असोज २, २०८०
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
फागुन २४, २०७९
संस्कृत भाषाबाट आएको ‘इतिहास’ शब्दले मानव जातिलाई पुराना विकासक्रमका पाठ सिकाउँदै आएको छ । बुझिने भाषामा भन्दा इतिहासले समाज विकासको निरन्तर क्रमलाई बुझाउँदै आएको छ ।
इतिहासको अध्ययनले भूतकालमा समाज निर्माण कसरी भएको थियो ? यहाँसम्म आइपुगेको समाज निर्माणका क्रममा पुर्खाहरूको मेहनत के थियो ? पुर्खाहरूले यो धर्तीलाई कसरी बदले ? आफ्नो जीवनमा के परिवर्तन ल्याए ? भन्ने थुप्रै प्रश्नहरूको उत्खनन् इतिहासले गर्छ । र, हामी अहिले कहाँ छौं भन्ने चेतनाको राजमार्ग इतिहासको पानाले खोलिदिन्छ ।
जो जहाँ, जुन भूगोल, देशमा छौं, यी सबैको आ–आफ्ना कालखण्ड र इतिहास छन् । सारा धर्तीमा रहने मानव जाति इतिहासको एक–एक अंश बनेका छन् ।
इतिहासका हरेक कालखण्ड छन् । ती कालखण्डमा भएका घटना र उतारचढावले मानव सभ्यताको विकासक्रम आ–आफ्नै लयमा अघि बढेका छन् । सरसर्ती हेर्दा नेपाली समाजको विकास चरण पनि विश्वको विकासभन्दा भिन्न छैन ।
२५ सय वर्षअघि ग्रिसमा आधुनिक एरिस्टोटल र प्लेटोले भौतिक रूपका बाह्य कारणमा बढी ध्यान दिए । मूलतः दक्षिण एसियाली मुलुकहरूमा वैदिक, ईश्वरीय, बुद्ध र चीनको हकमा कन्फ्युसियसको उदय एकै कालखण्डमा भए ।
नेपाली इतिहासको स्रोतहरू केलाउँदा पनि त्यसको पुष्टि हुन्छ । पुरातात्त्विक साहित्य, अभिलेख, मुद्रा, प्राचीन स्मारक, मूर्ति र चित्रहरू इतिहासको मुख्य स्रोतका रूपमा रहेका छन् । नेपालको प्रमाणिक अभिलेखमध्ये सन् ४६४ को मानदेवको शिलालेखलाई शुरूआति मानिन्छ, जहाँबाट नेपाको इतिहास अध्ययनको शृखंला लिपिबद्ध गरिएको छ ।
‘कोशी प्रदेश’को जड
साविक प्रदेश नम्बर १ को नामकरण अघिल्लो साता फागुन १७ गते मध्यराति ‘कोशी प्रदेश’को रूपमा गरियो । दुईतिहाइभन्दा बढी मतका साथ कोशी प्रदेश नामकरण भएपछि केही बिमति जाहेर भएका छन् ।
मुख्यगरी किरात, लिम्बूवान प्रदेश भनी नामकरण हुनुपर्छ भन्ने सरोकारवालाहरूबाट कोशी प्रदेशको नामकरण गरिएकोमा विरोध छ । सरोकारवाला संस्थाहरूले सामाजिक सञ्जाल, विज्ञप्तिहरू जारी गरी कडा रूपमा असहमति जनाए पनि विरोध सडक प्रर्दशनमा त्यति देखिएको छैन ।
मुख्यगरी किरात समुदायले किरात सभ्यताको पहिचानसहित प्रदेशको नामकरण हुनुपर्छ भन्ने जिकिर गरिरहेका छन् । कोशी प्रदेशको रूपमा नामकरणपछि उनीहरूको दाबी ‘फेल’ भएको छ । यता दुईतिहाइ बहुमतले कोशी प्रदेश नामकरणका लागि प्रदेश संसद्मा गरिएको दाबीले पनि त्यस्तो पहिचान पहिल्याएको देखिँदैन । बरु एकल सनातन तथा हिन्दूहरूकै व्याख्यालाई ‘पहिचान’ मानेर कोशी प्रदेश भन्नु उपयुक्त हुन्छ भन्ने प्रस्तावको प्रस्टै आशय छ ।
‘प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्ने दायित्व पूरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बूवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारको रूपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास एवं समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ ।’
प्रदेश सभा सचिवालय, प्रदेश सभा प्रदेश नं. १ विराटनगरमा २०७९ फागुन १७ गते प्रदेश सांसद रामबहादुर थापा मगरद्वारा प्रस्तावित प्रस्ताव ।
‘दोस्रो प्रदेशसभाको पाहिलो अधिवेशनको मिति २०७९।११। १७ मा बसेको तेह्रौँ बैठकबाट नेपालको संविधानको धारा २९५(२) बमोजिम प्रदेश नं. १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतबाट कोशी प्रदेश नामकरण भएको हुँदा सोको जानकारीका लागी यो सूचना प्रकाशन गरिएको छ ।’
प्रदेश राजपत्र कोशी प्रदेश सरकारद्वारा प्रकाशित सूचना २०७९।११।१८ गते ।
कोशी प्रदेश नामकरणपछि बहस सतहमा आउनु स्वाभाविक हो । किरात–लिम्बूवानको सोझै विमतिसँगै कोशी कसको पहिचान हो ? सवाल उठ्नु स्वभाविक हो । ‘कोशी’को हकदार को हो ? कोशीको स्रोत खोतल्दै जाँदा ‘प्राचीन भारतका राजनीतिक एवं सांस्कृतिक इतिहास’ सबैभन्दा बलियो हकदार मानिन्छ । भारतको प्राचीन इतिहासमा भनिएको छ– ‘ई.पू. १५०० को वरपरबाट भारतमा आर्यहरूको प्रवेश शुरू भएको मानिन्छ । ऋग्वेदमा उल्लेख गरिएको सिन्धु (कोशी) हो । यसका पाँच सहायक नदीहरू छन् । ती सहायक नदीहरूमा गोमती आधुनिक खुर्रम, सुवस्तु (स्वात), सरस्वती तथा घाघरा । ती पाँचसँगै अन्य नदीहरूको नामबाट पञ्जाब भूखण्डको नामकरण भयो । ती मध्ये सतलज, ब्यास, राबी, चेनाव र झेलम । यही सप्तसिन्धुको प्रदेशमा आर्यहरूको बसोबास फैलिएको थियो ।’ यी तथ्यहरू प्राचीन ग्रन्थ र ऋग्वेदमा उल्लेख गरिएका नदी–नाला र स्थलविशेषले ‘कोशी’को पहिलो पहिचानलाई थप प्रमाणित गर्छ ।
त्यसैगरी हिमवत्खण्डको अध्याय ४० कौशिकी नदीको आविर्भाव पृष्ठ–३८७ मा ‘कोशी’ नदी बारे भनिएको छः
‘त्यसपछि हे अगस्त्य मुनि । पार्वती कुशिक ऋषिलाई साथमा लिएर ब्रह्मर्षि भएको कुशैकुशले भरिएको शिखरमा जानुभयो, जहाँ सनकले तपस्या गरेका थिए । त्यहाँ उहाँले कुशिक मुनलाई पूजा गरेर भक्तिपूर्वक दान दिनुभयो । उहाँको निधारबाट पसिनाको निर्मल विन्दु झर्यो । त्यही पसिना निर्मल जल बनेर नदी भयो । ऋषिले भक्तिभावपूर्वक त्यहाँ स्नान गर्नुभयो । तीनै किसिमका भक्तिले प्रसन्न हुँदै उहाँले स्तुति गर्नुभयो । त्यसपछि पार्वती कोशीभित्रै दुनियाँलाई वर दिन र सबै प्राणीको हितका लागि प्रकट हुनुभयो ।।६४–६७।।’
यी अनेकन तथ्यहरूले ‘कोशी प्रदेश’लाई किरात–लिम्बूवानहरूको सघन बस्ती रहेकाले पनि अस्वीकार गर्दछ । साविक प्रदेश नम्बर १ किरात सभ्यताको विरासतसँगै लिम्बूवानको ऐतिहासिक राजनीतिक पृष्ठभूमिसहित इतिहासको निरन्तरता हो भन्ने सरोकारवालाहरूको तर्क छ । त्यससँगै कोच सभ्यता र हिमाली संस्कृतिसहितको शेर्पा पहिचानको थलो पनि हो । मूलतः रैथाने आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि ‘कोशी प्रदेश’ घोषणामार्फत प्रहार गरिएको किरात र लिम्बूवानहरूको ठहर छ ।
किरात सभ्यताको खोजी
नेपालको इतिहासमा किरातकालको लामै व्याख्या पाइन्छ । किरात सभ्यताका आधारमा यतिखेर किराती समुदायले ‘कोशी’को ठाउँमा ‘किरात’ प्रदेश हुनुपर्छ भनेर पहिचान खोज्नु अस्वाभाविक लाग्दैन । सनातन हिन्दू ग्रन्थहरूका अधारमा जुन ढंगले कोशी प्रदेश नामकरण गरिनुको व्याख्या गरिएको छ, त्यसले कुनै पहिचान पहिल्याउँदैन । बरु, एउटा नदीका नामबाट प्रदेशको नामकरण गरिएको भनिएमा कोशी प्रदेश नामकरणको न्याय हुन्छ । किरातकाल छैठौं शताब्दी ई.पू.मा स्थापना भएको विश्वास व्यक्त गरेका छन् प्रा.डा. श्रीरामप्रसाद उपाध्ययले । ‘भगवान् गौतमबुद्ध भारतका मौर्य तथा सुङवंश किरातकालका समकालीन मानिन्छन् । सय वंशका महत्त्वपूर्ण सम्राटहरूमध्ये यलम्बर, हुमती, जितेदास्ती र स्थुंकोको नाम विशेष उल्लेखनीय मानिन्छ’, प्रा.डा. उपाध्ययले ‘नेपालको प्राचीन र मध्यकालीन इतिहास’ मा भनेका छन् ।
उपत्यकाको महिष्पाल राजालाई युद्धमा हराएपछि राजा यलम्बरले किरात शासन शुरूआत गरेका थिए । कर्कपेट्रिकले २७ जना किराती राजाहरूले १६ सय ३० वर्षसम्म राज्य गरेका थिए भन्ने दाबी गरेका छन् । राइट वंशावलीमा २९ जना र गोपालराज वंशावलीमा ३२ जना किराती राजाहरूको नामावली उल्लेख गरिएको छ । यी तथ्यहरूलाई आधार मानेर नेपालको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण मानिने किरात शासनकाल ८ सय वर्षको हाराहारी रहेको प्रा.डा. उपाध्ययले उल्लेख गरेका छन् ।
किरात शासनकाल सम्बन्धमा मोहनबहादुर मल्लद्वारा लिखित ‘सिञ्जा इतिहासको डोरेटो’ पृष्ठ–२ (२०३३ सालमा प्रकाशित ।) पुस्तकमा भनिएको छ– ‘ब्रम्हपुत्रको किनार अछामको होचो घाटीबाट किरातहरू आएर मेची नदीबाट पश्चिम नलाग्दै हिमालको घाटी पार गरेर पहेंला जातिका शिकारी दल दक्षिण हिमालको काँठको जंगलमा घुसेको हुनुपर्छ । यो आजभन्दा पैँतीस सय वर्ष अगाडिको कुरा हो । किरातहरू नेपालमा घुम्दा शिकारी अवस्थाबाट पशु पाल्ने अवस्थामा बढिसकेका थिए ।’
मल्लले पृष्ठ ६ मा लेखेका छन्– ‘चन्द्रगुप्त मौर्यको समयमा काठमाडौं उपत्यकामा किरात शासन चलेको थियो । महाभारतको युद्धमा किरात लडेका थिए । किरातरूपी महादेवसँग अर्जुन लडेका थिए, कर्ण नेपाल पसेका थिए ।’
अर्जुन हुमती राजासँग लडेको इतिहासकारहरूले उल्लेख गरेका छन् । तर, त्यसको बेलिविस्तार लगाएको देखिन्न । अर्जुन महाभरतको युद्धका एक निशानवाज धनुषधारी हुन् । अहिलेसम्म निशाना लगाउनेलाई व्याख्या गरियो भने ‘अर्जुनदृष्टि’ भन्ने गरिन्छ । अहिले किराती समुदायको आफ्ना पहिचानको ‘चिह्न’मा यलम्बरले धनुषधरलाई समाएको आधार बनाएका छन् । हिमवत्खण्डमा ‘किरातेश्वर शिवलिङ्गको माहात्म्य’मा समेत धनुष, बाँण सबैको वर्णन गरिएको छ ।
किरात सभ्यताभित्र अन्य समुदाय पनि पर्छन् भन्ने तर्क मोहनबहादुर मल्ल, डा. हर्षबहादुर बुडामगरले ‘किरातवंश र मगरहरू एक ऐतिहासकि सर्वेक्षण’मा उल्लेख गरेका छन् । सभ्यताको बहससँगै प्राचीनकालमा केही अवशेष पक्कै पनि इतिहासको स्रोत हुन भन्नेमा कसैको दुईमत हुँदैन । किराती समुदायले प्रयोगमा लिने धनुष–वाणको खेल भने गण्डकी प्रदेशका मगर, थकाली छन्त्याल जातिमा अहिलेसम्म व्याप्त छ । धनुष–वाण शिकारी युगको निरन्तर अवशेष हो भन्ने जिकिर रहला । यद्यपि अहिलेसम्म बागलुङ, म्याग्दी, मुस्ताङमा पर्व अनुसार पछिल्लो समयसम्म धुनुष–वाण (ताराखेल, आधुनिक खेल आर्चरी) खेल रहेकाले यसको गहिरो अध्ययन तथा अनुसन्धानका गर्न भने पक्कै जरुरी छ ।
‘सौभार अर्थात् मंगोलवंशका एउटा ठूलो जमातले ३००० वर्ष ईशा पूर्वमा पूर्व दिशा आई चीन राज्य स्थापित गरेको थियो । यसै मंगोल दलको एक शाखा छुट्टिएर कबुल, पञ्जाव भई गंगानदीको मैदानमा आई बसोवास गर्न थाले । कैयौं पुस्तापछि आर्यहरूले यिनै सौभार वंशलाई किरात वंश भन्न थालेका हुन् भन्ने प्रमाण महाभारतमा पाइन्छ ।’ इमानसिंह चेमजोङः ‘किरात इतिहास’ दोस्रो संस्करण सन् १९५२ ।
डा. हर्क गुरुङले ‘तमु’ म्यागेजिन वर्ष १, अंक १ २०३८ सालको ‘गुरुङ जातिबारे’ मा चेम्जोङको सन् १९६७, अंग्रेजी भाषामा छापिएको ‘किरात इतिहास’ निक्कै महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् । ‘किरात मुन्धुमको र अन्य आधुनिक आधारमा लिखित यो किताबमा लिम्बू, राई, मगर तथा गुरुङ जातिहरू समावेश भएको व्यापक किरात समुदायको पुरानो र मध्यकालीन इतिहासको राम्रो व्याख्याका साथै आधुनिक नेपालको एकीकरणको इतिहासबारे एउटा नौलो पक्ष पनि पाइन्छ’, उक्त लेखमा डा. गुरुङले भनेका छन् ।
‘सर्वप्रथम किरातहरूको उल्लेख ऋग्वेदमा पाइन्छ । तर अहिलेसम्म मन्त्रहरूमा चाहिँ ‘किरात’ शब्द उल्लेख भएको पाइएको छैन । परन्तु ‘किलात’ शब्दमा उल्लेख भएको पाइन्छ । ‘र’ र ‘ल’ को अभेद भएको हुनाले ‘किरात’ र ‘किलात’ हरूको उच्चारणको मात्र फरक देखिन्छ । यसै प्रकारले दोस्रो क्रममा ‘किरात’ शब्द यजुर्वेदमा पाउँछौं । यस मन्त्रमा त्यतिखेरका प्रसिद्ध जातिहरूको गणना गर्दा किरात, किम्पुरुष, जम्भक आदिका निवासस्थलसमेत निर्धारण गरेर तोकिएको छ, तर धेरैको अर्थ गराई ठीक छैन (भ्रामक छ) । तेस्रो नम्बरमा, अथर्ववेदमा किराती युवतीको वर्णन छ–
कैरातिका कुरमारिका सका खनती भेषजम् ।
हिरण्यमयीभिरभ्रिभिगिरीणामुपसानुषु ।।
–अथर्ववेद, १०।४।१४
नेपाली भावर्थः– एउटी कुमारी किरात तरुनी सुनले बनेको खुर्पाले ठूल–ठूला पर्वतका साना–साना टाकुराहरूमा जडीबुटी–औषधि खनी राखेकी छिन् ।
–डा. स्वामी प्रपन्नाचार्य, ‘प्राचीन किरात इतिहास’
यी अनेकन अध्ययन तथ्यबाट कोशी र किरातको आ–आफ्नै महत्त्व छन् । एकले अर्कोलाई निषेध गरेर जाने अवस्था हैन । तर यतिखेर ‘कोशी प्रदेश’ नामकरण भइसकेको छ । यसलाई उल्ट्याउने सामर्थ्य कोशी प्रदेश सांसदको दुई तिहाईसँग मात्रै हुन्छ । किरात–लिम्बूवान लगायत बहु–पहिचान पक्षधरले आफ्नो पक्षमा जनमत सिर्जनाबाट मात्रै नाम बदल्न सक्छन् । कोशी प्रदेशमा जसरी बहुमत जुटेको छ उनीहरू परापूर्वकालदेखि किरात–लिम्बूवान कहलिएको पहिचानप्रति निम्छरो हुन जरुरी छैन । छिमेकी भारतमा हेर्यौँ भने पहिचानका आधारमा बंगाल, तामिलनाडुलगायत राज्य बनाइएको छ । कोशी प्रदेश पारित भए पनि किरात–लिम्बूवान पहिचानलाई बेवास्ता गर्नु उचित नहोला । बरु किरात–लिम्बूवान सम्बन्धमा छलफल गरेर अघि बढ्दा सद्भाव र एकता कायम हुनेछ ।
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
भदौ ३०, २०७२ मा संविधानसभाको दुईतिहाइ बहुमतबाट संविधानको मस्यौदा पारित हुँदै गर्दा नेपालका लागि भारतीय राजदूत रञ्जित रे ‘नेपाल मामिला क्रिटिकल’ भएको भन्दै नयाँ दिल्ली उडे । नेपालमा स...
पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय ...
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
सत्ता स्वार्थ र शक्तिको राजनीतिक दाउपेचका अस्वस्थ शृंखलाबीच शालीनता र समन्वयकारी भूमिकाका लागि प्रसिद्ध सुवासचन्द्र नेम्वाङ अन्ततः अस्ताएका छन् । संविधानसभाको अध्यक्षता गर्ने दुर्लभ अवसर पाएका नेम्वाङको गएराति निधन भए...
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिवार हाङचउमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटको टाँक नलगाएको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । चिनियाँ राष्ट्रपतिलाई भेट्दा कूटनीतिक...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...