चैत ९, २०७९
हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म ‘अन्जाज’मा दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो । शंकर...
गायक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीको अभिनयमा ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक गरिएको छ ।
यो गीतमा गायक प्रविण बेडवाल र गायिका रचना रिमालको स्वर छ ।
चिन्तामणि शिवाकोटीको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् भने संगीत संयोजन सुरज श्रेष्ठको छ ।
यस गीतको भिडियोमा सुनिल बि.कको कथा एवं निर्देशन छ ।
उनी प्रकाश सपूतका सहोदर भाइ हुन् । सार्वजनिक गीत र भिडियोमा वैदेशिक रोजगारीमा जानेको पीडा देखाइएको छ ।
भिडिओमा प्रकाश सपूत र वर्षा शिवाकोटीलाई दम्पतीको रूपमा प्रस्तुत गरिएको छ । गीतमा उनीहरूसँगै प्रविष्टि सपूत, अपिल ढकाल, खेम नेपाली घर्ती, कृष्ण ढुंगाना लगायतको अभिनय छ ।
मानकृष्ण महर्जनले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।
गीतकार चिन्तामणि सिवाकोटीको युट्युब च्यानलमार्फत शुक्रवार यो गीत सार्वजनिक गरिएको हो ।
हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म ‘अन्जाज’मा दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो । शंकर...
‘बुद्ध थिएटर फेस्टिभल’को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ । जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ । गौतम बुद्धको दर्शन तथ...
नयाँ वर्षको अवसर पारेर वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘नाईं नभन्नू ल ६’ । यसका अघिल्ला पाँचवटै श्रृङ्खलाले बक्स अफिसमा आक्रामक कमाइ गरेका कारण यस चलचित्र प्रतीक्षित मानिए...
लोकप्रिय गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । सुदूरपश्चिमको सुगन्ध मिसाएर उनले ‘मायाले नै हो रैछ’बोलको गीत सार्वजनिक गरेका हुन् । यो प्रेमगीतमा हेमन्त र ‘धोकेबाज’ फ्रेम्...
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायाङ्कन सुरु गरिएको छ । व्यावसायिक तथा समीक्षात्मक दुवै रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन ला...
हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अलपत्र रहेको चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई लिएर तनावमा छन् । ‘धुर्मुस’ले ए...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...