चैत ६, २०७९
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् ।
बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर मार्फत शिशुको बन्द भएको भल्भ खोलिएको हो । त्यसले रक्तप्रवाहलाई सहज गराएको थियो ।
जम्मा ९० सेकेन्डमा यो सर्जरी गर्न चिकित्सकहरू सफल भएका थिए । अहिले आमा र शिशु दुवै सुरक्षित छन् ।
एम्सको कार्डियोथोरासिक साइन्स सेन्टरमा यो अपरेसन गरिएको हो । एम्सका चिकित्सकहरूको टोलीले अहिले शिशुको मुटुको निगरानी गरिरहेका छन् ।
शिशुकी आमाको पछिल्लो तीन गर्भ खेर गएको थियो ।
पछिल्लो गर्भमा पनि शिशुको मुटुको अवस्था जोखिमपूर्ण देखिएपछि चिकित्सकहरूले अपरेसनको सल्लाह दिएका थिए । गर्भवती महिला र उनका पतिले अपरेसन गर्न मानेका थिए ।
शिशु आमाको गर्भमै हुँदा मुटुरोग छ भने पत्ता लगाउने प्रविधि विकसित भइसकेको छ । गर्भमा नै त्यसलाई ठीक पार्न सके जन्मेपछि बच्चाको स्वास्थ्य सामान्य रहन्छ ।
यो सर्जरी विधि एकदमै छिटो गर्नुपर्ने हुन्छ । गर्भस्थ शिशुको हार्ट चेम्बरलाई प्वाल पारेर अपरेसन गर्नुपर्ने हुँदा सानो चुक भएमा पनि बच्चाको ज्यान जान सक्छ ।
छिटो अनि अल्ट्रासाउन्डको सहायताले सही अनुमानका साथ अपरेसन गरिएकाले शिशुको मुटु अब सामान्य बनेको छ ।
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
गोमन सर्पले आफ्नो फणा उठाउँदा निकै भव्य देखिन्छ । आफूमाथि जोखिम आइलागेको अनुभव गरेमा गोमनले शरीरको एक तिहाइ भाग जमीनबाट मास्तिर उचाल्न सक्छ । एउटा गोमन साँप माटोको ढिस्कोमा माथिसम्म फणा उठ...
अस्ट्रेलियाको मेलबोर्नमा एकजना महिलाले क्षतिग्रस्त गाडी चलाएको देख्दा ट्राफिक प्रहरीहरू छक्क परेका छन् । ह्युन्डाई पालिसेड कारमा पछाडिको शीशा, अगाडिको शीशा, बोनेट, बम्पर र फ्रन्ट फेन्डर केही पनि थिएनन् । ...
इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...