमा आउने व्यक्तिको वास्तविक पहिचान खुल्न नआएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राहदानी नदिन, इ–बैंकिङ, मोबाइल बैंकिङ, सञ्चालनमा रहेका नम्बर असम्बन्धित व्यक्तिलाई शेयर नगर्न भनिएको छ । 

वैदेशिक रोजगार या अध्ययनमा जाँदा नेपाल सरकारबाट इजाजतप्राप्त निकायबाट मात्रै प्रक्रिया अघि बढाउन, आफ्नो चेकबुक सुरक्षित तबरले राख्न तथा खातामा रकम नभएको अवस्थामा चेक काटी अन्य व्यक्तिलाई नदिन तथा समय समयमा नेपाल प्रहरीको वेब साइट हेरेर आवश्यक जानकारी लिइ ठगी हुनबाट जोगिन पनि अनुरोध गरिएको छ । रासस

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १५, २०७९

आफ्नै बुवा भोटखोला गाउँपालिका –५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  घरायसी विवादमा प्रेमकुमारले लाठी प्रहार गरी...

माघ १५, २०७९

भारी मात्रामा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ।  नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानबाट प...

माघ १५, २०७९

दाङको घोराही उपमहानगरपालिका –१५ थारु गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६ सय १० ...

माघ १४, २०७९

धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय...

माघ १५, २०७९

पोखरामा पनि एक युवकले आफ्नै शरीमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्।  पोखरा महानगरपालिका- १३ बस्ने युवाले आज आइतबार बिहान शौचालयमा गएर आफ्नो शरीरमा आगो लगाउन खोज्दा उनलाई उद्धार गरिएको छ। ...

माघ १५, २०७९

श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ गरेका छन्।  भोजपुर अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी&n...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x