चैत ७, २०७९
गायक रामचन्द्र चन्दले नयाँ गीत सार्वजनिक गरेका छन् । समीक्षा अधिकारीसँगको युगल स्वरमा उनले ‘घाँटी रेट्नलाई’ बोलको गीत ल्याएका हुन् । यो प्रेम विरहको गीतको शब्द प्रकाश न्यौपानेले कोरेका हुन् । नन्...
काठमाडाैं | चैत ३, २०७९
हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ ।
लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् ।
गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै पहिलो पटक प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् ।
गीतको भिडियोमा चेलबेटी बेचबिखन विरुद्धको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।
हरिवंशका अनुसार उनले यो गीत निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन् ।
‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासी काउलीको प्रसंग निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्यो । त्यसपछि यसले गीतको स्वरूप पाएको हो । ’
गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे ब्रतबन्धतिर उफ्रि उफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरु पनि उफ्रि उफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने ।
यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र गम्भीर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।
नवराज उप्रेतीको छायाँकन रहेको भिडियो बनिश शाहको सम्पादनपछि सार्वजनिक गरिएको हो ।
गायक रामचन्द्र चन्दले नयाँ गीत सार्वजनिक गरेका छन् । समीक्षा अधिकारीसँगको युगल स्वरमा उनले ‘घाँटी रेट्नलाई’ बोलको गीत ल्याएका हुन् । यो प्रेम विरहको गीतको शब्द प्रकाश न्यौपानेले कोरेका हुन् । नन्...
गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’लाई मेल, फिमेल र चाइल्ड तीनवटै भर्सनमा स्वर दिनेहरू गीतका आधिकारिक र वास्तविक गायक–गायिका रहेको बताएका छन् । उनले यस विषयमा कुनै विवाद गर्नुप...
‘दोलखामा जिरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक यो गीतमा डि.आर सुजन र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । विमला हुमागाइँ (बोधश्री)को शब्द रहेको गीतमा गाय...
चैत २ देखि सुरु भएको छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो दिन आइतवार ‘चलचित्र नीतिः नीति मात्र कि व्यवहार पनि ?’ विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा स...
चैत्र २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’ विविध कारणले चर्चामा छ । विशेषगरि, यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको कथावस्तु र प्रस्तुतिलाई लिएर दर्शकमा प्रतीक्षा बढेको हो । सञ्चा...
हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको फिल्म ‘नांगो गाउँ’ले १५ दिने वर्कसप सम्पन्न गरेको छ । निर्देशक लामाका अनुसार फिल्मको निर्देशन टिम, प्रोडक्श...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...