माघ १२, २०७९
“बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडिय...
काठमाडाैं | माघ १०, २०७९
चर्चित हास्य अभिनेता जितु नेपाल ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनको तयारीमा छन् । माघको २० गतेबाट प्रदर्शनमा आउने उनको फिचर चलचित्र ‘ह्यारीकी प्यारी’ रिलिजको केही हप्तामै उनले कमेडी क्लबको नयाँ सिजन प्रसारणमा ल्याउनेछन् ।
नयाँ सिजनमा कलाकारसहित अध्यक्ष समेत परिवर्तन गरिएको छ । अभिनेत्री प्रियंका कार्कीलाई नयाँ सिजनमा दर्शकहरुले अध्यक्षको भूमिकामा देख्न पाउनेछन् ।
पहिलो सिजनमा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र दोस्रो सिजनमा अभिनेत्री करिष्मा मानन्धर अध्यक्ष रहेका थिए । अध्यक्षमा निरन्तरता नदिने करिष्माकै आग्रहअनुसार तेस्रो सिजनमा नयाँ अध्यक्ष राखिएको ‘मुन्द्रेको कमेडी क्लब’का प्रस्तोता अभिनेता जितुले जानकारी दिए ।
‘करिश्मा दिदीले पहिल्यै पनि म धेरै समय साथ दिँदिन् है भनेर भन्नुभएको थियो । मैले हवस् भनेको थियो’ जितुले लोकान्तरसँग भने, ‘पछि उहाँले अब तिमी चेन्ज गर है जितु भनेर भन्नुभएको थियो । अनि प्रियंकाजीलाई लिने निर्णय गरेका हौँ ।’
उनले अभिनेत्री प्रियंका कार्कीसँग यसअघि चलचित्र लगायतमा धेरैपटक सहकार्य गरेको र रमाइलोसँगै सहकार्य भएको स्मरण गरे ।
‘नयाँ अध्यक्ष राख्नुपर्दा प्रियंकाजी नै पहिले दिमागमा आउनुभयो’ जितुले अगाडि भने, ‘अनि एकपटक उहाँलाई कुरा राखौँ न त कुन रुपमा लिनुहुन्छ भनेर कुरा राखेँ । उहाँ एकदमै सकारात्मक हुनुभयो ।’
जितुले प्रियंकाको खुलेर तारिफ समेत गरे । प्रियंकालाई अध्यक्षमा सुहाउँछ भन्ने लागेपछि नयाँ अध्यक्षको रुपमा तय गरिएको उनले स्पष्ट पारे ।
‘उहाँ काम भनेपछि एकदमै मरि मेटने । सबैकुरा बुझेकी । एकदमै हँसिली, हाँसिरहने । हामी उहाँसँग यसो कमेडी गर्दा पनि सुहाउँछ भन्ने लागेपछि फाइनल गरेको हुँ’ – उनले भने ।
कतिपयले कमेडी क्लबको अध्यक्षमा हास्य क्षेत्रकै कलाकार राख्न समेत सुझाउने गरेका थिए । ‘हास्य क्षेत्रकै राख्दा हामी खुम्चिछौं कि जस्तो लाग्छ । त्यसले चलचित्रको प्रतिनिधित्व गर्यो नी’ – अध्यक्षमा चलचित्र क्षेत्रको कलाकार राख्नुको कारणबारे जितुले प्रष्टयाए ।
‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनमा दमन रुपाखेतीसहितका कलाकारले प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो सिजनमा देखिनेछन् । पुरानोभन्दा केही फरक रूपमा नयाँ सिजन आउने जितुले जानकारी दिए ।
‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनको शीर्ष गीत समेत तयार भइसकेको छ । यसअघि जितु स्वयंमको निर्देशन रहेको ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनलाई भने डिनेश डिसीले निर्देशन गर्दैछन् ।
“बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडिय...
अभिनेता नाजिर हुसेनको नयाँ चलचित्र ‘गुलावी : एक रंग’को फस्टलुक पोष्टरलाई चलचित्रकर्मीहरुले तारिफ गरेका छन् । बिहीवार नाजिरलाई प्रस्तुत गर्दै सार्वजनिक गरिएको पोष्टरलाई थुप्रै चलचित्रकर्म...
गत महिना प्रदर्शनमा आएको चलचित्र ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन् । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले राम्रो हाइप बनाएपनि चलचित्र हेर्न दर्शक...
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको गएराती स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए । केही ...
गायक श्रीधर अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कपालै कोरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पारेर बिहीवार बिहान सार्वजनिक गरिएको गीतमा शब्द एवं संगीत गायक अ...
अभिनेता एवं निर्देशक निश्चल बस्नेतले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा बिरामीले ह्विलचियर प्रयोग गर्न पैसा जम्मा गर्नुपर्ने नियमप्रति आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अस्प...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...