चैत ७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...
काठमाडाैं | चैत १, २०७९
रुस–युक्रेन द्वन्द्व शुरू भएको एक वर्षभन्दा बढी समय भइसक्दा युद्ध टुंगिनुको साटो झन् चर्किने लक्षण देखिएको छ ।
मंगलवार कृष्ण सागर (ब्ल्याक सी) माथि उडिरहेको अमेरिकी एमक्यू–९ रीपर ड्रोनलाई रुसीहरूले सागरमा खस्न बाध्य बनाएका छन् । अन्तर्राष्ट्रिय हवाईक्षेत्रमा उडिरहेको आफ्नो निगरानी ड्रोनको सामुन्ने आएर त्यसको प्रोपेलरलाई रुसी लडाकू विमानले क्षतिग्रस्त बनाइदिएको आरोप अमेरिकी सेनाले लगाएको छ ।
उता रुसीहरूले चाहिँ उक्त ड्रोन युक्रेनविरुद्ध चलाइएको विशेष सैन्य कारवाहीका लागि स्थापित नियन्त्रित हवाईक्षेत्रभित्र आइपुगेकाले त्यसलाई रोक्न लडाकू विमान पठाइएको बताएका छन् । यस नियन्त्रित हवाईक्षेत्रका बारेमा महिनौंअघि सबैलाई जानकारी दिइसकेको रुसीहरू बताउँछन् ।
रुसी सञ्चारमाध्यममा आएका अपुष्ट खबरअनुसार, जासूसी प्रयोजनका लागि तैनाथ गरिएको उक्त ड्रोन क्राइमियाको सेभास्तोपोल बन्दरगाहबाट ६० किलोमिटर पर उडिरहेको थियो ।
रुसी सञ्चारमाध्यम आरटीका अनुसार, अमेरिका र नेटोले युक्रेन युद्ध शुरू भएपछि बाल्टिक र कृष्णसागर दुवैमा हवाई गुप्तचरी कारवाही बढाएका छन् । अमेरिकाले युक्रेनलाई गोप्य जानकारी तथा सूचना उपलब्ध गराएर रुसी सेनामाथि निशाना लगाउन सघाइरहेको छ ।
आफू यस युद्धको एक पक्ष नभएको भने पनि अमेरिकाले युक्रेनलाई हातहतियार, पैसा, सैन्य तालिम र सामरिक सूचना उपलब्ध गराइरहेको छ । सोमवार मात्र अमेरिकी सेनाको आणविक हतियार समेत बोक्न सक्ने बी–५२ बमवर्षक विमान जानाजान रुसको सेन्ट पिटर्सबर्गतर्फ उडेको अनि क्रुज क्षेप्यास्त्र प्रहार गर्न मिल्ने रेन्जसम्म पुगेर फर्किएको आरटी लेख्छ ।
अमेरिका चाहिँ अन्तर्राष्ट्रिय हवाईक्षेत्रमा उडिरहेको आफ्नो ड्रोनलाई रुसले तारो बनाउनु गैरजिम्मेवार कदम भएको बताइरहेको छ । सीएनएनमा आरेन लीबरम्यान, जेनिफर ह्यान्सलर, हेली ब्रिज्की र नताशा बर्ट्रान्डले तयार पारेको सामग्रीमा उल्लेख भएअनुसार, अमेरिकी रीपर ड्रोन अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि उडिरहेको बेलामा दुईमध्ये एक रुसी जहाजले जानाजान ड्रोनको अगाडि आएर ड्रोनमाथि कैयौंपटक इन्धन फ्याँकेको अमेरिकी सेनाको युरोपीयन कमान्डले बयान जारी गरेर जनायो ।
त्यसपछि रुसी विमानले ड्रोनको प्रोपेलरमा हिर्काइदियो अनि अमेरिकी सेनाले एमक्यू–९ ड्रोनलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा झारे, सीएनएन लेख्छ । रुसी विमान अमेरिकी ड्रोन नजिक ३० देखि ४० मिनेट उडेको अनि स्थानीय समयअनुसार बिहान ७ बजे जुधेको सीएनएनको सामग्रीमा उल्लेख गरिएको छ ।
रुसको रक्षा मन्त्रालयले चाहिँ ड्रोनको ट्रान्सपोन्डर बन्द गरेर अमेरिकीहरूले गलत मनसाय देखाएको संकेत गरेका छन् । अर्को ड्रोन वा विमानसँग नजुध्नका लागि सुरक्षित दूरी कायम गर्ने हिसाबमा ड्रोनहरूले ट्रान्सपोन्डर खुला राख्ने गरेका हुन्छन् ।
तर रुसीहरूको कुरामा विश्वास गर्ने हो भने अमेरिकी ड्रोनले युक्रेनलाई वसन्त याममा गर्न लागेको प्रत्याक्रमणका लागि महत्त्वपूर्ण सूचना उपलब्ध गराउन ट्रान्सपोन्डर अन नगरिकनै ड्रोन उडाउन खोजेको देखिन्छ । यसअघि रुसी हवाईक्षेत्र नजिक उडाइएका ड्रोनविरुद्ध रुसले कुनै कारवाही नगरेकाले पनि अमेरिकीहरूलाई ट्रान्सपोन्डर अफ गर्दा पनि फरक नपर्ने सोच आएको हुनसक्छ ।
आफ्नो विमानले अमेरिकी ड्रोनलाई छुँदा पनि नछोएको रुसको रक्षा मन्त्रालयको भनाइ छ । रुसी लडाकू विमानबाट बच्नका लागि ड्रोन दिशा परिवर्तन गर्ने क्रममा क्षतिग्रस्त भई सागरमा खसेको रुसीहरू बताउँछन् ।
अमेरिका र रुसमध्ये कसले सही कुरा भनिरहेको हो भनी यकिन गर्न गाह्रो छ । तर युक्रेन युद्ध शुरू भएदेखि पहिलोपटक दुई आणविक शक्तिराष्ट्र यसरी आमनेसामनेको स्थितिमा आउनु आफैंमा खतरनाक घटना हो ।
यस घटनामार्फत रुसले अमेरिका तथा उसका नेटो साझेदारलाई स्पष्ट रूपमा चेतावनी दिन खोजेको देखिन्छ । नेटोले युक्रेनलाई हातहतियार सहयोग गरी युद्ध लम्ब्याइरहँदा आफ्नो धैर्य गुम्दै गएको सन्देश मस्कोले दिन खोजेको हुनुपर्छ । युक्रेनको युद्धभूमिमा रुसी सैनिकहरूमाथि आक्रमण गर्न सघाउने पश्चिमका सबै हर्कतलाई निशाना बनाउन अब रुस नचुक्ने सन्देश पनि दिन खोजिएको बुझिन्छ ।
हुन पनि एमक्यू–९ रीपर ड्रोनले युक्रेनमा रहेका रुसी सैनिकहरूका विरुद्ध सूचना संकलन गर्ने अनि त्यसैको आधारमा युक्रेनले रुसी सैनिकमाथि सांघातिक आक्रमण गर्ने गरिरहेको थियो । युक्रेनले वसन्त याममा प्रत्याक्रमणको योजना बुनिरहेको सन्दर्भमा त्यसलाई सघाउन अमेरिकाले भरपूर सहयोग गरिरहेको स्पष्ट नै छ । आफ्ना सैनिकमाथि आक्रमण गर्ने स्रोतलाई नै ध्वस्त पार्ने सोचमा रुस अब पुग्न थालेको देखिन्छ ।
माथि पनि उल्लेख भएअनुसार, युक्रेन युद्ध शुरू भएदेखि नै अमेरिकी ड्रोनहरू कृष्णसागरमा उडिरहेका थिए तर रुसले कहिले पनि तिनलाई तारो बनाएको थिएन । अहिले आएर रुसले अमेरिकी ड्रोनविरुद्ध कारवाही गरी खुला चेतावनी दिएको हो ।
नेटोले हवाई गुप्तचरी बन्द नगरेमा आफूहरूले थप कठोर कारवाही गर्न नहिचकिचाउने सन्देश रुसले प्रवाहित गर्न खोजेको प्रतीत हुन्छ । अमेरिकी ड्रोनलाई कृष्ण सागरमा खस्नका लागि कारवाही गर्दा बाइडन प्रशासनले कस्तो किसिमको सैन्य प्रतिक्रिया जनाउँदो रहेछ भनी हेर्नका लागि पनि रुसले यो कदम चालेको हुन सक्छ ।
भूराजनीतिक विश्लेषक पेपे एस्कोबारले अमेरिकाको रीपर ड्रोन इटलीको सिसिलीस्थित सिगोनेलामा रहेको नेटो सैन्य अड्डाबाट उडाइएको अनि क्राइमियासम्म लान खोजिएको बताएका छन् । रुसको इलेक्ट्रोनिक वारफेयर इकाइले अमेरिकी ड्रोनलाई सही दिशातर्फ डोहोर्याउने भूउपग्रहीय सूचनामा पहुँच बन्द (जाम) गरिदिएको उनी लेख्छन् । त्यसपछि अन्धाधुन्ध उडेर ड्रोन ध्वस्त भएको अनि कृष्ण सागरमा खसेको उनको भनाइ छ ।
रुसी सेनाको कृष्ण सागर बेडाले उक्त ड्रोनको कम्प्युटर मेमोरी चिपहरू बरामद गरिसकेको आरटी लेख्छ । रुसी जलसेनाले ड्रोनका टुक्राटाक्री हात पारेको अमेरिका र नेटाले पी–८ए तथा जी–५५० निगरानी विमानबाट हेरिसकेको आरटीको सामग्रीमा उल्लेख छ । यसरी रुसीहरूको हातमा अमेरिकी ड्रोनको महत्त्वपूर्ण जानकारी हात पर्नु अमेरिकाका लागि जोखिम हो ।
अमेरिकाका लागि रुसका राजदूत एनाटोली एन्टोनोभले यस घटनापछि वाशिङटनले रुसी सीमानजिक विमान वा ड्रोन उडाउन छोड्ने अपेक्षा आफूहरूले गरेको बताएका छन् । अमेरिकाको मुख्यभूमिबाट हजारौं माइल टाढा ती ड्रोनहरू किन उडाइरहनुपर्यो भनी उनले प्रश्न गरेका छन् ।
उनको यो प्रश्न जायज छ । मानौं, रुसले आफ्नो मुख्यभूमिबाट सबभन्दा नजिकको सीमाक्षेत्र अलास्कामा अमेरिकी सैन्य अड्डा निकट अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफ्ना गुप्तचर ड्रोनहरू नियमित रूपले उडाएमा अमेरिकी सरकारले कस्तो प्रतिक्रिया जनाउँथ्यो होला ? पक्कै पनि अमेरिकी अधिकारीहरूले रुसलाई यस्तो किसिमको आक्रामक कारवाही रोक्न माग गर्थे । त्यसैले अमेरिका आफूले चाहिँ रुस नजिक यसरी सैन्य विमान वा ड्रोन उडाउँदा रुसले आपत्ति जनाउनु अस्वाभाविक मान्न सकिँदैन ।
तर यस्ता किसिमका घटनाहरू दोहोरिएमा यसले युद्धको दायरा फराकिलो बनाएर दुई आणविक महाशक्तिको भिडन्तको स्थिति ल्याउने जोखिम पनि छ । सानो गल्ती वा अज्ञानताले समेत युद्धलाई चर्काइदिन सक्छ । अमेरिकाले यस घटनामा कस्तो किसिमको सैन्य प्रतिक्रिया जनाउँछ भन्ने कुराले आगामी घटनाक्रम निर्धारित गर्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...
प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...
नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ । पुटिनले गैरकानूनी...
‘१० पुसमा बनेको सत्ता गठबन्धन भत्किएर १० फागुनमा चुनाव अगाडिको ५ दलीय गठबन्धन ब्युँतिन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले १ फागुनमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा यस्तो भा...
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...