जेठ १६, २०८०
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरल...
राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले झापाको रोलिङ क्लबमाथि ४–१ को फराकिलो जित कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । त्रिभुवन आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पिजङ्ग कार्की, सुदिल राई र पदम मोक्ताङले गोल गरेका थिए ।
पराजित रोलिङ क्लबका लागि विदेशी खेलाडी डेडी वाम्बाले पेनाल्टीमार्फत खेलको ६४औँ मिनेटमा एक गोल फर्काए ।
खेलको सुरुआत चरणबाटै झापालाई दवाबमा राखेको आर्मीले तेस्रो मिनेटमा अग्रता बढायो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मी ४–१ गोल अन्तरको स्पष्ट जितसहित सेमीफाइनल प्रवेश गर्न सफल भएको हो ।
खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजङ्ग कार्की घोषित भए । उनले नगद रु १० हजार पाए ।
आजको अन्तिम क्वार्टरफाइनल खेलसँगै इटहरी गोल्डकपको क्वार्टरफाइनल समीकरण यात्रा पूरा भएको छ । भोलि बुधबारको पहिलो सेमिफाइनल खेल साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा तथा ए डिभिजन क्लब मछिन्द्रबीच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।
मछिन्द्रले कञ्चनजङ्ग फुटबल क्लब भारतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
शनिबार हुने फाइनल खेल विजेताले नगद रु १० लाख तथा उपविजेताले रु पाँच लाखका साथै ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ ।
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरल...
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई एसिया पारा ब्याडमिन्टन संघको अध्यक्ष पदबाट हटाइएको छ । उनको ठाउँमा भुटानका किनले क्षिरिङलाई अध्यक्ष बनाइएको हो । २७ मे २०२३ मा दुबईमा सम्पन्न ब्याडमिन्टन एस...
नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसि...
शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । च्यासल मैदानमा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सोह...
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्स, सातदोदोवाटो र च्यासल खेल मैदान, ललितपुरमा ती खेलहरु हुनेछन् । &nbs...
शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र फूटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३&n...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...