माघ २१, २०७९
धनुषामा एक मिटरब्याजी हतियारसहित पक्राउ परेका छन्। उनलाई उजुरीका आधारमा समातिएको धनुषा प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलास...
पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको एक सय ५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षैदेखि आवाज उठदैआएको छ । स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताए । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उनको भनाइ छ ।
सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदैगएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प नभएको वालिङ नगरप्रमुख कृष्ण खाँणले बताए । स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति अति अत्यावश्यक भएको उनले बताए । “सडक छेउछाउका बासिन्दा पटक–पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्नु उपयुक्त हुन्छ”, खाँणले भने । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने उक्त सडकको स्तरोन्नति जरुरी छ ।
सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले सडक स्तरोन्नति नगरिए यसको प्रयोगमा कमी आउने बताए । “वैकल्पिक मार्ग प्रयोग गर्ने बढ्दै छन्, त्यसैले यो सडक स्तरोन्नति आवश्यक छ”, उनले भने । सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष भए पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उनले बताए । सडकका घुम्ती काट्दा र चौडा बनाउँदा हालको सडकको लम्बाई करिब ३२ किलोमिटर कम हुने दाबी गरिएको छ । घुमाउरो र साँघुरो भएकै कारण दुर्घटना बढी हुनेगरेको पाइएको छ ।
सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी बाह्रैमास सञ्चालन गर्न सकिने बनाउने योजना छ । भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको उक्त राजमार्गको सबैभन्दा बढी ६७ किलोमिटर क्षेत्र स्याङ्जामा पर्छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने तथा तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । हाल यो सडक ६ दशमलव ८ देखि ७ मिटर चौडा छ । अब स्तरोन्नति हुने सडक कुल १० मिटर चौडाइको हुने छ । स्याङ्जा अन्तर्गतको क्षेत्रमा ३७ पुल निर्माण गरिने छन् । विस्तारित सडकखण्डमा ४७ हेक्टर वन क्षेत्र पर्ट । यसमा ४३ सामुदायिक वन र एक धार्मिक वन रहेको बताइएको छ । सडक विस्तारका क्रममा दुई हजार आठ सय ८६ रुख कटान गर्नुपर्ने देखिएको छ । रासस
धनुषामा एक मिटरब्याजी हतियारसहित पक्राउ परेका छन्। उनलाई उजुरीका आधारमा समातिएको धनुषा प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलास...
राजधानीको पुरानो बानेश्वरमा शनिबार साँझ दुई जना मृतावस्थामा फेला परेका छन् । रामेछापको खाँडादेवी स्थायी घर भइ राजधानीमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी मृतावस्थामा ...
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ राष्ट्रपति विक्रमास...
श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार रात...
मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर...
साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह 'ब्रह्मास्त्र' सार्वजनिक भएको छ। शनिबार बत्तीसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो। पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपा...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...