×

Nic Asia
Dabur
Prabhu Bank

धिरेन शाक्य अभिनित ‘छैन केही डर’ सार्वजनिक

काठमाडाैं | माघ ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

एक समयका चर्चित अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिने मात्र होइन, प्रेमभाव जोडिएका गीति भिडियोमा समेत धिरेनले कम्मर मर्काउन भ्याउँछन् ।

yONNEX
IME BANK INNEWS

यो बीचमा गौरव गिरीको निर्देशनमा बनेको ‘छैन केही डर’ बोलको गीतमा धिरेन जोडिएका छन् । सोमबार सार्वजनिक भएको उक्त गीतमा धिरेनले अभिनेत्री अनिता केसीसँग जोडी बाँधेका छन् । अनिता उनै हुन् जसले बीसौं वर्ष पहिले सार्वजनिक चर्चाको अनि हिट चलचित्र ‘कमाण्डो’मा मुख्य भुमिका निभाएकी थिइन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

एक समयका चल्तीका दुई अग्रज कलाकारलाई गिरीले जोडी बाँध्दा साथमा नुशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरीलाई पनि भिडियोमा देख्न सकिन्छ । त्यस्तै बाल कलाकारद्वय उमंग हुमागाईँ र उत्कर्ष हुमागाईँ पनि भिडियोमा फिचर्ड छन् ।

पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तिको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई पेश गरिएको छ । बुबा हराएपछि  परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । सबै कलाकारले जीवन्त अभिनय पस्केका छन् ।


Advertisment
Lokantar App
Saurya island

उक्त गीतमा स्वर विशम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका हुन् । गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन् ।

भिडियोतर्फ भद्रजंग कुवंरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाइँको छ । कलरको काम श्याम कुवंरले गरेका छन् । निर्देशक गिरीले नेपाली समाजको एक यथार्थतालाई भिडियोमा जोडिएको बताए । भिडियोका निर्माता आर कुमार हुन् ।

Vianet communication

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १०, २०७९

चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायाङ्कन सुरु गरिएको छ । व्यावसायिक तथा समीक्षात्मक दुवै रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन ला...

चैत ८, २०७९

गायिका एलिना चौहानले आफ्नो एकल स्वरमा प्रेम विरहको नयाँ गीत सार्वजनिक गरेकी छिन् ।  ‘तिमीले किन ग¥यौ घात ?’ बोलको गीत बुधवार गायिका चौहानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरि...

चैत ९, २०७९

अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी ‘प्रदीप मिडिया प्रालि’बाट नेवारी परम्परामा आधारित रहेर फिल्म निर्माण गर्ने भएका छन् । उनले ‘बार्हा सी’ नाममा फिल्म निर्माण गर्ने भएका हुन् ।  ...

चैत ९, २०७९

चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ले झन्डै दुई साता युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो । अबभने यो गीत ट्रेन्डिङ एकबाट पछाडि झरेको छ ।  यतिबेला...

चैत ९, २०७९

‘बुद्ध थिएटर फेस्टिभल’को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ । जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ ।  गौतम बुद्धको दर्शन तथ...

चैत १०, २०७९

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अलपत्र रहेको चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई लिएर तनावमा छन् ।  ‘धुर्मुस’ले ए...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x