बैशाख २०, २०८०
खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले प्रति...
फागुन ६, २०७९
प्रायःजसो गीत लेखन, संगीत सिर्जना, गायन, मोडलिङ एवं भिडियो निर्माणमा व्यस्त भइरहने लोकदोहोरी क्षेत्रका कलाकारहरू यतिबेला चुनावी माहोलमा छन् ।
लोकदोहोरी गीतसँग सम्बन्धित कलाकारको पेशागत संस्था ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को ८औं केन्द्रीय महाधिवेशन फागुनको १२–१४ गतेसम्म धादिङ जिल्लामा हुँदैछ ।
महाधिवेशनले आगामी ३ वर्षका लागि प्रतिष्ठानको नयाँ कार्यसमिति चुन्नेछ ।
महाधिवेशनको मिति आउन केही दिन मात्र बाँकी रहँदा लोकदोहोरी कलाकारमा चुनावी माहोल तातिँदै गएको छ । अहिले लोकदोहोरी गीत रेकर्ड हुने स्टुडियोदेखि लोकदोहोरी कलाकार बीचको जमघटमा कुराकानीको विषय नै चुनाव केन्द्रित हुने गरेको छ । कलाकारहरू आफू कुन पदमा आउँदा सुरक्षित भइन्छ, त्यसतर्फ सोचिरहेका छन् ।
महाधिवेशलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न प्रतिष्ठानले कार्यविभाजन गरेर तयारी तीव्र रूपमा गरिरहेको अध्यक्ष रमेश बिजीले बताए ।
उनका अनुसार धादिङवेशीमा हुने महाधिवेशमा प्रतिष्ठानका ७७ वटा विभिन्न शाखाबाट लोकदोहोरी कलाकारहरू उपस्थित हुनेछन् । भव्य सांगीतिक माहोलबीच सयौं कलाकारको उपस्थितिमा महाधिवेशन हुनेछ ।
झण्डै १ हजार २०० महाधिवेशन प्रतिनिधिले विभिन्न पदका लागि मतदान गर्नेछन् ।
अबको अध्यक्ष, उपाध्यक्ष को ?
प्रतिष्ठानमा गीतकार रमेश बिजी वर्तमान अध्यक्ष छन् । उनी आफ्नो कार्यकाल दोहोर्याउने मनस्थितिमा छैनन् । अग्रज लोकगायक दुर्गा रायमाझी २ कार्यकाल अध्यक्ष भए पनि अरु दोहोर्याएर प्रतिष्ठानको अध्यक्ष बनेका छैनन् ।
प्रतिष्ठानले विगतदेखि संस्थाको वरिष्ठ उपाध्यक्ष भइसकेको व्यक्तिलाई अध्यक्षको रूपमा उभ्याउँदै आएको छ ।
त्यसअनुसार प्रतिष्ठानको अबको अध्यक्षको लाइनमा गायिका रिता थापा मगर छिन् । हाल वरिष्ठ उपाध्यक्ष रहेकी उनलाई संस्थागत रूपमा समर्थन रहनेछ ।
प्रतिष्ठानमा अहिलेसम्म महिला अध्यक्ष नबनेको अवस्थामा अरु कोहीले उम्मेदवारी नदिए उनी पहिलो महिला अध्यक्ष बन्नेछिन् ।
यद्यपि लोक गायक विष्णु खत्री अध्यक्ष पदमा यसअघि लगातार ३ पटक उम्मेदवारी दिएर पराजित भएका छन् । लोकगायक बद्री पंगेनी, चन्द्र शर्मा र गीतकार रमेश बिजीसँग उनी पराजित भएका थिए ।
अहिलेका अध्यक्ष बिजीसँग झिनो मतले पराजित भएका गायक खत्रीको उम्मेदवारी यसपटक पनि आउने हो वा होइन ? लोकदोहोरी वृत्तमा यतिबेला मुख्य चासो र चर्चाको विषय बनेको छ ।
‘अहिले फेरि उहाँले उम्मेदवारी दिनुभयो भने २ जनाको प्रतिस्पर्धा होला । नत्र अरुको उम्मेदवारी आउने देखिँदैन,’ प्रतिष्ठान स्रोत भन्छ ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा कतिपयले संस्थामा जिम्मेवारीपूर्वक काम गर्दै आएको र अहिलेसम्म महिला अध्यक्ष नभएकाले यसपटक गायिका रितालाई निर्विरोध अध्यक्ष बनाउनुपर्ने बताएका छन् । कतिपयले यसपटक विष्णु खत्रीलाई निर्विरोध अध्यक्ष बनाउनुपर्ने आवाज समेत उठाइरहेका छन् ।
गायक विष्णु खत्रीले यसपटक आफू उम्मेदवार हुने सम्भावना एकदमै कम रहेको लोकान्तरसँग बताएका छन् । यसपटक आफूले उम्मेदवारी दिने मनस्थिति नबनाए पनि केही निर्णय भने लिइनसकेको उनको भनाई छ ।
‘यसपटक नजाऔं कि भन्ने मनस्थितिमा छु । यद्यपि निर्णय लिइसकेको छैन,’ उनले भने, ‘हामी लोकगीतसँग सम्बन्धित अर्को संस्था खोल्ने कि भनेर त्यसमा पनि छलफल गरिरहेका छौं ।’
रोलक्रम अनुसार दोहोरीगीत प्रतिष्ठानको अबको वरिष्ठ उपाध्यक्षमा लोक गायक पशुपति शर्मा आकांक्षी छन् । उनी अहिले प्रथम उपाध्यक्ष छन् । अबको प्रथम उपाध्यक्षमा भने गायक रामजी खाँण आकांक्षी छन् । उनी हाल द्वितीय उपाध्यक्ष छन् ।
द्वितीय उपाध्यक्षमा दिपक खड्काको नाम चर्चामा छ । उनी हाल तृतीय उपाध्यक्ष छन् ।
महिला उपाध्यक्षमा गायिका राधिका हमालले कार्यकाल दोहोर्याउने सोच बनाएकी छन् ।
अहिले महासचिव रहेका सुवास कुनै एक उपाध्यक्ष पदमा आउने चर्चा छ । महासचिवमा गीतकार एवं गायक शिव हमाल आकांक्षी छन् । उनी अहिले २ पद रहेको उपमहासचिवमा छन् ।
अर्का वर्तमान उपमहासचिव मोडल शंकर बिसी र अहिले सचिव रहेका गायक कुलेन्द्र विश्वकर्माले तृतीय उपाध्यक्षमा आउने चाहना व्यक्त गरेका छन् ।
कोषाध्यक्षमा गायक राजु ढकालले कार्यकाल दोहोर्याउने सोच बनाएको चर्चा छ । रोचक प्रतिस्पर्धा भने सचिव पदमा हुने देखिन्छ । किनकि प्रतिष्ठानमा १० जना सचिव रहने गरेका छन् ।
२ पद रहेको सहकोषाध्यक्षमा अहिलेसम्म कसैको चर्चा सुनिएको छैन । अहिले सचिवमा रहेका कलाकारहरू माथिल्लो पदमा जाने र ती पदमा रोचक प्रतिस्पर्धा हुने सम्भावना उच्च रहेको प्रतिष्ठानका पदाधिकारीहरू बताउँछन् ।
गायक खुमन अधिकारी, कृष्ण रेउले, जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा, पुष्कल शर्मा र जमुना राना मगर अहिले प्रतिष्ठानको सचिव पदमा छन् ।
‘अहिले सचिव रहनुभएकाहरू अब जाने भनेको कोषाध्यक्ष, उपमहासचिव, महासचिव, उपाध्यक्षमा हो । त्यसकारण ती पदमा प्रतिस्पर्धा पनि हुनसक्छ,’ प्रतिष्ठानका एक पदाधिकारीले भने, ‘अहिले सदस्य रहनुभएकाहरूमध्ये केहीले सचिवमा आउने सोच बनाउनुभएको छ । धेरै संख्या भएका कारण सचिव पदमा मतदान हुने सम्भावना प्रबल नै रहन्छ । सदस्यका लागि त मतदान हुन्छ नै ।’
लोकगायक प्रकाश सपूतदेखि गायिका देवी घर्ती, सुनिता दुलाल, मोडल अञ्जली अधिकारीसम्म अहिले कार्यसमिति सदस्य पदमा छन् ।
अघिल्लो महाधिवेशनमा केही पदमा कलाकारहरू निर्विरोध निर्वाचित भएका थिए भने यसपटक पनि केही पदमा कलाकारहरू निर्विरोध हुने सम्भावना देखिएको छ । विभिन्न पदमा विभिन्न कलाकारहरूको नाम चर्चामा रहँदै गर्दा सार्वजनिक रूपमा कसैले उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले प्रति...
गत वैशाखमा ११ वर्षका भए सुप्रिम मल्ल ठकुरी । कलिलो उमेरमै दर्जनौं गीतमा उनको स्वर गुञ्जिइसकेको छ । ‘उसले गाएका गीतहरू मैले टिपोट गर्ने गरेको छु,’ सुप्रिमका बुवा कृष्ण मल्लले भने, ‘अहिलेस...
हिजोआज फेसबूक वाल ‘स्क्रोल’ गर्दा धेरै म्युजिक भिडियो देखिन्छन्, जसलाई विभिन्न पेजबाट ‘स्पोन्सर्ड’ (विज्ञापन) गरिएको हुन्छ । युट्युब खोल्दा माथिपट्टि ‘एड’ लेखिएको म्युजिक भिडियो...
पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम भएका छन् । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम भएका हुन्...
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिवार काठमाडौंमा आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक...
मोफसलको संगीत यात्रामा एकछत्र राज गरेका छन् भन्दा फरक पर्दैन बुटवलका सुरेश सेन्चुरीलाई । पछिल्लो दशकमा बुटवल शहर साढे ३ दशकदेखि संगीत साधना यात्रामा लागेका सुरेशमय छ । अहिले सुरेशको एकेडेमीमा गीत/संगीतब...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...