जेठ १८, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान आज (बिहीवार) सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री राय...
चैत ७, २०७९
कलंकी–कोटेश्वर खण्डअन्तर्गत खसीबजारदेखि बल्खुसम्मको सडकको 'सर्भिस लेन' डोजर लगाएर भत्काउन थालिएको छ ।
करीब साढे २ किलोमिटर सडकको पिच भत्काएर पुन: नयाँ पिच गर्न लागिएको हो ।
सामान्य रूपमा हेर्दा ठीकठाक देखिएको सडक एकाएक डोजर लगाएर भत्काउन थालिएपछि सर्वसाधारणले आश्चर्य व्यक्त गरिरहेका छन् ।
सो लेन भत्काएर नयाँ पिच गर्नका लागि पी.आर कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
'सडकमा कतै खाल्डाखुल्डी र पानीले पिच दबेका कारण भत्काएर नयाँ पिच गर्न लागिएको हो । यदि यसलाई माथिबाट मात्र सम्याएर पिच गर्ने हो भने तलको ग्राभेल झनै दब्छ, त्यसैले यो पिचलाई पूरै उप्काएर बाक्लो र राम्रो पिच गर्न लागेको हो,' पी.आर कन्स्ट्रक्सनका इन्जिनीयर महेश कार्कीले लोकान्तरसँग भने ।
खसीबजारबाट बल्खुतर्फ आउँदा बायाँतर्फको उक्त सर्भिस लेन भत्किरहँदा दायाँतर्फको लेन भने लामो समयदेखि अलपत्र छ ।
बल्खुदेखि कोटेश्वरसम्मको खण्डमा पनि सर्भिस लेन भत्काउने तयारी रहेको ती इन्जिनीयरले बताए ।
त्यसका लागि थप दुईवटा खण्डका लागि वर्ल्डवाइड कन्स्ट्रक्सन र एसके कन्स्ट्रक्सनले ती लेनलाई पिच गर्ने गरी जिम्मा पाएका छन् ।
हेर्नुहोस्, भिडियो :
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान आज (बिहीवार) सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री राय...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनमा आध्यात्मिक अनुभूति गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । शुक्रवार मध्य प्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको भ्रमण गर्न लागेका प्रचण्डसँग मोदीले बिहीवार ...
भारतले रामायण सर्किट परियोजनालाई मूर्त रूप दिनका लागि छिट्टै काम थालिने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनमा रामाय...
सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण संविधानविपरीत भएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उन...
सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देश...
साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज (बिहीवार) त्यसतर्फ प्रस्थान गर्दैछ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६८ जनालाई राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...