माघ १५, २०७९
समुद्र सतहदेखि ३ हजार ५०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मंसिर तेस्रो हप्ता गाउँ छाडेर काठमाडौंतिर लागिन् । उनले बसाइसराइ गरेका होइनन् । उनी हिउँ छल्न काठमाडौं गएका हुन् ।...
दश वर्षपछि अष्ट्रेलियाबाट घर आएका पश्चिम चितवनको रामपुरका विष्णु अधिकारीलाई यहाँको सडक सञ्जाल देखेर अनौठो लाग्यो । हिँड्नुपर्ने अधिकांश सडक कालोपत्र देखेपछि उनी दङ्ग भए । रामपुरबाट गोलाघाट, शिवघाट, पटिहानी, भरतपुर जहाँ पनि कालोपत्र सडक छोड्न नपरेको उनले बताए ।
अधिकारी यसअघि अष्ट्रेलियाबाट आउँदा सडकमा ठूला–ठूला खाल्डा पर्दा बसबाट झरेर खाल्डो कटाएरमात्रै फेरि बस चढेको उनलाई अनुभव छ । भरतपुरबाट मेघौली जाने सडकका ठाउँ–ठाउँमा ठूला–ठूला खाल्डा पर्दा पाँच वर्षअघिसम्म यो सडक यात्रा गर्नेहरू ठाउँ–ठाउँमा झर्नुपर्ने बाध्यता थियो । अहिले यो सडक पार गर्दैगर्दा आपूm कुन सडकमा छु भन्ने आभास नहुनेगरी फराकिलो कालोपत्र सडक बनेको छ ।
सडक सञ्जालमात्रै होइन, खानेपानी, पर्यटन, सिँचाइ, शिक्षालगायतका क्षेत्रमा आमूल परिवर्तन आएको छ । झण्डै २० वर्षपछि यो क्षेत्रले जनप्रतिनिधि पाएसँगै विकासको लहर आएको हो । सोही क्षेत्रबाट यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसका नेता गुञ्जनगर निवासी विष्णु ढकाल विगत पाँच वर्षमा पश्चिम चितवनमा विकासका धेरै काम भएको बताए । उनले स्मरण गर्दै भने, “गञ्जसिंह गुरुङको घरदेखि तल मेघौलीसम्मको बाटो हिँड्दा निकै दुःख हुन्थ्यो ।”
नदी किनारमा बस्नेहरूका लागि सधैँ जोखिम बनेको नारायणी नदी तटबन्धनको काम धमाधम भइरहँदा स्थानीयवासीले सुरक्षित बनेको महसुस गरेका छन् । नदी किनारलाई पर्यटकीय मार्गको रूपमा विकास गरिँदैछ । तत्कालीन गुञ्जनगर गाउँ विकास समितिका उपाध्यक्षसमेत रहेका ढकाल विद्यालयको भौतिक पूर्वाधार बढेको र स्कुल बसले टाढाका विद्यार्थी सहजै विद्यालय पुगेको बताए ।
नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओम लामिछाने पछिल्लो समय विकासका धेरै काम भएको बताए । ग्रामीण क्षेत्रमा बनेका सडक सञ्जालले स्थानीयलाई राहत दिएको उनको बुझाइ छ । पछाडि परेको यस क्षेत्र लामो समयपछि आएका जनप्रतिनिधिका कारण विकास भएको उनले बताए ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरमा जनप्रतिनिधि आएसँगै विकासका दृष्ट्रिले आमूल परिवर्तन ल्याउन सकिएको बताए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा अपेक्षाकृत काम भएको उनले दावी गरे ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आफू निर्वाचित भएर आएपछि छ सय ११ किलोमिटर सडक कालोपत्र गरेको बताइन् । दोस्रो कार्यकालमा भारी मतले विजयी भएकी दाहालले नारायणी नदी तटबन्धनका लागि अर्बौँको काम भइरहेको बताइन् ।
महानगरमा रु चार अर्बभन्दा बढीको खानेपानी योजना केही सम्पन्न भएको र केही अन्तिम चरणमा पुगेको छ । उनले भनिन्, “सबै वडामा स्वच्छ पिउने पानी पु¥याउँदै छौँ ।” पश्चिम चितवनका सुक्खा क्षेत्रका अधिकांश भागमा भूमिगत सिँचाइ प्रणालीमार्फत सिँचाइको काम गरिएको उनले बताइन् ।
विद्यालयलाई भौतिक संरचनाले पूर्ण बनाउँदै टाढाबाट विद्यार्थी ल्याउन बस उपलब्ध गराइएको छ । यसले समग्र विद्यालयको शैक्षिक गुणस्तर बढेको उनको भनाइ छ । रासस
समुद्र सतहदेखि ३ हजार ५०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मंसिर तेस्रो हप्ता गाउँ छाडेर काठमाडौंतिर लागिन् । उनले बसाइसराइ गरेका होइनन् । उनी हिउँ छल्न काठमाडौं गएका हुन् ।...
बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुढानीलकण्ठ नगरपालिका-११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयो...
पोखरामा पनि एक युवकले आफ्नै शरीमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। पोखरा महानगरपालिका- १३ बस्ने युवाले आज आइतबार बिहान शौचालयमा गएर आफ्नो शरीरमा आगो लगाउन खोज्दा उनलाई उद्धार गरिएको छ। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्। आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ...
नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित...
शनिवार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् । तीमध्ये १८ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...