×

Nic Asia
Dabur
Prabhu Bank

गाडी ट्राफिक जाममा फसेको मौकामा दुलही छोडेर भागे दुलाहा

काठमाडाैं | फागुन २५, २०७९

NTC
Argakhanchi Cement
Dreamstime
Premier Steels
TVS INSIDE

भारतको बेंगलुरुमा ट्राफिक जामको समस्या भयंकर छ । 

yONNEX
IME BANK INNEWS

त्यसबाट एक व्यक्तिले फाइदा उठाएको खबर आएको छ । गत फेब्रुअरी १६ मा एकजना दुलाहा विवाहको भोलिपल्ट दुलहीलाई ट्राफिक जाममै छोडेर भागेका छन् । उनीहरू चढेको कार महादेवपुरामा जाममा फसेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भागेका दुलाहालाई खोज्न दुई हप्ता खेर फालेपछि दुलही पक्षले मार्च ५ मा प्रहरी समक्ष जाहेरी दिएको छ । प्रहरीले दुलाहालाई खोजिरहेको छ । 

दुलाहाको नाम विजय जर्ज (नाम परिवर्तन) हो । उनकी पूर्व प्रेमिकाले निजी क्षणको भिडियो र तस्वीर सार्वजनिक गरिदिने धम्की दिएपछि उनी तनावमा थिए ।


Advertisment
Lokantar App
Saurya island

जर्जले पत्नीलाई आफूसँग भइरहेको ब्ल्याकमेलिङका बारेमा बताएका थिए । तर उनले आफू र आफ्ना मातापिता जर्जको पक्षमा उभिने अनि चिन्ता नलिन बताएकी थिइन् ।

तर यस आश्वासनका बावजूद विवाहको भोलिपल्ट जोडी चर्चबाट फर्किँदै गर्दा गाडी ट्राफिक जाममा फसेको मौका पारी दुलाहा भागेका थिए । अगाडिको सीटमा बसेका जर्ज कारबाट निस्केर चम्पत भएका थिए । 

Vianet communication

स्तब्ध भएकी दुलही पनि कारबाट निस्केर पछिपछि भागेकी थिइन् र भेट्टाउन सकिनन् । 

जर्जले कर्नाटक र गोवामा आफ्ना पितालाई म्यानपावर एजेन्सीमा सघाइरहेका थिए । गोवामा हुँदा उनले कम्पनीकै एक चालककी पत्नीसँग सम्बन्ध बनाएका थिए । ती महिला दुई सन्तानकी आमा हुन् र त्यही कम्पनीमा क्लर्कका रूपमा काम गरिरहेकी थिइन् । 

जर्जकी आमालाई यस सम्बन्धका बारेमा थाहा भएपछि जर्जले सम्बन्ध तोड्ने भनेका थिए । तर उनी लुकीलुकी ती महिलालाई भेटिरहन्थे । 

ती महिलाको मोहपाशबाट छुटाउनका लागि जर्जको परिवारले उनको विवाह अन्तै गराउने निर्णय लियो । 

‘मलाई विवाहअघि नै यस सम्बन्धका बारेमा बताइएको थियो,’ जर्जकी पत्नीले बताइन्, ‘तर त्यस महिलालाई छोड्ने भनेकाले मैले विवाहको स्वीकृति दिएँ । ब्ल्याकमेलको डरले जर्ज भागे । उनी आत्महत्याको सोच बनाइरहेका थिए । उनी सुरक्षित छन् र छिट्टै फर्किन्छन् भन्ने आशा छ ।’
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ५, २०७९

अमेरिकाको लस एन्जलसमा टीभीमा मौसमको खबर दिइरहेकी महिला प्रत्यक्ष प्रसारणकै क्रममा ढलेकी छन् ।  अलिसा कार्लसन स्वार्जले मौसमको खबर दिँदै गर्दा अचानक सेती भइन् अनि आफ्नो डेस्कतर्फ अप्ठ्यारो गरी टेको लगाइन् ।&n...

चैत ६, २०७९

अस्ट्रेलियाको मेलबोर्नमा एकजना महिलाले क्षतिग्रस्त गाडी चलाएको देख्दा ट्राफिक प्रहरीहरू छक्क परेका छन् ।  ह्युन्डाई पालिसेड कारमा पछाडिको शीशा, अगाडिको शीशा, बोनेट, बम्पर र फ्रन्ट फेन्डर केही पनि थिएनन् । ...

फागुन २८, २०७९

लन्डनबाट मुम्बई गइरहेको एयर इन्डियाको एक विमानको बाथरूममा चुरोप पिउने एक अमेरिकी नागरिकविरुद्ध मुम्बई प्रहरीले उजुरी दर्ता गरेको छ ।  ती यात्रुले अन्य यात्रीहरूसँग दुर्व्यवहार समेत गरेका छन् ।  ...

चैत ६, २०७९

इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ ।  मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ ।  ...

चैत ६, २०७९

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १, २०७९

हवाई उडानका क्रममा एक महिला मास्क लगाएर सिटमा बसिरहेकी थिइन्, नजिकै रहेका अर्का करोडपति यात्रु स्टीव किसर्चले ती महिलालाई अनौठो अफर राखे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती पुरुषले महिलालाई मास्क फुकाल्...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x