×

X
Nic Asia
Dabur
Prabhu Bank

दैलेखका ३ स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति

दैलेख | माघ ९, २०७९

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरूको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र १०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आइतवार बिहान २ः३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा दुर्घटना भएको थियो । त्यसमा स्वास्थ्यकर्मीहरूको मृत्यु भएको घटनालाई लिएर विभिन्न निकाय, संघ संगठनले शोक विज्ञप्ति जारी गरेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सुर्खेत स्वास्थ्य सेवा निर्देशनालय, दैलेखस्थित स्वास्थ्य सेवा कार्यालयका साथै राष्ट्रिय कर्मचारी संगठन (निजामती) कर्णाली प्रदेश समिति अध्यक्ष देवेश्वर गिरीले शोक वक्तव्य जारी गर्दै राष्ट्रसेवक कर्मचारीहरूको मृत्युले स्वास्थ्य क्षेत्र र पारिवारिक जीवनमै ठूलो क्षति पुगेका पुगेको बताइएको छ । 

दुर्घटनामा परी स्वास्थ्यकर्मीहरू क्रमशः दैलेख डुङ्गेश्वर गाउँपालिका–५ निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ निवासी ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी घाइते भएका थिए ।


Advertisment
Saurya island

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार घाइते भई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएका गाडी चालक सञ्चालक वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने सागर शाहीसहित ३ निरीक्षकको आइतवार बिहान ५ बजे मृत्यु भएको थियो ।

भैरवी गाउँपालिका–५ दैलेख स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक २६ वर्षीय वीरेन्द्रराज शाहीको भने थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट अन्यत्र रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

Vianet communication
IME BANK INNEWS

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य शाखाका प्रमुखहरूलाई शनिवार एचएमआइएस, भीएसआईएस, ईएलएस सम्बन्धी ३ दिने समीक्षा गोष्ठीका लागि वीरेन्द्रनगरमा बोलाएको थियो । नेकपा एमाले निकट स्वास्थ्यकर्मीको प्रदेशस्तरीय बैठकमा सहभागी हुन पनि १० जिल्लाका स्वास्थ्यकर्मी सुर्खेतमा आएको जनाइएको थियो ।

कार्यक्रम सम्पन्न भएपछि उनीहरू बेलुकाको खाना भेरीगङ्गा नगरपालिका–१ मा खाएर राति वीरेन्द्रनगर फर्कने क्रममा दुर्घटना परेका थिए । मृतक सबैको सुर्खेतस्थित प्रदेश अस्पतालमा शव परीक्षण गरी आइतवार नै परिवारलाई बुझाइएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १८, २०७९

काठमाडौं - चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि...

माघ १६, २०७९

प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै आइरहनुभएको छ होला । तर गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन । तर प्याज यस्तो तरक...

माघ १९, २०७९

काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ ।  हालै गरिएको एक अध्ययनका अनुसार...

माघ १७, २०७९

नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...

माघ २१, २०७९

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने अठोट लिएर आएको बताएका छन् ।  विश्व क्यान्सर दिवसको अवसरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्...

माघ १६, २०७९

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ । दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार ब...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

ad
x