माघ २०, २०७९
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
अमेरिका र इजरायलले सोमवार संयुक्त युद्धाभ्यास शुरू गरेका छन् ।
युक्रेनमा जारी युद्धले अमेरिकाको ध्यान हटाउन सक्दैन भन्ने सन्देश इरानलाई दिनका लागि यो युद्धाभ्यास गरिएको एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले बताएका छन् ।
अनि चीनलाई पनि यस अभ्यासमार्फत सन्देश दिने कोशिश गरिएको उनको भनाइ छ । कुनै पनि बेलामा अमेरिकाले विशाल संख्यामा सैन्यबल जहाँ पनि पठाउन सक्ने दिन खोजिएको छ ।
युद्धाभ्यासलाई जुनिपर ओक २३ नाम दिइएको छ । यो इजरायल र अमेरिकाको अहिलेसम्मको सबभन्दा ठूलो युद्धाभ्यास भएको बताइएको छ ।
युद्धाभ्यासमा लडाकू विमानका साथै भारी मात्रामा गोलाबारुद पनि उपयोग गरिएको छ ।
यसमा ६४ सय अमेरिकी सैनिक र ११सय इजरायली सैनिक सहभागी छन् । बी–५२ बमवर्षक विमान सहित १४२ वटा लडाकू विमान पनि यसमा सहभागी छन् ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल माइकल एरिक कुरिलाले जुनिपर ओक संयुक्त सैन्य अभ्यास आकाश, जमीन र समुद्रका साथै अन्तरिक्षमा पनि साझेदारसँगको सहकारवाहीलाई मजबूत बनाउने बताए । यसले शत्रुहरूलाई जवाफ दिने क्षमता पनि बढाउने उनको भनाइ छ ।
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)...
पतंजलि योगपीठका योगगुरु स्वामी रामदेव विवादमा परेका छन् । भारतमा आयोजित एक धर्मसभामा दिएको अभिव्यक्तिका कारण यतिबेला उनको आलोचना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सनातन हिन्दू धर्मलाई सर्वश्रेष्ठ...
इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् । लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र ती...
‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई बन्द गरेका छन् । मुस्लिम बाहुल्य पाकिस्तानमा धार्मिक गतिविधिको निन्दालाई एक संवेदनशील मुद्दा मानिन्छ र सामाजि...
भन्ने गरिन्छ – प्रेम प्राप्ति मात्रै होइन, त्याग पनि हो । अमेरिकाकी महिला केली जोयले प्रेममा त्याग पनि गर्नुपर्छ भन्ने उदाहरण देखाएकी छन् । अमेरिकाको सुखसुविधा, जागिर, घर, परिवार, देश सबै छाडेर उनी केन्...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...