×

Nic Asia
Dabur
Prabhu Bank

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

काठमाडाैं | माघ १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै यूट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ ।

yONNEX
IME BANK INNEWS

गायक तिलकसिंह पेलाको स्वर रहेको गजलको म्युजिक भिडियोलाई शनिवारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

१ लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ गते गायक पेलाको आफ्नै यूट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भएका छन् ।

गायक पेलाकै संगीत रहेको गजललाई डा. प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा संगीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको गजलले यूट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । 


Advertisment
Lokantar App
Saurya island

संगीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबूक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित संगीत र पाको गायकीले गजलमा प्राण भरेको छ । 

पेलाको गजलले गम्भीर भाव र शैलीका संगीत सिर्जनालाई रुचाउने स्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डोर्‍याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ । 

Vianet communication

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।

गायक पेलाको मात्र नभएर गजलकार डा. मैनाली र संगीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला संगीतका गुरु समेत हुन् ।

उनले काठमाडौंमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विक्रम संवत् २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’ र सोही एल्बमको तेस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
माघ २८, २०७९

कुनै समय चर्चित गायक/गायिकाले स्वर दिएपछि ती गीतहरू प्रायः चल्थे । फलानो गायक/गायिकाले गाएको गीत भनेर चर्चा हुन्थ्यो । चलेका मोडलहरूलाई अभिनय गराउँदा अझ चर्चा बढ्थ्यो । उनीहरूको नामले भिडियोको यूट्युब भ्युज...

फागुन ९, २०७९

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन फागुन १२ देखि १४ गतेसम्म हुनेभएको छ । प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठ...

चैत २, २०७९

गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडि बढाएका छन्।  उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो। सन्तोष सुनारको शब्द र...

फागुन १६, २०७९

‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३ हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न शुल्क नलाग्ने आयोजकले जनाएको छ । सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले बताए ।  ...

फागुन २९, २०७९

वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गरेको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । एकाउन्न वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रह...

फागुन ६, २०७९

बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा पत्रकार सम्मेलन गरी आयोजकले सो जानकारी गराएक...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x