माघ ४, २०७९
सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य मंगलवारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार १ लाख ४ हजार ५०० रुपैयाँ त...
मंगलवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजारले बढेर सुनको मूल्यमा १ लाख ६ हजार ३०० कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।
यसअघि २०७८ फागुन २५ गते सुनको मूल्य सबैभन्दा बढी प्रतितोला १ लाख ५ हजार ५ पुगेको थियो । सोमवार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगलवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ८०० थियो ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६५ कायम भएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
महासंघ अध्यक्ष शाक्यले रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैंकहरूले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको बताए । महासंघले हाल दैनिक ३० देखि ३५ केजी सुन पाउनुपर्ने माग गर्दै आएको छ । अध्यक्ष शाक्यले भने, ‘हाल दैनिक १० केजी सुन मात्रै दिइएको छ, जुन अपर्याप्त छ, अहिलेको अवस्था हेर्दा दैनिक कम्तीमा ३० देखि ३५ केजी सुन आवश्यक छ ।’
सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य मंगलवारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार १ लाख ४ हजार ५०० रुपैयाँ त...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार एक किलो आलु रातोको औसत मूल्य ३९ रुपैयाँ तोकिएको छ । यस्र्तै काउली स्थानीयको ५५, लोकल काँक्रोको ९५, कागतीको ९८, सुकेको खुर्सानीको ४४० रुपैयाँ प्र...
सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ३ हजार २०० रुपैयाँमा आएको छ । यो सुन मंगलवार प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति समितिका अनुसार सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ र हरियो अंगुरको १८० रुपैयाँ रहेको छ । यसैगरी अदुवाको ७४, नेपाली ठूलो गोलभेडाको ५...
ईओएल प्रालि नेपालमा केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ । बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट ...
कालीमाटी फलफूल तथा बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार काठमाडौंँमा एक किलो अंगुरको औसत मूल्य ३१० रुपैयाँ छ भने हरिया अंगुरको १९३ रुपैयाँ रहेको छ ।&nb...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...