माघ २०, २०७९
छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलिबाट हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजन रहेको छ । प्रतियोग...
काठमाडाैं | माघ १०, २०७९
राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल आलमले दुई खेलमा 'स्पट फिक्सिङ' गरेबापत १२ लाख बुझेको खुलेको छ ।
आदिलसहित पूर्व राष्ट्रिय खेलाडी महबूब आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उक्त तथ्य खुलाएको हो ।
महबूबले कम्तीमा २ नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरेको खुलेको छ भने आदिल दुईवटा खेलमा फिक्सिङमा सामेल भएको पाइएको छ ।
सीआईबीका अनुसार आदिललाई एक खेलमा एउटा नो बल र एउटा वाइड फाल्न लगाइएको थियो । उनले खेलेका कम्तीमा दुई खेलमा सोही प्रकृतिको खेल देखिएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबी स्रोतका अनुसार २६ डिसेम्बरमा भएको काठमाडौं भर्सेस जनकपुर (म्याच ८) र २९ डिसेम्बरमा भएको जनकपुर भर्सेस फार वेस्ट (म्याच १२) मा आदिलले स्पट फिक्सिङ गरेको खुलेको छ ।
उनले एक खेलमा एउटा नो बल र एउटा वाइड फालेबापत ६ लाख बुझेको पाइएको छ । दुई खेलमा गरी उनले १२ लाख बुझेको प्रहरीले जनाएको छ ।
नेपाली खेलाडीलाई नेपाली व्यक्ति र विदेशी खेलाडीलाई व्यवस्थापन टीमकै सदस्यबाट फिक्सिङका लागि प्रस्ताव आएको पनि सीआईबीले जानकारी दिएको छ ।
टीम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले त एक इनिङमा पूर्वनिर्धारित रन मात्र बनाई स्पट फिक्सिङ गरेको खुलेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको 1xBat ले खेलकुदसँग सम्बन्धित समाचारका लागि पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भनेर दाबी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्री उपलब्ध गराउने भनिए पनि अहिलेसम्म कुनै सामग्री उपलब्ध नभएको पनि सीआईबीले जानकारी दिएको छ ।
केही फ्रेन्चाइज टीमको आर्थिक स्रोत र खेलाडीलाई दिने पारिश्रमिकको स्रोत समेत नखुलेको पाइएको छ ।
हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली खेलाडीद्वय महबूब आलम र मोहमद आदिल आलमलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
विदेशी खेलाडी भने आ-आफ्नो देश फर्किसकेका छन् ।
छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलिबाट हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजन रहेको छ । प्रतियोग...
बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ शुक्रवार हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग...
विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी ...
यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । खेलमा...
नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले छिट्टै खेलमा फर्किने आयशको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मैदानमा छिट्टै भेट हुने आशय व्यक्त गरेका हुन् । ‘समयसँगै फेरि भेट होला&rs...
चितवनको माडी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । वसन्तपुर बजारस्थित खुल्ला चौरमा शुरू भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले स...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...