चैत ७, २०७९
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई मंगलवार पक्राउ गरिने सम्भावना बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षौंअघि पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सलाई रहस्य नखोल्नका लागि पैसा खुवाएको आरोपमा ट्रम्पविर...
‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई बन्द गरेका छन् ।
मुस्लिम बाहुल्य पाकिस्तानमा धार्मिक गतिविधिको निन्दालाई एक संवेदनशील मुद्दा मानिन्छ र सामाजिक सञ्जाल फेसबुक र युट्युबलाई यसअघि पनि अपमानजनक सामग्री प्रकाशित गरेको आरोपमा प्रतिबन्ध लगाइएको थियो । यस सम्बन्धमा पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)का प्रवक्ता मालाहत ओबैदले एएफपीसँग कुरा गर्दै भने, “धर्म र धार्मिक सन्दर्भमाथिको निन्दात्मक सामग्री हटाउन र समयसीमा पूरा गर्न पटक–पटक पत्राचार गर्दा पनि जवाफ नदिएपछि अनलाइन इन्साइक्लोपीडियालाई शुक्रबार देशभर बन्द गरिएको हो ।”
पीटीएले यस हप्ताको सुरुमा विकिपिडियालाई सामग्री हटाउन ४८ घण्टाको अल्टिमेटम दिएको थियो । ओबैदले भने, “उनीहरूले केही सामग्रीहरू हटाए तर सबै होइन । सबै आपत्तिजनक सामग्री नहटाएसम्म यो प्रतिबन्ध कायम रहनेछ,” उनले भने ।
शनिबार मोबाइल फोनबाट साइटमा पहुँच प्राप्त गर्न नसकिएको पाकिस्तानस्थित एएफपीका एक सम्वाददाताले बताए । विकिपिडियाको व्यवस्थापन गर्ने गैरनाफामूलक कोष, विकिपिडिया फाउन्डेसनले भनेको छ, “यो प्रतिबनधले विश्वको पाँचौं ठूलो जनसङ्ख्या भएको राष्ट्रलाई सबैभन्दा ठूलो निःशुल्क ज्ञान भण्डारमा पहुँचबाट बञ्चित गरेको छ । यदि यो जारी रह्यो भने यसले सबैलाई पाकिस्तानको ज्ञान, इतिहास र संस्कृतिमा पहुँचबाट बञ्चित गर्नेछ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई मंगलवार पक्राउ गरिने सम्भावना बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षौंअघि पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सलाई रहस्य नखोल्नका लागि पैसा खुवाएको आरोपमा ट्रम्पविर...
अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । कङ्गोको पूर्वी किभु र इतुरीमा सशस्त्र विद्रोहीहरूले हमला गरेका थिए । उनीहरूले गत शनिवार यी २ प्रान्तका विभिन्न गाउँ...
इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको लोकप्रिय पहाडी रिसोर्ट पुनकाकमा स...
चीनका राष्ट्रपति सी चिनपिङले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङ आउने निम्तो दिएका छन् । तीन दिने भ्रमणमा मस्को पुगेका सीले सोमवार पुटिनसँगको साढे चार घन्टाको कुराकानीका क्रममा पुटिनलाई बेइजिङ आउ...
जापानका प्रधानमन्त्री फुमिओ किशिदा अनपेक्षित रूपमा मंगलवार युक्रेन पुग्न लागेका छन् । चीनका राष्ट्रपति सी चिनपिङले मस्को भ्रमण गरेकै छेकोमा किशिदा युक्रेन पुग्न लागेका हुन् । भ्रमणका क्रममा किशिदाले यु...
लेबनानी पाउण्डको अमेरिकी डलरको तुलनामा भएको द्रुत गिरावटको विरोधमा मङ्गलबार प्रदर्शनकारीहरू देशभरका सडकमा उत्रिएका छन् । समाचार एजेन्सीले जनाएअनुसार लेबनानी मुद्राको मङ्गलबार समानान्तर बजार...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...