माघ १५, २०७९
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहि...
काठमाडाैं | माघ १०, २०७९
गुमेको सत्ता विरासत फेरि फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले सबै ध्यान राष्ट्रपति निर्वाचनमा लगाउने तयारी गरेको छ ।
सोमवार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले अब पार्टीको सबै शक्ति राष्ट्रपतिको चुनावमा लगाउने निर्णय गरेको थियो ।
सत्ता गुमाउनु परे पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपति जसरी पनि आफूअनकूलको पात्र बनाउने गरी पार्टीभित्र र बाहिर दबाब बढाउने रणनीतिमा देउवा लागेका छन् ।
त्यसैले देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने र संसदमा रहेका सबै दलसँग संवाद गर्ने निर्णय गराएका थिए ।
संसदमा रहेका अन्य दलसँग पनि छलफल गरेपछि बल्ल उम्मेदवारबारे अगाडि बढ्ने तयारी कांग्रेसको छ । राष्ट्रपतिको तयारीमा लाग्दै पार्टीमा समान धारणा र सहमति जुटाउनुपर्ने भन्दै देउवाकै आग्रहमा डा. शेखर कोइराला पक्षले गुटको भेला स्थगित गरेको छ ।
देउवा १५ माघमा डाकिएको केन्द्रीय समिति बैठक पनि स्थगित गर्ने तयारीमा छन् । देउवाले राष्ट्रपतिकेन्द्रित छलफलका लागि बुधवार पनि शीर्ष नेतालाई बैठक भन्दै आफ्नो निवासमा बोलाएको एक नेताले जानकारी दिए ।
राष्ट्रपतिको उम्मेदवार को ?
सभापति देउवाले नै पछिल्लो केही समयदेखि राष्ट्रपतिको उम्मेदवारको चर्चा आफैंले गर्न थालेका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को हुने भन्नेमा सभापतिले पनि चर्चा गर्ने गरेको जानकारी दिए ।
‘पदाधिकारी बैठकमा सभापतिले राष्ट्रपतिको सम्भावित उम्मेदवारबारे चर्चा गर्नुभएको होइन । तर, केही समय अघिदेखि नै उहाँले राष्ट्रपतिका लागि केही दाबेदार पार्टीभित्रै हुनुहुन्छ भन्दै आउनुभएको छ,’ महतले लोकान्तरसँग भने, ‘सभापतिले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलादेखि गोपालमान श्रेष्ठ र मानवबहादुर विश्वकर्मासम्मको नाम राष्ट्रपतिको उम्मेदवारमा चर्चा छ भन्दै आउनुभएको छ ।’
तर कुनै पनि नाममा सहमति जनाएर देउवाले घोषणा गरिनसकेको महतले बताए ।
‘हामीले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार अगाडि सारेर जाने भएपछि दाबेदार अगाडि सर्नु र चर्चा हुनु स्वाभाविक हो,’ महतले लोकान्तरसँग भने, ‘यस्तोमा सभापतिले यी नेताको चर्चा छ भनेर भन्नुभएको हो । तर कुनै नाममा सहमति भयो भन्ने होइन । भोलि एउटा नामको टुंगो लगाउनुपर्दा नयाँ व्यक्ति पनि उम्मेदवार हुन सक्नुहुन्छ ।’
सबैभन्दा इच्छुक रामचन्द्र, चर्चामा सिटौला पनि
संस्थापनइतर खेमा छाडेदेखि नेता रामचन्द्र पौडेल राष्ट्रपतिका लागि कांग्रेसबाट सबैभन्दा बलिया र सम्भावित उम्मेदवार रहेको बताइन्छ । पौडेलले पनि आफूलाई राष्ट्रपतिको बलियो र सम्भावित दाबेदारको रूपमा प्रस्तुत गरिरहेका छन् ।
पाँचदलीय गठबन्धन भत्किए पनि पौडेलले पुनः दलहरूलाई जोड्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितसँग पटक–पटक भेट गरिसकेका छन् । देउवाले समेत अन्य दललाई मिलाउने र संवादमा जाने जिम्मा पछिल्लो समय पौडेललाई पनि दिएको बताइन्छ ।
यता सिटौलालाई पनि देउवाले प्रचण्डलाई मनाउन सकिन्छ कि भनेर जोडेका छन् । सिटौला शान्ति प्रक्रियादेखि नै प्रचण्डसँग निकट रहँदै आएका नेता हुन् । यही आधारमा पछिल्लो समय देउवाले सिटौलालाई प्रचण्डसँग संवादमा पठाएको एक नेता बताउँछन् । यतिमात्रै होइन भारतसँग राम्रो सम्बन्ध भएका कारण पनि सिटौलालाई देउवाले छलफलमा अगाडि सारेको बताइन्छ ।
‘शान्ति प्रक्रियामा माओवादीसँग वार्ता र संवाद गर्ने पात्रका रूपमा सिटौला चर्चित र नतिजामुखी हुनुभएको थियो । उहाँको भारतसँग पनि राम्रो सम्बन्ध छ,’ कांग्रेस स्रोत भन्छ, ‘यसैले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयको छलफलमा सिटौलालाई देउवाले अघि सार्नु र अहिले राष्ट्रपतिको उम्मेदवारका रूपमा नाम लिनुभएको देखिन्छ ।’
सिटौलाले पनि प्रचण्डलाई प्रधानमन्त्री नबनाएदेखि नै कांग्रेसले सत्ताको अवसर गुमाएको भन्दै विश्वासको मत दिएर जाँदा ढिलोचाँडो माओवादीसँग फेरि सहकार्य हुने बताउँदै आएका छन् ।
‘४ मंसिरको चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन पाएको भए यो अवस्था आउने नै थिएन,’ सिटौलाले भन्ने गरेका छन्, ‘तर पनि सभापतिलाई कमजोरी भएको रियलाइजेसन भएरै विश्वासको मत दिने वातावरण बनाउनुभएको हो । राष्ट्रपतिको चुनावसम्म पुग्दा एउटा वातावरण बन्छ भन्नेमा हामी आशावादी छौं ।’
कांग्रेसका विकल्प के–के ?
कांग्रेसले माओवादीको सबै भोट पाउने अवस्थामा मात्रै आफू अनुकूलको पात्रलाई राष्ट्रपति बनाउन सक्नेछ ।
कांग्रेसको उम्मेदवारलाई भोट हाल्न माओवादी तयार भए देउवाले अघि सार्ने व्यक्ति राष्ट्रपति चुनिने सम्भावना हुन्छ । तर देउवाले यो विकल्पलाई मात्रै अगाडि बढाएका छैनन् ।
कांग्रेसभित्रकै व्यक्तिका नाममा सहमति नबने अवस्थामा यसअघि चुनावी सरकारको नेतृत्व तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दिएजस्तै गरी कोही स्वतन्त्र व्यक्तिलाई अगाडि सार्ने विकल्पमा पनि देउवाले विमर्श गरिरहेका छन् ।
यस्तो पनि नभए तराई मधेशबाट प्रतिनिधित्व गर्ने लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई अघि सारेर सहमति गर्ने दाउमा देउवा छन् । यी विकल्पमा समेत सहमति नजुट्ने अवस्थामा एमालेको उम्मेदवार रोक्न माओवादीले अगाडि सार्ने कोही पात्रमा सहमति गरेर जान सकिने विकल्पलाई समेत देउवाले खुला राखेको बताइन्छ ।
‘सकेसम्म आफ्नै, नभए आफूअनुकूल हुने स्वतन्त्र, त्यो पनि नहुँदा लोसपा अध्यक्ष महन्थ ठाकुर र अन्तिम अवस्था अर्थात् चौथो विकल्पमा माओवादीले अघि सार्ने उम्मेदवारमा समेत जाने गरी छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहि...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहेका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय ग...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएसँगै उनले सांसद, पार्टीको सभापति, गृह मन्त्री र पार्टी संसदीय दलको नेता पद एकैसाथ गुमाएका छन् । कामु प्रधानन्यायाधीश हरि...
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । तर, आज सर्व...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचन, रवि लामिछानेको नारिकताका सम्बन्धमा सर्वोच्चको आदेशपछिको पर...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...