चैत ८, २०७९
नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...
विराटनगर भन्सार कार्यालयमा राजस्व संकलनको अवस्था दयनीय देखिएको छ ।
आर्थिक वर्ष सकिन अब ४ महिना मात्रै बाँकी छ । फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशत अर्थात् २२ अर्ब ३४ करोड ८ लाख मात्रै राजस्व संकलन गरेको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार फागुन महिनासम्मको लक्ष्यमा असूली ५७ दशमवल ३८ प्रतिशत रहेको छ । विराटनगर भन्सारको वार्षिक लक्ष्य ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राखिएको थियो । नयाँ आर्थिक वर्ष आउन अब १२४ दिन मात्रै बाँकी छ । कार्यालयले अब लक्ष्यअनुसार उठाउनका लागि दैनिक ३० करोड रुपैयाँ बढी राजस्व उठाउनुपर्ने हुन्छ । बाँकी १२४ दिनमा ३७ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ राजस्व असूली गरे मात्रै भन्सार कार्यालयले लक्ष्य भेट्टाउँछ ।
विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । कोभिड महामारीको समयमा कूल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असूली गरेको थियो तर चालू आवमा भने आर्थिक वर्षको नजिक आइपुग्दा पनि ५८ प्रतिशत पनि उठाउन सकेको छैन ।
आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो तर लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत संकलन गरेको थियो ।
२०७७/०७८ मा ४६ अर्ब १४ करोड ९८ लाख ८९ हजार रुपैयाँ लक्ष्य राखेकोमा ४० अर्ब ८१ करोड ९० लाख १३ हजार असूली गरेको थियो । लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत असूली गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ राखिएको थियो भने असूली ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार गरेको थियो । ८१ दशमलव ४१ प्रतिशत असूली गरेको कार्यालयले चालू आवमा भने कम राजस्व संकलन गरेको छ । राजस्व संकलन लक्ष्य पूरा हुने सम्भावना न्युन रहेको कर्मचारीहरू बताउँछन् ।
विराटनगर भन्सार कार्यालय पाँचौं नम्बरमा पुगेको कर्मचारीहरू बताउँछन् । जोगवनी नाकाबाट नै बालबालिका प्रयोग गरेर सामग्री ओसारपसार गर्न लगाउनाले पनि राजस्वमा असर गरेको कर्मचारी बताउँछन् । ‘एकपटक ल्याएको ५० रुपैयाँ दिँदा रहेछन्, बालबालिकाले भारततिरबाट ल्याएर नाका कटाइदिन्छन् । चाउचाउ, कोक, कपडा, पास्ता, चकलेट जस्ता वस्तु भन्सारबाट आउनै छोडिसक्यो । कोक नेपालभन्दा भारतमा १०० रुपैयाँ फरक पर्दोरहेछ,’ ती कर्मचारीले भने, ‘दैनिक लाखौं रुपैयाँ उठ्ने सामग्री जोगवनी नाकाबाट तस्करी हुन्छ । सुनसरीतिरका नाकाबाट मैदा कन्टेनरमै आउँछ, त्यहाँ कुनै वास्ता गरिँदैन । यसरी दैनिक ३ ट्रकजति सामग्री बालबालिकाको माध्यमबाट ओसारपसार हुने गरेको छ । गृहमन्त्री रवि लामिछाने हुदाँ सुधार भएको थियो तर अहिले गृहमन्त्री पनि नभएकाले झन् भन्सार छली हुने क्रम बढेको देखिन्छ ।’
नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रु...
नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रु...
नारायणी र तिनाउ नदीमा नेपाल भित्रिएको अहिलेसम्मकै नयाँ प्रविधिको पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दुई प्रमुख नदी नारायणीमा ‘हाइटेक र तिनाउमा सिग्नेचर ब्र...
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रु...
वैदेशिक रोजगारमा रहेका श्रमिक आजबाट सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक सुरक्षा कोषले आयोजना गरेको एक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएका श्रमिक ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...