×

Nic Asia
Dabur
Prabhu Bank

भारतीय दूतावासमा मनाइयो स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

काठमाडाैं | चैत ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतीय राजदूतावासमा शनिबार एक कार्यक्रमको आयोजना गरी २१औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइएको छ ।

yONNEX
IME BANK INNEWS

कार्यक्रममा गत वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका विद्यार्थीलगायत दुई सय ५० भन्दा बढीको उपस्थिति थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आगामी वर्षदेखि स्वर्ण जयन्ती छात्रवृत्ति पाउने जेहेन्दार विद्यार्थीलाई विभिन्न विधामा भारतीय दूतावासको विशेष ‘रोल अफ अनर’ प्रदान गर्ने घोषणा गरे।

​मन्तव्यका क्रममा राजदूत श्रीवास्तवले २१औँ ब्याचका छात्रवृत्ति विजेता विद्यार्थीलाई बधाई दिएका थिए। 


Advertisment
Lokantar App
Saurya island

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयका उपकूलपति प्राडा शिलु मानन्धर बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा तिलकराम आचार्य, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राडा पूण्यप्रसाद रेग्मी उपस्थित थिए। 

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा यो स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो ।

Vianet communication

यो योजनाको शुरूआतमा ५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्ति सङ्ख्या थपेर एक सय पुर्‍याइएको थियो ।

यस प्रतिष्ठित योजनाबाट हालसम्म नेपालका ७७ जिल्लाका तीन हजार विद्यार्थी लाभान्वित भइसकेका छन् ।

स्वर्ण जयन्ती छात्रवृत्ति पाएका कूल विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।

यस पटक स्वर्ण जयन्ती छात्रवृत्ति पाएका ७३ जिल्लाका दुई सय विद्यार्थीमध्ये ४४ प्रतिशत छात्रा रहेका दूतावासले जनाएको छ । स्वर्ण जयन्ती छात्रवृत्ति योजनाअन्तर्गत यो वर्ष ८ जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनोट गरिएको छ ।

नेपाल र भारतका विश्वविद्यालयमा स्नातक तहमुनिका र स्नातक तहमा औषधि विज्ञान, इञ्जिनियरिङ, दन्त विज्ञान, कला, कमर्स, विज्ञान, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फर्मिङ आर्टसलगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झण्डै एक हजार ६ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ ।

सन् २००६ यता हालसम्म २७ हजार नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई ग्राउण्डेड गरेको छ ।       प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङब...

चैत ७, २०७९

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारी प्रशासनभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात भएको बताएका छन् ।  नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बागमती प्रदेशको दोश्रो अधिवे...

चैत ७, २०७९

न्द्वकालका अयोग्य लडाकुलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनही २÷२ लाख दिने भनि गरेको निर्णयको बहिर्गमित जनमुक्ति सेना नेपालले स्वागत गरेको छ ।  मंगलबार राजधानीमा सम्मेलन गर्दै बहिर्गमित जनमुक्...

चैत ७, २०७९

आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल  नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४  बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान ...

चैत ७, २०७९

३ दशकदेखि नेपाली साहित्यमा पृथक् पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ। लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो। कोरोनातन्त्...

चैत ७, २०७९

नेपाल शिक्षक संघले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।  उक्त अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैक...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x