×

Nic Asia
Dabur
Prabhu Bank

गुणस्तरीय प्राविधिक शिक्षाका लागि क्वालिटी परियोजना शुरू

बुटवल | चैत ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ‘क्वालिटी’ परियोजना शुरू गरेको छ । 

yONNEX
IME BANK INNEWS

स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गरेर युवाहरूलाई गुणस्तरीय प्राविधिक शिक्षाको पहुँचमा पुर्‍याउन कार्यक्रम शुरू गरिएको हो ।


Advertisment
RMC TANSEN
NIC ISLAND BOX

परियोजनाको विषयमा मन्त्रालयले शुक्रवार विभिन्न पालिकाका प्रमुख/उपप्रमुखहरू र सरोकारवाला पक्षसँग लुम्बिनीमा प्रादेशिक अभिमुखीकरण कार्यशाला गरेको छ । 

सो अवसरमा बोल्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लुम्बिनी प्रदेशका प्रमुख निर्देशक गोपाल आचार्यले प्राविधिक क्षेत्रमा जनशक्तिको ठूलो अभाव रहेकाले त्यसलाई छिटो पूर्ति गर्नुपर्नेमा जोड दिए । आचार्यले दरबन्दीअनुसार कर्मचारी नहुँदा समयमै नतिजा र तालिमहरू सञ्चालनमा कठिनाइ भएको बताए । 


Advertisment
Lokantar App
Saurya island

मन्त्रालयका अधिकृत तथा महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (सीटीईभीटी) लागू भएका शिक्षालय र विद्यालयमा कार्यक्रम सञ्चालन हुने बताए । ‘यो कार्यक्रम प्राविधिक शिक्षामा धेरै सुधार ल्याउनेछ,’ ज्ञवालीले भने, ‘प्राविधिक शिक्षालयहरूको ग्रेडिङ गर्ने, क्षमता वृद्धि गर्ने, प्रशिक्षक/शिक्षकलाई तालिमको व्यवस्था गर्ने र विद्यालय सुधार गर्नेछ ।’ 

तानसेन नगरपालिका पाल्पाका उपप्रमुख प्रतिक्षा सिंजालीले सीटीईभीटीबाट उत्पादित जनशक्तिलाई नेपालमै रोजगारको अवसर हुनुपर्ने बताइन् । कार्यक्रममा क्वालिटी परियोजना सहयोग इकाई स्वीस कन्ट्रयाक कार्यक्रमका शिक्षाविद् डा. उषा भण्डारी र परियोजनाका टीम लिडर भानु पण्डितले प्रशिक्षण दिएका थिए । 

Vianet communication

लुम्बिनीमा सीटीईभीटीका आंगिक स्कूल १० वटा, पार्टनरशिपका ३ वटा, सीटीईभीटी लागू भएका ६० वटा र ९ देखि १२ कक्षासम्म प्राविधिक शिक्षा सञ्चालन गरेका १०० वटा स्कूलहरू रहेका छन् ।

hAMROPATRO BELOW NEWS
JYOTI
TATA Below
चैत १२, २०७९

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्‍याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ। यस वर्ष कक्षा ६ द...

चैत १४, २०७९

इन्जिनियरको लाइसेन्स परीक्षामा ७२ प्रतिशत अनुत्तीर्ण भएका छन्।  मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । परीक्षामा सहभागी भएका १ हजार ९ सय ८१ जना विद्यार्थीमध्...

चैत १२, २०७९

बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ । भौगोलिकरूपमा निकै विकटमा...

चैत १२, २०७९

इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरु गरेको छ ।  आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा काउन्सिलले उत्तीर्ण भएकाहरूले व्यवसाय गर्न पहिलो पटक लाइसे...

चैत १८, २०७९

हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रूपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ ।  ...

चैत १२, २०७९

मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट...

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

ad
x