×

Nic Asia
Dabur
Prabhu Bank

‘फेरि जन्मन्छन् जन्मदैनन्’ लोकार्पण

काठमाडाैं | फागुन २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृतिको लोकार्पण गरिएको छ। ​

yONNEX
IME BANK INNEWS

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहबीच ​कृति लोकापर्ण गरिएको हो। 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

ब्रह्मवेत्ताचार्य अर्जुन विरक्ति तोत्रियको जीवनकथामा आधारित उक्त लोककाव्यको लोकार्पण गर्दै प्रा. दिनेशराज पन्तले ‘लोकलयमा लेखिएका यस्ता कृतिहरू सर्वसाधारणले पनि बुझ्न सक्ने र जनमानसमा गहिरो प्रभाव छाड्न सक्ने भएकाले कवि भावुकले एउटा असल व्यक्तिको जीवनकथामा आधारित कृति लेखेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेको’ उल्लेख गरे। 

उक्त कार्यक्रममा प्रमुखवक्ता प्रा.डा. रामप्रसाद ज्ञवालीले कृतिभित्रको सारतत्वलाई केस्रा केस्रा केलाएका थिए भने कृतिनायक अर्जुन विरक्ति तोत्रिय, कृतिकार श्यामबहादुर भावुक र कवि यादव भट्टराईले पनि आ–आफ्ना विचार व्यक्त गरेका थिए। 


Advertisment
Lokantar App
Saurya island

कृतिभित्रका केही लाइन कविता पाठ गर्ने कविहरूमा डिल्लीप्रसाद मुलतिहुन, श्रीराम पौडेल, विष्णुमाया पौडेल, शिवनारायण जोशी, उर्मिला कोइराला र दीपशिखा मुखिया थिए। 

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोरक्ष पीठाधीश श्रीनाथ योगीजीले आशीर्वचन प्रदान गरेका थिए।

Vianet communication

भूमिकालेखक त्रय प्रा.डा दुर्गाप्रसाद अर्याल, कवि भुवनहरि सिग्देल र हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले पनि शुभकामना दिएका थिए।

प्रायोजकको तर्फबाट कृष्ण अधिकारी र प्रकाश गौतमले यस्तो विशिष्ट कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञता प्रकट गरेका थिए। 
 

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत ४, २०७९

तिनताका गोपाल अध्यात्मदर्शन सम्बन्धी स्तम्भ लेख्ने गर्थ्यो । उसले जागिरको शुरूआती दिनदेखि नै नियमित गर्दै आएको थियो यसलाई । सायद त्यसै भएर हुनुपर्छ, बरोबर आध्यात्मिक सभा, गोष्ठी, सेमिनार, कार्यक्रम आदिमा निमन्त्रणा...

चैत ६, २०७९

१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै ३ दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ ।  विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी ...

चैत ७, २०७९

विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो । कोरोना...

चैत १५, २०७९

निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति अङ्ग्रेजी भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राब...

फागुन १६, २०७९

प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रुपै...

चैत १, २०७९

पूर्व दिशा फुर्रर खुल्नासाथ काल्चौरा (कालो चरा बिहानै कराउँछ) चिरचिर गर्‍यो । ‘ओई काले उठ् आज डाँडा कटाउनै पर्छ गोठ । सकेसम्म पुछार भेडिखर्कको खानीमा पुर्‍याउनुपर्छ । त्यहाँ खनेल (खानी खन्ने) मध्ये...

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

ad
x