चैत १७, २०७९
सिप्रदी ट्रेडिङ प्रालिले बागलुङमा आफ्नो २६औं शाखा सञ्चालनमा ल्याएको छ । चैत १६ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ । उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रम...
दक्षिण कोरियन निर्माणजन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एनपी निर्माण सेवा प्रालिबीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी भएको छ ।
इटहरीमा रहेको एनपी निर्माण सेवाले इन्नो सीएसआरद्वारा विकसित नन फायर इँटा उत्पादन प्रविधि ‘द गुड ब्रिक्स सिस्टम’मा सहकार्य गर्दा कोशी प्रदेशको विकास तथा निर्माणका लागि महत्वपूर्ण हुने साम योन सुक लिले बताए ।
इन्नोसीएसआरले हालै नेपालका विभिन्न भागहरूमा इँटा उद्योगहरू तथा निर्माण कम्पनीहरूसँग समेत सहकार्यको घोषणा गरेको छ ।
साम योन सुक लीले ‘ कोशी प्रदेशमा रहेको एनपी निर्माण कम्पनीसँग भएको साझेदारीप्रति खुशी प्रकट गरेका छन् ।
गुणस्तरीय इँटा उत्पादन गरि निर्माणका क्रममा वायु प्रदूषण कम गर्ने उनको भनाइ छ ।
‘माटो, सिमेन्ट र सोयल स्टेपलाइजरको मिश्रणबाट बनेको गुड ब्रिक्स सिस्टमले इटाको गुणस्तरका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ,’ उनले भने ।
'कोशी, बागमती र गण्डकी प्रदेशसहित नेपालभरि तीव्र गतिमा साझेदारी तथा उद्योग स्थापना बढाउँदै गएकाले यस प्रविधिबाट तयार पारिएको इँटाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । साम येन सुक ली थप्छन्, 'ग्राहक सेवाको सहजतालाई ध्यानमा राख्दै हामीले चाँडै नै ७ वटै प्रदेशमा कम्पनी सञ्चालनमा ल्याउने योजना बनाएका छौं ।'
आगोमा नपोली वातावरणमैत्री र अन्तर्राष्ट्रिय मापदण्डको इँटा इटहरीमै उत्पादन गर्ने सम्झौता गर्दा आफूहरू उत्साहित भएको एनपी निर्माण कम्पनीका सञ्चालक मनिता दंगालले बताइन् ।
इन्नोसीएसआर सन् २००८ मा स्थापित विश्वस्तरीय निर्माण सामग्री प्रविधि प्रदायक कम्पनी हो । कम्पनीले ‘गुड ब्रिक्स सिस्टम’ मार्फत एसिया र एसिया बाहिरका मुलुकहरूमा निर्माणकार्यलाई अझ सहज र मजबुत बनाउने लक्ष्य राखेको छ । यस सिस्टममार्फत उत्पादित इँटाको प्रयोगले वातावरणलाई समेत नकारात्मक असर नपार्ने कम्पनीको दाबी छ ।
एनपी निर्माण सेवा २०७५ सालमा स्थापना भएको कम्पनी हो । कम्पनी इटहरी र आसपासका क्षेत्रमा निर्माण सामग्री आपूर्ति गर्दै विभिन्न निर्माण कार्यमा सहभागी हुँदै आएको छ।
सिप्रदी ट्रेडिङ प्रालिले बागलुङमा आफ्नो २६औं शाखा सञ्चालनमा ल्याएको छ । चैत १६ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ । उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रम...
नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ । 'पावर अफ फाइभ' योजनाअन्तर्गत कम्प...
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टीमले पूर्णता पाएको छ । लामो समयको छलफलपछि आज भएको बैठकबाट उमेशलाल श्रेष्ठ समुहको टीमले पूर्णता पाएको हो । उक्...
नेपालको लागि रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ एक्सचेन्ज मेला शुरू गरेको छ । चत १५ गतेदेखि शुरू मेला १७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यस एक्सचेन्ज कार्...
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार ...
सामसुङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसुङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नयाँ संस्करणका स्मार्टफोनहरू नेपाल ब...
यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...