चैत ४, २०७९
कैलालीका करीब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा ९ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो । ...
विराटनगर | चैत ४, २०७९
सुन्दा अचम्म लाग्न सक्छ, लोक सेवा आयोगले लिएको परीक्षामा एकै व्यक्तिले १ वर्षमा ४ वटा परीक्षा उत्तीर्ण गरिन् । तर धनकुटाकी २३ वर्षीया युवतीले १ वर्षमा ४ वटा परीक्षामा नाम निकालेकी छन् ।
धनकुटाकी नविना दाहालले एकै वर्षमा ४ वटा लोक सेवा परीक्षामा नाम निकाल्न सफल भएकी छन् ।
सहायक महिला विकास निरीक्षक (कोशी प्रदेश), सहायक पाचौं सामान्य प्रशासन (गण्डकी प्रदेश), सहायक पाचौं प्रशासन लेखा (कोशी प्रदेश) र नायब सुब्बा जलेश्वरबाट खुलातर्फ १ नम्बरमा सिफारिस भएकी छन् उनी । हाल उनी विराटनगर महानगरपालिकाको २ नम्बर वडामा कार्यरत छिन् ।
लोक सेवा आयोग जलेश्वर कार्यालय अन्तर्गत उनले दिएको नायव सुब्बा सोसरह पदको परीक्षामा पहिलो नम्बरमा नाम निकालेकी छन् । खुला कोटामा उनले नाम निकालेकी हुन् । उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीमा पदस्थापन भएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका सहायक पाँचौं भोजपुरको अरुण गाउँपालिका महिला विकास शाखामा रहेर पनि उनले काम गरिन् ।
उनी स्नातक सकेर डिग्रीमा अध्ययन गरिरहेकी छन् । उनका बुवाआमा नै शिक्षक हुन् । बुवा हरि दाहाल, आमा शान्ता दाहाल दुवै जना धनकुटामै पढाउँछन् । बुवाआमा दुवै जना शिक्षक भएकाले पनि उनको पठनपाठनमा कुनै समस्या छैन । उनले पनि सामुदायिक विद्यालयबाटै अध्ययन गरेकी हुन् ।
निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढिरहँदा नविनाले सामुदायिक विद्यालयको पनि पढाइ कमजोर छैन भन्ने पुष्टि गर्छिन् । जुनसुकै विद्यालयमा पढे पनि आफ्नो पढाइ र लगनशीलतामा भर पर्ने उनी बताउँछिन् ।
पहिलोपटक दिएको परीक्षामा असफल भएपछि दोस्रोपटक परीक्षा दिँदा पास भएको उनी बताउँछिन् । फेसबूकका फोटो हेरेर धेरै आफन्तहरूले ‘यो घुम्छे मात्रै, केही गरी खान्न’ भन्ने गरेको उनी सम्झिन्छिन् । लोक सेवाको परीक्षामा पास गरेपछि गाली गर्नेहरू पनि खुशी भएका छन् ।
‘कोरोनाको महामारीभन्दा अगाडि पहिलोपटक लोक सेवाको परीक्षा दिएकी थिएँ । मलाई सफलता मिलेन । हरेश पनि खाइनँ । मेरो तयारी पुगेको रहेनछ भनेर थप मेहनत गर्न थालें तर नेपालमा लोक सेवा पास गर्न टुप्पी कसेर पढ्नुपर्छ भन्ने चलन छ । मैले त्यसरी कहिल्यै पनि पढिनँ । राति अबेरसम्म पढेर सुत्ने र बिहान ३ बजे नै उठेर पढ्नुपर्छ भन्छन्, त्यो अहिलेसम्म मैले गरेको छैन । माइन्ड फ्रेस बनाएर पढ्ने हो । म परीक्षा लेख्नुभन्दा २ दिन अगाडि पनि फिल्म हेर्न हलमा गएको थिएँ । पढाइभन्दा प्राक्टिसमा धेरै ध्यान दिएँ । कोरोनाको समयमा कलेज बन्द भएकाले लोक सेवाको तयारी गर्न थप मद्दत पुग्यो,’ उनले भनिन् ।
मेहनत गरेर अगाडि बढेमा सफल भइन्छ भन्ने विश्वास र भरोसा हुनुपर्ने उनले बताइन् । लोक सेवामा उत्तीर्ण हुनका लागि पढ्ने तरिका, पढेको कुरा सम्झने तरिका र लेख्ने तरिका फरक पार्नका लागि पनि दिमागलाई दबाब नभई ‘फ्रेस’ बनाउनुपर्ने उनको तर्क छ ।
नविना र उनका दाइ जुम्ल्याया हुन् । उनी १ वर्षकी हुँदा उनलाई मामा घर लगिएको थियो । उनको मामा घर भोजपुर हो । ४ वर्षको भएपछि उनलाई घरमा ल्याएर पढाउन थालिएको हो । जुम्ल्याया बच्चा हुर्काउन समस्या भएको भन्दै उनलाई मामा घरमा लगिएको थियो ।
उनले आफ्नो लक्ष्य मुख्यसचिवसम्म भएको बताइन् । ‘कतिपय माथिल्ला पद राजनीतिले पनि असर गर्छ भन्छन्,’ उनले भनिन्, ‘तर त्यसो नभएमा मेरो लक्ष्य मुख्यसचिव हुने भन्ने नै हो ।’
आफैंले आफैंलाई सफल बनाउन खोज्नुपर्ने उनी बताउँछिन् । ‘विश्वास आफूले आफूलाई गर्दा १ दिन सफलता हातमा पर्छ,’ उनले भनिन्, ‘ब्याचलर सकेर जब काठमाडौं छिरे, तब मैले देखेको एउटा सपना, जुन आज पूरा भएको छ ।’
परिवारको साथ र हौसलाले पनि सहयोग गरेको उनले बताइन् । दोहोरो जिम्मेवारीका कारण पनि महिलाहरूले पढ्न पाउँदैनन् तर उनको जीवनमा यो कुराले मेल खाएन । परिवारले पढ्ने वातावरण मिलाइदिएकै कारण सफलतामा साथ मिलेको उनले बताइन् । देशको आधाभन्दा बढी जनसंख्यालाई प्रतिनिधित्व गर्ने महिलालाई अवसरबाट वञ्चित नगरी उनीहरूलाई काम गर्ने वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ ।
आफ्नो काम र काम गर्ने शैलीले पनि फरक पार्ने भएकाले आफूसँग भएको क्षमता प्रदर्शन गर्ने बेला आएको उनले बताइन् ।
कैलालीका करीब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा ९ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो । ...
चितवन जिल्लाका २ पालिकामा १३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतवार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा तथ्यांक सार्वजनिक गरिएको हो । भरतपुर महानगरपा...
महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी संगठनले निर्वाचन समितिको कार्याल...
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ‘क्वालिटी’ परियोजना शुरू गरेको छ । स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षे...
हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, ‘चामेमै पढ्न पाइने जतिसम्म पढें, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।’ जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् ...
चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले लिएको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा प्रतिक भण्डारी ‘टपर’ बनेका छन् । भण्डारीले १७८.७५ अंकका साथ पहिलो स्थान सुरक्षित गरेका ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...