माघ १७, २०७९
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन् । त्रिविले तयार पारेको स्ववियु निर्वाचनको आचारसहिंतासम्बन्धी प्रस्तावि...
काठमाडाैं | माघ १०, २०७९
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएका छन्।
राष्ट्रिय सभामा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरूले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताए।
मन्त्री खनालले भने, 'एक लाख २२ हजार नेपाली विद्यार्थी विश्वका एक सय ६ भन्दा बढी मुलुकमा नेपाली विद्यार्थी अध्ययनका लागि गएको तथ्यांक छ, ती युवालाई रोक्न सकिन्छ कि भन्ने हेतुले यो विश्वविद्यालय विधेयक अघि बढाइएको हो ।'
मुलुकको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन तथा विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने होस् भन्ने उद्देश्य रहेको बताउँदै उनले गुणस्तरीय शिक्षा मात्र नभई सङ्घीयताको मर्म र भावनालाई विश्वविद्यालयले बोकेको स्पष्ट गरे।
यसअघि विधेयकमाथिको छलफलमा सदस्यहरूले विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक क्षेत्रका रुपमा व्यवस्थित गर्न आवश्यक रहेको बताए।
विश्वविद्यालयलाई स्वायत्त संस्थाका रूपमा लैजान सक्नुपर्ने आजको अवसर र चुनौती रहेको बताउँदै उहाँहरूले दक्ष प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालय सक्षम होस् भन्ने सबैको चाहना रहेको उल्लेख गरे।
सदस्यहरूले नेपाललाई उपयुक्त हावापानी भएका कारण नेपाललाई शैक्षिक अध्ययनको हब बनाउन प्रयत्न गर्न आवश्यक रहेको बताए।
यसअघिका विश्वविद्यालयलाई पनि भरपर्दो, अनुशासित, गुणात्मक र विश्वसनीय बनाउन उनीहरूले आवश्यक सुझाव पनि दिए।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन् । त्रिविले तयार पारेको स्ववियु निर्वाचनको आचारसहिंतासम्बन्धी प्रस्तावि...
विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा आज नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर घेराउ गरेको छ । ...
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्त...
माघ १६ गते स्कूल स्थापनाको ४८औं वार्षिकोत्सव समारोहमा ७ कक्षामा पढ्ने छात्रा ग्रिष्मा गिरीले उपस्थित अतिथिका लागि अंग्रेजीमा स्वागत भाषण गरिन् । अहिलेका बालबालिकाले अंग्रेजीमा केही शब्द बोल्नु शहरका लागि सामान्य वि...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्। शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयो...
सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेपछि सरकारको नियतप्रति शंका उब्जिएको छ। सरकारले मन्त्रिपरिषद्मा एक महिनाअघि पुगेको शिक्षा विधेयक थाँती...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...