माघ १५, २०७९
शनिवार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् । तीमध्ये १८ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए...
कैलालीमा माघ ४ गतेदेखि शुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ ।
आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु तीन सयका दरले करिब एक हजार एक सय सिजनल टिकट बिक्री गरेको वाणिज्य सङ्घका उपाध्यक्ष तथा आर्थिक समितिका संयोजक कृष्ण बजगाईँले जानकारी दिए । महोत्सवमा रहेका कक्षका कारोबार र अवलोकनकर्ताको उपस्थिति सन्तोषजनक रहेको उनले बताए । टिकट बिक्रीको जिम्मा सङ्घले नेपाल रेडक्रस सोसाइटी टीकापुरलाई दिएको छ । ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवमा कृषि प्रदर्शनी र शैक्षिक प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । अघिल्ला वर्षभन्दा यस वर्ष महोत्सवमा होटल व्यवसायीले पर्याप्त आम्दानी गरेका छन् । महोत्सवमा टीकापुरस्थित आँखा उपचार केन्द्रले निःशुल्क परीक्षण र औषधि वितरण गरिरहेको छ । महोत्सवको एक लाख बढीले अवलोकन गर्ने तथा रु ५० लाख बढी कारोबार हुने आयोजक संस्थाले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिइरहनुभएको छ । महोत्सवमा बाल कलाकार सुप्रिम मल्ल, गायक रामजी खाण, भीम विष्ट, रेखा जोशी, लालबहादुर धामी (अछामी बड्डो), हाँस्यकलाकार सन्दीप क्षेत्री, हेमराज अधिकारी (खन्ट्या खलास), गायिका शान्तिश्री परियार, लक्ष्मी आचार्य, माधवी घर्तीमगर, रमेशराज भट्टराई, अञ्जु कुश्मी, झरना बोहरा, मनिष खड्का, गायिका शोभा त्रिपाठी, मेलिना राई, चक्र बम, एलिना चौहान, सोनु कुश्मी, टङ्क तिमिल्सिना, रचना रिमाल, अनिता चलाउने, मञ्जु पौडेललगायतको प्रस्तुति रहेको छ । रासस
शनिवार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् । तीमध्ये १८ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए...
नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित...
बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुढानीलकण्ठ नगरपालिका-११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयो...
समुद्र सतहदेखि ३ हजार ५०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मंसिर तेस्रो हप्ता गाउँ छाडेर काठमाडौंतिर लागिन् । उनले बसाइसराइ गरेका होइनन् । उनी हिउँ छल्न काठमाडौं गएका हुन् ।...
श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ गरेका छन्। भोजपुर अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी&n...
नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । सर्वोच्च अदालतले अनागरिक ठहर गर्दै उनको सांसद र मन्त्री पद खारेज गरेपछि उनले पुनः नेपाली नागरिक...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...