बैशाख ३०, २०८०
मोफसलको संगीत यात्रामा एकछत्र राज गरेका छन् भन्दा फरक पर्दैन बुटवलका सुरेश सेन्चुरीलाई । पछिल्लो दशकमा बुटवल शहर साढे ३ दशकदेखि संगीत साधना यात्रामा लागेका सुरेशमय छ । अहिले सुरेशको एकेडेमीमा गीत/संगीतब...
कुनै समय चर्चित गायक/गायिकाले स्वर दिएपछि ती गीतहरू प्रायः चल्थे । फलानो गायक/गायिकाले गाएको गीत भनेर चर्चा हुन्थ्यो ।
चलेका मोडलहरूलाई अभिनय गराउँदा अझ चर्चा बढ्थ्यो । उनीहरूको नामले भिडियोको यूट्युब भ्युजमा फाइदा पुर्याउँथ्यो ।
लगानीकर्ताहरू पनि चलेका कलाकारलाई भिडियोमा खेलाउन मरिहत्ते गर्दथे । त्यो क्रम अहिले पनि जारी छ ।
यद्यपि अहिले चर्चित कलाकारहरूको नामले भिडियो चल्ने अवस्था देखिँदैन । कलाकारको नामले भिडियो चल्ने अवस्था अहिले नरहेको स्वयं निर्देशकहरू बताउँछन् ।
नाम चलेका कलाकारहरूका थुप्रै म्युजिक भिडियो भेटिन्छन्, जसले यूट्युबमा १ लाख पनि भ्युज पाएका छैनन् । चलेका कलाकारका कतिपय भिडियोले उनीहरूले लिएको पारिश्रमिक जति पनि भ्युज नपाएको देखिन्छ ।
यता कतिपय नाम नचलेका कलाकारहरूको भिडियोले पनि यूट्युबमा राम्रो भ्युज पाइरहेका हुन्छन् ।
निर्देशक निकेश खड्का अहिले कलाकारहरूको नामले भिडियो चल्ने अवस्था नरहेको बताउँछन् । ‘अहिले कुनै कलाकारहरूको नामले भिडियो चलेको अवस्था देखिँदैन,’ उनले लोकान्तरसँग भने, ‘अलि अगाडिसम्म राम्रो च्यानलबाट भिडियो आउँदा भ्युज केही राम्रो जान्थ्यो, अहिले त्यो माहोल पनि देखिँदैन । टिकटकमा अलि चलिदिएको गीतको भने यूट्युबमा भ्युज बढिरहेको देखिन्छ । नत्र भने समग्रमा भिडियोको भ्युज खासै गइरहेको छैन ।’
यो अभिनेता वा अभिनेत्री, त्यो मोडलको भनेर अहिले भिडियो चल्ने अवस्था नरहेको उनले दाबी गरे ।
हिट चलचित्रकी अभिनेत्री उपासनासिंह ठकुरी हालसालै पहिलोपटक म्युजिक भिडियोमा देखिइन् । यद्यपि उनको पहिलो म्युजिक भिडियोले यूट्युबमा १ लाख पनि भ्युज पाउन सकेको छैन ।
निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीको अभिनय रहेको पछिल्लो गीत ‘यो मुलाइ मस्किन्छे’ले पनि यूट्युबमा राम्रो भ्युज पाउन सकेन ।
‘उपासनाले खेलेको भिडियोको भ्युज खास्सै गएन । अस्ति निश्चल बस्नेत दाइहरूले गरेको भिडियो पनि चलेन,’ निर्देशक खड्काले भने, ‘म्युजिक भिडियो धेरै आएर हो कि किन हो ? चलिरहेका छैनन् । अहिले भिडियो चल्ने पनि कम र बन्ने पनि कम भएको छ ।’
अर्का निर्देशक काजिश श्रेष्ठ पनि खड्काको कुरामा सहमत छन् । उनी कलाकारहरूको नामबाट भिडियोको भ्युजलाई फाइदा पुर्याउने अवस्था नदेखिएको हुनाले पछिल्लो समय लगानीकर्ताहरू समेत हिच्किच्याइरहेका बताउँछन् ।
‘जोसुकै चलेको कलाकारलाई लिँदा लगानी सुरक्षित हुन्छ भन्ने अवस्था अहिले देखिएन । सोही कारण अहिले जोकोहीले खुलेर लगानी गरिरहेका छैनन्,’ श्रेष्ठले भने ।
गत वर्षसम्म कलाकारहरूको नामले भिडियोको भ्युजलाई फाइदा पुर्याउँथ्यो । अभिनेता पल शाहले अभिनय गरेका अधिकांश भिडियोले यूट्युबमा राम्रो भ्युज पाउने गरेको श्रेष्ठले स्मरण गरे ।
‘पलजीको गीतले राम्रो भ्युज पाउँदा लगानीकर्ताहरू हौसिन्थे, उनीहरूले एकपछि अर्को भिडियोमा लगानी गर्थे,’ श्रेष्ठले भने, ‘अहिले त्यो खालको कोही मोडल देखिएनन् ।’
राम्रो अडियो छ भने भिडियोमा जोकोही कलाकारलाई खेलाउँदा पनि हुने अवस्था अहिले रहेको उनले बताए । पहिले राम्रो अडियोको भिडियो बनाउँदा त्यसमा चलेको कलाकार लिँदा भ्युजमा निकै फाइदा पुर्याउने गरेको उनले स्मरण गरे ।
‘सर्वप्रथम अडियो बलियो हुनुपर्यो । यो कलाकार राख्दा भ्युज धेरै जान्छ भन्ने अवस्था रहेन,’ स्पष्ट पार्दै उनले भने, ‘टिकटकबाट आएका नयाँ कलाकार खेलाउँदा पनि कतिपय भिडियोले राम्रो भ्युज पाइरहेका छन् । स्टार भनिएका कलाकार खेलाउँदा पनि कतिपय भिडियोको भ्युज लाजमर्दो छ ।’
मोफसलको संगीत यात्रामा एकछत्र राज गरेका छन् भन्दा फरक पर्दैन बुटवलका सुरेश सेन्चुरीलाई । पछिल्लो दशकमा बुटवल शहर साढे ३ दशकदेखि संगीत साधना यात्रामा लागेका सुरेशमय छ । अहिले सुरेशको एकेडेमीमा गीत/संगीतब...
‘छुट्नलाई पो रैछ क्यारे ए सानु तिम्रो मेरो यति धेरै माया बसेको’ गायक एवं सर्जक थानेश्वर गौतमको गीत ‘छुट्नलाई पो रैछ क्यारे’ करोड क्लबमा प्रवेश गरेको छ । साङ्गीतिक क्षेत्रम...
पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम भएका छन् । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम भएका हुन्...
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् । थुप्रै हिट गीतका सर्जक बिजीले आफ्नै गृहजिल्ला स्याङजाकी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् । उनी...
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिवार काठमाडौंमा आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक...
खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले प्रति...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...