×

Nic Asia
Dabur
Prabhu Bank

दिक्तेलमा किबीको जाम उत्पादन शुरु

माघ १६, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । 

yONNEX
Frooti
Appy

उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदैआएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिए । “परीक्षण चरणमै रहेको जामले राम्रो बजार मूल्य पाएको छ”, उनले भने, “पहिलो चरणमा पाँच सय ग्रामको रु तीन सय र सात सय ग्रामको रु चार सयमा बिक्री गर्ने गरिएको छ ।”


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्यान्न उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्चालन गरिएको जनाइएको छ । किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य पदार्थ उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको समितिका सचिव कविकुमार राईले जानकारी दिए ।  


Advertisment
Lokantar App
Saurya island

गत मङ्सिर २० गते घरेलु तथा साना उद्योग कार्यालय खोटाङबाट स्वीकृति लिएको फलफूल प्रशोधन उद्योगमा रु २५ लाख बढी लगानी हुने जनाइएको छ । सुरुआती चरणमा रु पाँच लाख लगानीमा उपकरण खरिद गरेर उद्योग स्थापना गरिएको अध्यक्ष राईले बताए । जिल्लामै पहिलो पटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषक हर्षित भएका छन् । आफूले उत्पादन गरेका किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूल खेर नजाने भएपछि कृषक हर्षित भएका हुन् । 

JYOTI
Vianet communication

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ । प्रशोधन उद्योग अभावमा जिल्लाका कृषकले उत्पादन गरेका फलफूल यसअघिसम्म बिना उपयोग खेर जाने गरेको थियो । 

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय सबैभन्दा बढी किबी उत्पादन हुन थालेको छ । केही वर्षअघिदेखि मात्र उत्पादन हुन थालेको किबी अहिले प्रति केजी रु दुई सय ५० मा फार्मबाटै जिल्ला बिक्री हुँदैआएको छ । 

जिल्लाका कृषकले उत्पादन गरेका किबी बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित किबी पूर्वी तराई तथा राजधानी काठमाडौँमा सबैभन्दा बढी निर्यात हुने गरेको कृषकले बताएका छन् । रासस

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस सोमवार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा ...

जेठ २२, २०८०

चितवनको भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...

जेठ २२, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा ...

जेठ २२, २०८०

म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ ज...

जेठ २२, २०८०

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले अभियुक्त भानु नगरप...

जेठ २२, २०८०

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदुवामा रहेको माछा पोखरीमा डुबेर सोमवार १ जना बालिकाको निधन भएको छ भने अर्की १ जना बालिकाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा खोटाङको दिपरुङ गाउँपालिका&ndas...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x