माघ १४, २०७९
आगामी कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिकाले आयोजना गर्ने भएको छ। जसमा दक्षिण अमेरिकाका १० टोली र उत्तर, मध्य अमेरिका र क्यारेबियनका छ वटा टोलीहरू सहभागी हुने भएका छन्। इक्वेडरले श...
सातौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) को खेल तालिका सार्वजनिक गरिएको छ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा माघ २१ गतेबाट आयोजना हुने सर्वाधिक धनराशिको विद्यालय स्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता एलपीएलको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले सार्वजनिक गरेको खेल तालिका अनुसार सातौँ संस्करणमा सहभागी १० विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । खेल तालिका अनुसार प्रत्येक टिमले ४ वटा लिग चरणका खेल खेल्न पाउने छन् । लिग चरणमा जम्मा २० खेल खेलाइदा समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको उदघाटन खेलमा माघ २१ गते लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया आमने सामने हुनेछन् । प्रतियोगिताको दोस्रो खेलमा माघ २२ गते गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सोही दिन प्रतियोगिताको तेस्रो खेलमा लिटल फ्लावर र होली फेमली इङ्लिस मिडियम स्कुल भीमदत्तनगर भिड्ने छन् ।
माघ २३ गतेको पहिलो खेलमा शारदा विद्या निकेतन धनगढी र कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर तथा दिनको दोस्रो खेलमा नव बाल वाटिका विद्या मन्दिर बौनिया र वेष्टन क्रिष्टल एकेडमी प्रतिस्पर्धा गर्नेछन् । माघ २४ गते सैनिक आवासीय महाविद्यालय तेघरी र सत्यवती एकेडेमी तथा लिटल फ्लावर र गुराँस एकेडेमीबीच खेल हुनेछ ।
माघ २५ गते लोटस आई र शारदा विद्या निकेतन पहिलो खेलमा तथा नव वाल वाटिका र होली फेमिली दोस्रो खेलमा आमनेसामने हुँदा २६ गते भुवनेश्वरी विद्यामन्दिर र सैनिक आवासीय तथा लिटल फ्लावर र वेष्टन क्रिष्टलबीच खेल हुनेछ ।
माघ २७ गते सत्यवती एकेडेमी र शारदा विद्या निकेतन पहिलो खेलमा र दोस्रो खेलमा होली फेमिली र गुराँस एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । २८ गते लोटस आइ र भुवनेश्वरी तथा लिटल फ्लावर र नव वाल वाटिकाबीच खेल हुनेछ ।
माघ २९ गते सत्यवती एकेडेमी र भुवनेश्वरी, सैनिक आवासीय र लोटस आइ, फागुन १ गते नव वाल वाटिका र गुराँस एकेडेमी, होमी फेमिली र वेष्टन क्रिष्टल एक अर्कोविरुद्ध मैदान उत्रने छन् ।
लिग चरणको अन्तिम खेलमा फागुन २ गते शारदा विद्या निकेतन र सैनिक आवासीय महा विद्यालय तेघरीबीच प्रतिस्पर्धा हुनेछ । फागुन ४ गते समूह विजेता र उपविजेताबीच सेमिफाइनल र ६ गते फाइनल खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
कैलालीको धनगढीमा विगत ६ वर्षदेखि आयोजना हुँदैआएको प्रतियोगिताको यो संस्करणको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले दश दश हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
आगामी कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिकाले आयोजना गर्ने भएको छ। जसमा दक्षिण अमेरिकाका १० टोली र उत्तर, मध्य अमेरिका र क्यारेबियनका छ वटा टोलीहरू सहभागी हुने भएका छन्। इक्वेडरले श...
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् । खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले...
घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन...
नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ । यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता र...
काठमाडौं महानगरपालिका तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै ...
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्र...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...