पुस १२, २०७९
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
काठमाडाैं | फागुन ३०, २०७९
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति (कार्यकालका हिसाबले चौथो) को रूपमा रामचन्द्र पौडेलले शीतलनिवासको कार्यभार सम्हालेका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै ६ दशक बिताएका पाका राजनीतिज्ञ पौडेल राष्ट्रपतिको कुर्सीमा आसीन भएका छन् ।
लामो समय देशको अग्रणी राजनीतिक दल नेपाली कांग्रेसको राजनीति गरेका, पटक–पटक सांसद, मन्त्री र सभामुख समेत भइसकेका पौडेल समकालीन राजनीतिका तुलनात्मक रूपमा सादगी नेता हुन् । लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यताप्रति उनको अटुट आस्था रहेको पाइन्छ ।
गणतन्त्र स्थापनाको डेढ दशक पूरा भएपनि आम नागरिक यो व्यवस्थासँग सन्तुष्ट बन्न सकिरहेका छैनन् । देशमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनमा सुधार आउन नसक्दा जनतामा यो व्यवस्थाप्रति समेत आक्रोश छ । फलस्वरूप पूर्वपञ्चको पार्टी राप्रपाजस्ता राजतन्त्रप्रति आस्था राख्ने दलले आकार बढाइरहेका छन् । केही नयाँ दलको उदय भएको छ । कारण पुराना दलको कार्यशैली नै हो ।
गणतन्त्रप्रति आमजनतामा वितृष्णा बढिरहेको समयमा यसको साख जोगाउने जिम्मा पौडेलको काँधमा आएको छ । गणतन्त्रजस्तो उन्नत व्यवस्थाप्रति जनतामा वितृष्णा बढाउने काम यसको उच्च तहमा पुगेका पात्रले गरेका हुन् । सीमित पहुँचवाला र तरमारा वर्गले गणतन्त्रको तर खाइरहेको छ ।
केही समयका लागि राष्ट्रपति बनेको जनताको छोरोले शाहवंशीय राजाहरूले जस्तो राज्यको दोहन गरिरहेको कुराले जनतामा आक्रोश छ । नेपालको पहिलो राष्ट्रपति रामवरण यादवले उपचारका नाममा पटक–पटक राज्यकोषको दोहन गरेकोमा सर्वसाधारणको आक्रोश छ । ‘सादगी छवी’ बनाएका पौडेलले रामवरणप्रति अहिले जनतामा देखिएको आक्रोश महसूस गरुन् । रामवरणको ‘पार्ट टु’ नबनून् ।
स्कूल बस र एम्बुलेन्सलाई समेत रोकेर सडकमा आतंक मच्चाउँदै सवारी चलाउने प्रचलन हटोस् भन्ने नागरिकको सुझाव छ । राष्ट्रप्रमुखको सुरक्षालाई ध्यान दिँदै जनतालाई मर्का नपर्ने गरी सवारी चलाउन पौडेल स्वयंले अग्रसरता देखाऊन् । आर्थिक संकट र बजेट घाटाले गर्दा कर्मचारीलाई तलब खुवाउनै हम्मेहम्मे पर्ने गरीब देशका राष्ट्रपतिले तामझाम गरेको सुहाउँदैन ।
संविधानको पालक र संरक्षकको रूपमा रामचन्द्रले १५ वर्षमा देखिएका कमजोरीको निर्मम समीक्षा गरेर राष्ट्रपति पदको गरिमा बढाऊन् । राष्ट्रपति सडकमा आउँदा नागरिक आतंकित हुने होइन, नमन गर्ने आचरण देखाऊन् । गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिलाई कार्यकाल सफलताको शुभकामना !
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
सिंहदरबारलाई ओझेल पारेर प्रधानमन्त्रीको सरकारी निवासबाट सरकार सञ्चालन हुँदै आएकोमा नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो प्रथा तोड्ने संकेत गरेका छन् । ‘केही नयाँ गर्ने&rsq...
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । मतदानका लागि झण्डै डेढ महिना बाँकी रहेको समयमा आइतवार भएको मनोनयनले उम्मेदवारले मतदातासँग पर्याप्त अन्तरक्रिया गर्...
लोकतान्त्रिक विश्व समुदाय ‘खुला सरकार’को बहसमा रहेको समयमा नेपाली समाजलाई अँध्यारो युगतिर फर्काउने सोचसहित सूचनाको हकलाई संकुचित गर्ने प्रयास भएको छ । संविधानले नै सुनिश्चित गरेको सूचनाको हक...
स्वेच्छाचारी ढंगले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने सरकारी तयारीको विरोध गर्दै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले संसद् परित्याग गरे । केही नेपाल ऐन संशोधन गर्ने विधेयक सरकारले संसद्मा टेबल गरेकै दिन ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...