×

Nic Asia
Dabur
Prabhu Bank

हिमाली र पहाडी जिल्लामा मनाइयो फागुपूर्णिमा पर्व

फागुन २२, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

फागुपूर्णिमा अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागुपूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाइन्छ ।

yONNEX
Frooti
Appy

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै पर्व मनाएका छन् । फागुन शुक्ल अष्टमीका दिन त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने कार्यक्रम रहेको छ ।


Advertisment
Lokantar App
Saurya island

 उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु भएको थियो । 

JYOTI
Vianet communication

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दशपाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । 

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।  

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजबासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले  जानकारी दिए । 

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ । फागुपर्वको उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस पर्वका अवसरमा आज राजधानीको टुँडिखेल, खुलामञ्च, वसन्तपुर, रामशाहपथजस्ता स्थानमा हजारौँ मानिस जम्मा भएर फागुपूर्णिमा पर्व मनाएका छन् ।

 तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यसवर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ ।रासस

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ ११, २०८०

सुख शान्तिका लागि तपाईंको व्यवहार राम्रो हुनुका साथै घरको वास्तु मिलेकाे हुनु जरुरी हुन्छ । घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर बनाउनुभन्दा अगाडि वास्तुका अनुसार नापनक्शा गर्नु पर्छ । घर डि...

जेठ १७, २०८०

वैदिक सनातन धर्मावलम्बीले आज बुधवार आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोप...

जेठ ११, २०८०

मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो । बिहान ८ ब...

जेठ २०, २०८०

पाथीभरा मन्दिरमा १०० दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ । ईलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न शुरू गरिएको हो । समितिका अनुसार...

जेठ १३, २०८०

दशवटा टाउको भएको अनि बीसवटा हात भएको रावण हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक हो ।  हिन्दू परम्परा अनुसार आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेर प्रज्ञाको उपयोग गर्दा सर्वोच्चता हासिल गर्न सकिन्छ । त्यसैले राजा ...

जेठ १३, २०८०

पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ ।  मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि शुक्रवारदेखि ७ दिने कालिका महापुराण पनि शुरू भएको छ ।...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x