×

Nic Asia
Dabur
Prabhu Bank

किसानले सडकमा तरकारी फाल्नु राम्रो होइन, यसको रिपोर्ट प्रधानमन्त्रीले माग्नुभएको छ-मन्त्री साह

काठमाडाैं | माघ २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा भएको बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने बताएकी छन्।

yONNEX
IME BANK INNEWS

लाइसेन्सप्राप्त व्यक्तिले मात्रै कृषिजन्य वस्तु खरिद तथा बिक्री गर्न पाउने गरी नीतिगत व्यवस्था गरिने उनले बताइन्।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो आज यहाँ आयोजित साधारणसभा तथा अधिवेशनमा उनले कृषिजन्य वस्तुको आयात रोक्न नाकामा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकारले कडाइ गर्ने बताइन्।

किसानका समस्या समाधानका लागि नीतिगत तहदेखि नै आफूले प्रयास गर्ने उनले विश्वास दिलाइन्।


Advertisment
Lokantar App
Saurya island

कृषिमा भएको लगानीअनुसार मूल्य नपाउँदा युवा बिदेसिनुपरेको भन्दै उनले नियन्त्रणका लागि आफ्नै माटोमा रमाउने खालका कार्यक्रमहरू ल्याउने योजनामा सरकार रहेको बताइन्।

कृषि क्षेत्रमा राज्यले नेतृत्व र नियन्त्रण गर्न नसके अझै समस्या आउने उनको भनाइ थियो।

Vianet communication

उनले चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै समस्या समाधानका लागि सरकार तयार रहेको र यस विषयमा प्रधानमन्त्रीले समेत चासो दिनुभएको जानकारी दिइन्। 'वास्तविक समस्या के हो भन्ने बुझेर रिपोर्टसहित ल्याउन प्रधानमन्त्रीको निर्देशन छ', उनले भनिन्।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, किसान सङ्घका केन्द्रीय अध्यक्ष गणेश तिमिल्सिनालगायतको सहभागिता थियो।

माघ २३ सम्म सञ्चालन हुने अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रदेश संयोजकसहित ९९ सदस्यीय नयाँ नेतृत्व चयन हुनेछ । समाजको ३२ जिल्लामा शाखा छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक/एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६ ले १३ वडा स्वास्थ्य स्व...

चैत ६, २०७९

बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा रोगको संक्रमण फैलिएको हो ।   यी वडाका करीब ६० पशु चौपा...

चैत ६, २०७९

राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जना...

चैत ६, २०७९

इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ शुरू भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ शुरू भएको हो ।  चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ...

चैत ६, २०७९

पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ ।  जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखि नै ठप्प बनेका...

चैत ६, २०७९

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साइकल र्‍यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा जनचेतना जागृत गर्न साइकल र्‍यालीको आयोजना गरिएको ह...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x