चैत ६, २०७९
अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९&r...
नुवाकोटको म्यागङ गाउँपालिकाले चालू शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिइन् । उनको अनुसार एसईईमा ४ जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३ दशमलव ६ देखि ४ भन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भएको छ ।
एसईईमा ४ जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३ दशमलव ६ देखि ४ भन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भएअनुसार कार्यविधि बनाएर कार्यान्वयन गर्न लागिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले जानकारी दिए । उनका अनुसार यो व्यवस्था चालू शैक्षिकसत्रदेखि शुरू गर्न लागिएको हुँदा आवश्यक बजेटको सुनिश्चित भइसकेको छ भने कानूनी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ ।
‘अहिले विद्यार्थी एसईईको तयारीमा लागिरहेकाले उनीहरूको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो,’ शिक्षा शाखा प्रमुख रावतले भने, ‘यसअघिका परीक्षा र हालै भएको १० कक्षाको आन्तरिक परीक्षामा उत्कृष्टको नजिक–नजिकको अंक ल्याएकालाई थप लगनशील बनाउन गाउँपालिकाको निर्णयले थप ऊर्जा मिल्नेछ ।’
विभिन्न ६ वडा रहेको म्यागङ गाँउपालिकामा माध्यमिक तहसम्म अध्ययन गराउने विद्यालयको संख्या ७ रहेको छ । ती विद्यालयमा चालू शैक्षिक सत्रमा एसईई दिने विद्यार्थीको संख्या ३०० हाराहारीमा रहेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।
अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९&r...
हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, ‘चामेमै पढ्न पाइने जतिसम्म पढें, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।’ जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् ...
सुन्दा अचम्म लाग्न सक्छ, लोक सेवा आयोगले लिएको परीक्षामा एकै व्यक्तिले १ वर्षमा ४ वटा परीक्षा उत्तीर्ण गरिन् । तर धनकुटाकी २३ वर्षीया युवतीले १ वर्षमा ४ वटा परीक्षामा नाम निकालेकी छन् । धनकुटाकी नविना दाहालले ए...
कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।...
कैलालीका करीब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा ९ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो । ...
पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ । बिहीबार कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यतासहित अ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...