चैत ६, २०७९
जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादवले मुलुकमा देखा परेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल ...
२ दिनभित्र गृह मन्त्रालय नपाए सरकारबाटै बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटमबारे प्रधानमन्त्री पुष्पकमल दाहाल संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीले रास्वपाको अल्टिमेटम सकिनै लाग्दा अब कसरी समाधान गर्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, 'अहिले मेरो कुरा हुँदैछ। समस्याको समाधान हुन्छ।’
बिहीबार राति रास्वपाले आफूहरूले गृह मन्त्रालय नपाए सरकारबाटै बाहिरिने भन्दै २ दिनको समय दिएको थियो ।
तर २ दिनमा रास्वपालाई गृह दिनेबारे प्रधानमन्त्रीले कुनै औपचारिक छलफल गरेनन् ।
शनिबार मात्रै प्रधानमन्त्रीले बालुवाटारमा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए ।
तर रास्वपाले माग गरेजस्तो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन प्रचण्ड इच्छुक नभएको बताइन्छ ।
२ दिनमा आफूहरूको माग पूरा नभए सरकारबाटै फिर्ता हुनेसम्म चेतावनी रास्वपाले दिएको छ ।
नागरिकता मुद्दामा १३ माघमा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि उनको गृहमन्त्री पद पनि गएको थियो ।
तर गैरसांसद भए पनि उनले उपनिर्वाचनबाट जितेर आउने भन्दै गृहमन्त्री फेरि बनाउन पटकपटक दबाब दिँदै आएका छन् ।
तर प्रधानमन्त्रीले उनको मुद्दाको फैसलाको पूर्णपाठ आएपछि मात्रै एउटा टुंगोमा पुग्नेपर्ने जवाफ दिइरहेका छन्।
रास्वापाको केन्द्रीय समिति र संसदीय दलले दिएको अल्टिमेटम सकिन लाग्दा पनि कुनै प्रगति भने देखिएको छैन ।
जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादवले मुलुकमा देखा परेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल ...
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्त...
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको म...
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र...
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी सदस्य रहेका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सद...
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल &...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...