माघ १३, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । तर, आज सर्व...
आगामी फागुन र वैशाखमा ‘हेभिवेट’ नेपाली चलचित्रबीच भिडन्त हुने देखिएको छ ।
यी दुई महिनामा एकै मितिमा दुई वा दुईभन्दा बढी ठूला ब्यानरका चलचित्रले प्रदर्शन मिति घोषणा गरेका छन् ।
फागुनको १९ र वैशाख १ गतेका लागि दुई वा दुईभन्दा बढी ठूला ब्यानरका चलचित्रले प्रदर्शन मिति घोषणा गरेका हुन् ।
त्यसभन्दा अघि फागुनको ५ गते पनि हेभिवेट चलचित्रबीच भिडन्त हुने अनुमान गरिएको थियो ।
उक्त मितिमा नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’, घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’ र रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’ले प्रदर्शन मिति तय गरेका हुन् ।
यद्यपि, यो मितिमा ‘परदेशी २’ र ‘लण्डन टु पेरिस’ प्रदर्शनमा आउने सम्भावना न्यून छ । यी दुई चलचित्र प्रदर्शनमा आउने सम्भावना नदेखिएपछि उक्त मितिमा हेभिवेट भिडन्त टर्ने देखिएको छ ।
फागुनको १९ गते हेभिवेट चलचित्रबीच भिडन्त हुने करिब करिब पक्काजस्तै देखिएको छ ।
उक्त मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ र निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ले प्रदर्शन मिति घोषणा गरेका छन् । यी दुवै चलचित्र उक्त मितिबाट अघि-पछि हुने सम्भावना देखिँदैन । अन्य केही चलचित्रले पनि उक्त मिति तय गरेका छन् ।
यसपछि आगामी वैशाख १ गते ‘हेभिवेट’ चलचित्रबीच भिडन्त हुने देखिएको छ । ठूला ब्रान्डका चार चलचित्रले प्रदर्शनका लागि उक्त मिति घोषणा गरिसकेका छन् । वैशाख १ गतेका लागि ‘भगवत गीता’, ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘जारी’ले प्रदर्शन मिति घोषणा गरेका छन् । झरना थापाको ‘भगवत् गीता’को छायांकन सुरु भइनसकेकाले उक्त मितिमा रिलिजको सम्भावना न्यून छ ।
रामबाबु गुरुङको निर्माण एवं उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन् ।
यस्तै, ब्रान्ड बनिसकेको नाम ‘नाइँ नभन्नु ल’को छैठौं सिरिजमा आशीर्वाद बराल र आँचल शर्मा मुख्य भूमिकामा छन् । विकासराज आचार्य चलचित्रका निर्देशक हुन् ।
त्यसैगरी सुदर्शन थापाको निर्देशनमा तयार ‘प्रसाद २’मा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । यी तीनवटै आशा गरिएका चलचित्रहरू हुन् । आशा गरिएका चलचित्रहरू एउटै मितिमा आउँदाको असर तीनवटै चलचित्रलाई पर्ने देखिन्छ । एकसाथ प्रदर्शनमा आउँदा मुख्य त चलचित्रको इनिसियल व्यापारमा ठूलो असर गर्छ । त्यस पछाडिको व्यापार भने दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । तर, आज सर्व...
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दिउँसो करीब साढे एक बजे नै सुनुवाइ सकिए पनि साँझ सवा ५ बजेसम्म कुनै निर्णय आएको छैन । फैसलाको प्रतीक्षा भइरहेका बेला सर्वोच्च ...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...
कास्कीको पोखरास्थित सेती खोचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका १ जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकार...
नागरिकता मुद्दामा दोषी पाइएपछि गृहमन्त्री रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेको छ । पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका रविको पद ३२ दिनमै गएको हो । सर्वोच्चका कामु प्रधा...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...